केमु पाकिस्तान
केमु पाकिस्तान पाकिस्तानमा आधारित ई-वाणिज्य पोर्टल थियो। जुलाई २०१६ मा रकेट इण्टरनेट ई-वाणिज्य साइट केमुलाई दराजमा समायोजन गरेको थियो।[१] केमुले ५ जुलाई २०१७ मा आधिकारिक रूपमा पाकिस्तानमा यसको सञ्चालन बन्द गरेको थियो।[२][३][४] यसको आधिकारिक वेबसाइट अङ्ग्रेजी भाषामा मात्र उपलब्ध थियो।
साइटको प्रकार | निजी |
---|---|
उपलब्ध भाषा | अङ्ग्रेजी |
संस्थापित | सनेपालीका २०१३ |
सेवा क्षेत्र | पाकिस्तान |
मुख्य व्यक्तिहरू |
|
उद्योग | खुद्रा, इ-वाणिज्य, अनलाइन बजार |
सेवाहरू | अनलाइन किनमेल |
कर्मचारीहरू | ३०० |
युआरएल | kaymu |
वर्तमान स्थिति | दराजमा समायोजन |
इतिहास
सम्पादन गर्नुहोस्यसलाई जनवरी २०१३ मा अज्मालो डट पिकेको रूपमा सुरू गरिएको थियो।[५] सेप्टेम्बर २०१२ मा रकेट इण्टरनेटले यसलाई केमु डट पिकेको रूपमा पुन: स्थापना गरेको थियो[६] र यसको अभिभावक कम्पनी रकेट इण्टरनेटले एसिया, अफ्रिका र युरोपमा गरी तीनवटा महादेश सेवा सञ्चालन गर्दछ।[७] केमु पाकिस्तानको सुरुवातमा एसियाका लागि व्यवस्थापकीय निर्देशक अहमद एच खानले प्रवन्ध गरेका थिए।[८][९] केमु पाकिस्तानको लागि अनलाइन किनमेल कार्यहरू अगष्ट २०१४ देखि जनवरी २०१६ सम्ममा प्रवन्धकको रूपमा आदम दाउडले[१०] नेतृत्व गरेका थिए र पछि अली जेइन शेख मार्च २०१७ सम्ममा कार्यभार सम्हालेका थिए।[११][१२]
पाकिस्तानमा केमुको स्थापनाको पछि यसले एकल मञ्च मार्फत अनलाइन खरीद र बिक्रीको सुविधा प्रदान गरेको थियो। पाकिस्तानमा केमुको सुरूवातको समयमा, ओएलएक्स पहिला देखिनै देशमा अनलाइन वर्गीकृत वेबसाइटको रूपमा कार्यरत थियो।[१] केमु पाकिस्तानले हाल केमु पाकिस्तानले हाल एक मञ्चको रूपमा सेवा प्रदान गर्दछ जसले उपभोक्ता देखि उपभोक्ता साथै व्यापार देखि उपभोक्ता सेवाहरू प्रदान गर्दछ।[१३][१४]
केमुले यसको आधिकारिक अनुप्रयोग एन्ड्रोइड, आइओएस र ब्ल्याकबेरीको लागि सन् २०१४ र २०१५ मा गरी सार्वजनिक गरेको थियो।[१५][१६] केमु पाकिस्तान सन् २०१७ मा दराज समूहसँग समायोजन भएको थियो र यसको मूल डोमेन नाम दराज डट पिके राखिएको थियो।
अप्रिल २०१४ मा, कतारमा आधारित एक दूरसञ्चार कम्पनी ओरिदु (पूर्व क्युटेल)ले रकेट इण्टरनेटसँग हात मिलाएको थियो।[१७] एसिया प्रशान्त इण्टरनेट समूह स्थापनाले ओरिडुबाट थप रकम प्राप्त गरेको थियो।[१८]
पाकिस्तानमा रकेट इण्टरनेट
सम्पादन गर्नुहोस्जर्मनेली इण्टरनेट कम्पनी रकेट इण्टरनेटले सन् २०१२ को जुलाईमा दाराज डट पिकेको स्थापनासँगै पाकिस्तानको ई-वाणिज्य क्षेत्रमा प्रवेश गरेको थियो।[१९] रकेट इण्टरनेटले सन् २०१५ मा पाकिस्तानमा आफ्नो सञ्चालन ३० भन्दा बढी सक्रिय वेबसाइटहरूमा विस्तार गरेको थियो जसमा सबैभन्दा विस्तृत रूपमा केमु डटपिके, फुडपाण्डा डटपिके र दाराज डटपिके हो।[२०] पाकिस्तानमा रकेट इण्टरनेटको एक कार्य अलिबाबा समूहले अधिग्रहण गरेको थियो।[२१]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ १.० १.१ "Kaymu.pk is another venture for Rocket Internet", डेलीटाइम्स डटकम।
