खड्ग निशान अड्डा
२००७ सालभन्दा अघि राणाकालीन प्रशासनमा प्रधानमन्त्री कार्यालयलाई खड्ग निशान अड्डा भनिन्थ्यो। यसको स्थापना श्री ३ महाराज चन्द्र शमशेरले गरेका हुन् । व्यवस्थापिका, कार्यपालिका , न्यायपालिका , रक्षा, परराष्ट्र र प्रशाशन यसै कार्यालय अन्तर्गत आउने भएकाले , यो कार्यालय निकै शक्तिशाली र अधिकार सम्पन्न थियो ।[१] मुलुकी ऐन सरह फुटकर विषयको मुलुकी सवाल जारी हुन्थ्यो । त्यस्तोमा श्री ५ को लालमोहर नभई, श्री ३ को खड्ग निशाना लाग्थ्यो ।
खड्ग निशान अड्डा | |
उत्तराधिकारी | प्रधानमन्त्रीको कार्यालय |
---|---|
गठन | १९- |
संस्थापक | श्री ३ महाराज चन्द्र शमशेर |
विघटन | २००७ फागुन ७ |
प्रकार | सरकारी अड्डा |
लक्ष्य | प्रधानमन्त्रीको कार्यालय |
प्रधान कार्यालय | काठमाडौँ |
मूल सङ्गठनहरू | प्रधानमन्त्रीको कार्यालय |
वेबसाइट | https://www.opmcm.gov.np/ |
नेपाल सरकार बैधानिक कानुन २००४ मा व्यवस्था
सम्पादन गर्नुहोस्नेपाल सरकार वैधानिक कानुन २००४ को धारा ३७ उपधारा क अनुसार "व्यवस्थापक सभाबाट स्वीकृत भएको कानूनको मसौदामा श्री ३ महाराजबाट सदरगरिबक्सी खङ्गनिशाना लागेपछिमात्र कानून वत्रेछ ।" [२] उल्लेख छ ।
प्रजातन्त्र स्थापना पछि
सम्पादन गर्नुहोस्सात सालको क्रान्ति पछि नेपालमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय को स्थापना भयो र मोहन शमशेर पहिलो प्रधान मन्न्री बने ।
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ daudaha (inspection the ranas
- ↑ नेपाल सरकार बैधानिक कानुन, २००४ , कानुन आयोग