दराज
दराज एक दक्षिण एसियाली अनलाइन खुद्रा बिक्रेता हो जुन २०१२ मा एक जर्मन कम्पनी, रकेट इन्टरनेटद्वारा बनाईएको थियो । दराज समूहले पाकिस्तान, बङ्गलादेश, नेपाल, श्रीलङ्का र म्यानमार लगायतका दक्षिण एसियाली देशहरूमा आफ्नो ई-वाणिज्यमा आधारित वेबसाइट सञ्चालन गर्दै आइरहेको छ । मे २०१८ मा, दराज समूहलाई चीनीयाँ ई-वाणिज्य कम्पनी, अलिबाबाद्वारा अधिग्रहण गरिएको थियो र हाल सम्म पनि यो अलिबाबाकै स्वामित्वमा रहेको छ । यसको सेवा पुर्ण रूपमा नेपाल जुलाई २०१६ मा सुरुवात गरिएको थियो ।
उद्योग | ई-बाणिज्य |
---|---|
स्थापित | २०१२ |
स्थापनाकर्ता | रकेट इन्टरनेट |
सेवा क्षेत्र | बङ्गलादेश, म्यानमार, नेपाल, पाकिस्तान, श्रीलङ्का |
उत्पादनहरू | खुद्रा |
मूल सङ्गठन | अलिबाबा समूह |
वेबसाइट | दराज.कम (कर्पोरेट) दराज.कम.बीडी (बङ्गलादेश) शप.कम.एमएम (म्यानमार) दराज.कम.एनपी (नेपाल) दराज.पीके (पाकिस्तान) दराज.एलके (श्रीलङ्का) |
इतिहास
सम्पादन गर्नुहोस्२०१२ मा, दराजले आफ्नो सञ्चालनलाई पाकिस्तानमा अनलाइन फेसन खुद्रा बिक्रेताको रूपमा सुरू गरेको थियो । यसले आफ्नो रणनीति परिवर्तन गर्यो र नोभेम्बर २०१४ मा एक सामान्य अनलाइन बजारको रूपमा आफुलाई स्थापित गर्न पुग्यो । दराज समूह जनवरी २०१५ मा बङ्गलादेश र म्यानमारमा पनि अनलाइन खुद्रा बिक्रेताको रूपमा आफ्नो सेवा क्षेत्र बिस्तार गर्यो ।
सेप्टेम्बर २०१६ मा, पाकिस्तान, बङ्गलादेश र म्यानमारमा सञ्चालन जारी रहनका लागि दराज डट पिकेले कोषको पहिलो चरणमै ५५ लाख डलर सुरक्षित गर्यो । ६०% लगानी अघिल्लो दराजका लगानीकर्ता, एसिया प्यासिफिक इन्टरनेट ग्रुप (एपीएसीएजीआईजी)बाट आएको थियो भने संयुक्त अधिराज्यमा एक राज्यको स्वामित्वको विकास फाइनान्स संस्था (डीएफआई)बाट लगभग ३ .४ बिलियन प्रबन्धन अन्तर्गतको सीडीसी ग्रूपबाट ४०% लगानी भएको थियो ।[१][२]
दराज समूह पहिले देखि नै पाकिस्तान, बङलादेश र म्यानमार जस्ता दक्षिण एसियाली क्षेत्रहरूमा आफ्नो सेवा सञ्चालन गरिरहेको थियो । जुलाई २०१६ मा दराजले श्रीलङ्का र नेपालमा पनि सेवा सुरु गरेको थियो ।
दराज समूहका पाँच क्षेत्रीय बजारहरू (पाकिस्तान, बङ्गलादेश, नेपाल, म्यानमार र श्रीलङ्का) ४६० मिलियन मानिसहरू सम्म यसको सेवा बिस्तारमा रहेकोे छ र यस क्षेत्रका ६०% जनसङ्ख्या ३५ वर्ष भन्दा कम उमेरका छन् । दक्षिण एसियामा सेवा गरेको दराज अलीबाबा समूहको स्वामित्व रहेकोे छ ।
मे २०१८ मा दराज समूहले चीनीयाँ कम्पनी अलिबाबा समूहमा अज्ञात सम्झौता को लागि हस्ताक्षर गरेको थियो । यो कदम लाज्दा समूहमा अलिबाबाको अधिग्रहणको दुई वर्षपछि भएको थियो, जुन दक्षिण पूर्वी एसियाली बजारमा रकेट इन्टरनेट समूहद्वारा सुरुगरिएको थियो । अलिबाबा समूहले सिङ्गापुरमा रेडमार्ट चलाउँछ र भारतको पेटीएम र इन्डोनेसियाको टोकोपिडियामा आफ्नो शेयर हालेको छ ।
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ नाजबर्ग, एडम (८ मे २०१८), "अलिबाबाले दक्षिण एसियाको एक ठूलो अनलाइ खुद्रा बिक्रेता दराजलाई आफ्नो सहायक कम्पनीको रूपमा स्थापित गरेको छ", अलिजिला डटकम, अन्तिम पहुँच ८ मे २०१८।
- ↑ "दराज अलिबाबा समूहमा अनुबन्ध भएको छ", दराज डटकम, अन्तिम पहुँच ८ मे २०१८। वेब्याक मेसिन अभिलेखिकरण २ अगस्ट २०१८ मिति