- ↑ https://tribune.com.pk/story/1129314/rocket-internet-merges-ecommerce-sites-daraz-kaymu-across-asia/
- ↑ हुसेन, ओस्मान (२४ जुन २०१६), "Tech in Asia - Connecting Asia's startup ecosystem", टेक इन एसिया, अन्तिम पहुँच २२ अक्टोबर २०१७।
- ↑ "Daraz, Kaymu join hands to get ‘360 degree ownership’ of e-commerce market | Pakistan Today", पाकिस्तान टुडे डटकम, अन्तिम पहुँच २०१९-०८-३१।
- ↑ "Azmalo.pk joins the online shopping trend in Pakistan", डेलीटाइम्स डटकम, मूलबाट ९ सेप्टेम्बर २०१६-मा सङ्ग्रहित। वेब्याक मेसिन अभिलेखिकरण १५ मार्च २०१४ मिति
- ↑ "Kaymu.pk first launched under the name Azmalo before it rebranded to Kaymu", टेक इन एसिया।
- ↑ "Kaymu Global on Rocket Internet Website", रकेट इन्टरनेट, Rocket Internet।
- ↑ "Ahmed H Khan, MD, Rocket Internet", indiatimes.com। वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०५ मिति
- ↑ बिजनेस रेकर्डर, "Pakistan is the hub of Kaymu's Asia operations: MD Kaymu.com, Asia region", brecorder.com। वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०९ मिति
- ↑ "Adam Dawood speaks to The News", दन्युज डटकम डटपिके।
- ↑ "Kaymu.pk celebrates three years of operations in Pakistan, with Ali Zain Sheikh", दन्युज डटकम डटपिके।
- ↑ "Kaymu.pk – A name for the masses!", आइबिइएक्स (अङ्ग्रेजीमा), २०१६-०४-२६, अन्तिम पहुँच २०१९-०८-३१। वेब्याक मेसिन अभिलेखिकरण २०१९-०८-३१ मिति
- ↑ "Cash-on-Delivery (COD) payment methods account for more than 95 percent of online purchases in Pakistan.", डेलिटाइम्स।
- ↑ "Kaymu, a C2C (consumer-to-consumer) and B2C (business-to-consumer) online marketplace", डाउन डटकम।
- ↑ "Kaymu.pk launched mobile apps for Android, iOS and Blackberry", ब्रिकर्डर। वेब्याक मेसिन अभिलेखिकरण २०१६-१०-२४ मिति
- ↑ "Kaymu.pk Launched its Android App", डेलिटाइम्स।
- ↑ "Rocket Internet partnered with Ooredoo Q.S.C a Qatar-based telecom", नेसन डटकम।
- ↑ Daily Times, "Ooredoo and Rocket Internet Partner to Develop Online Businesses in Asia", डेलिटाइम्स।
- ↑ "Rocket Internet Fashion E-Store daraz gets 1000 orders per day", टेक इन एसिया, अन्तिम पहुँच १५ जुन २०१५।
- ↑ "Rocket Internet in Pakistan", नेसन डटकम डटपिके।
- ↑ "Alibaba Acquired Daraz", डिएनडि।