कुमार पन्त गैर आवासीय नेपाली नेता तथा नेपाली मूलका जर्मनीका एक व्यवसायी हुन्, जो गैर आवासीय नेपाली सङ्घ को अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष (कार्यकाल : सन् २०१९-२०२२) थिए।[१][२]

कुमार पन्त
जन्मसन् १९७६ सेप्टेम्बर १५
फुजेल, गोरखा नेपाल
निवासजर्मनी फ्र्याङ्कफर्ट, जर्मनी
राष्ट्रियतानेपाल नेपाली
नागरिकतानेपाली
शिक्षास्नातक (समाजशास्त्र)
पेशासमाज सेवा, व्यापार
संस्थानगैर आवासीय नेपाली सङ्घ
चिनारीको कारणगैर आवासीय नेपाली सङ्घको अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष
उल्लेखनीय कार्य
स्वदेशको समृद्धिमा गैर आवासीय नेपाली सङ्घ
गृहनगरगोरखा
जीवनसाथीवञ्चना भट्ट
सन्तानसमृद्धि पन्त र कुशल पन्त

जन्म र बाल्यकाल सम्पादन गर्नुहोस्

गोरखा जिल्लाको फुजेलमा सन् १९७६ मा जन्मेका पन्तको विद्यालय शिक्षा आफ्नै गाउँ श्री भैरव आश्रम माध्यमिक विद्यालयमा पूरा भयो ।[३][४]

व्यवसाय सम्पादन गर्नुहोस्

उच्च शिक्षा अध्ययनका लागि ग्रीसको एथेन्स पुगेका उनी पढाइ खर्च जुटाउने सिलसिलामा होटेल क्षेत्रमा काम गर्दै सन् १९९९ मा जर्मनीको फ्र्याङ्कफर्ट पुगेका थिए। होटेल व्यवस्थापनको काम सिकेपछि आफैले जर्मनीमा होटल एभरेष्ट[५] सुरु गरेका थिए।[३]

पछि साझेदार थप्दै र कर्मचारीलाई पनि सेयर दिँदै होटलहररू फ्र्याङ्कफर्ट र युरोपका अरु सहरतिर पनि विस्तार गर्न थालेक थिए। युरोपमा उनका प्रमुख व्यावसायिक साझेदार जीवा लामिछाने हुन् भने शेष घलेउपेन्द्र महतोसँग पनि केही व्यवसायमा साझेदारी रहेको छ।[३][६]

नेपालमा जलविद्युत परियोजना, बैङ्क, विप्रेषण, रियल स्टेट र सिमेन्ट उद्योगमा पनि यीनको लगानी रहेको छ।[७]

गैरआवासीय नेपाली अभियान सम्पादन गर्नुहोस्

गैरआवासीय नेपाली अभियानको सुरुवाती चरणदेखि सक्रिय भएका पन्त सन् २००४ मा जर्मनीको हिस्सेन क्षेत्रका संयोजक भएका थिए। त्यसपछि अन्तर्राष्ट्रिय समन्वय परिषद (आईसीसी) सदस्य तथा युरोप क्षेत्रका संयोजक (सन् २००९-२०११), आईसीसी महासचिव (सन् २०१३–२०१५) र दुई कार्यकाल आईसीसी उपाध्यक्ष (२०१५-२०१९) को जिम्मेवारीमा रहेका थिए।[८][९]

नेपालमा भूकम्प, बाढी, पहिरो, आँधीजस्ता प्राकृतिक विपत्तिका बेला राहत, उद्धार, पुनर्निर्माण लगायत परोपकारी कार्यको संयोजन गरेका उनले गैरआवासीय नेपालीहरूको रु. १० अर्बको सामूहिक लगानी कोष स्थापना गरी नेपालको पूर्वाधार क्षेत्रमा लगानी गर्ने अभियानको संयोजन गरिरहेका छन्।[१०][११][१२]

प्रकाशित कृति सम्पादन गर्नुहोस्

पन्तको एक पुस्तक स्वदेशको समृद्धिमा एनआरएन (सन् २०१९) प्रकाशित छ ।

लेखरचनाहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सामाग्रीहरू सम्पादन गर्नुहोस्

  1. https://nrna.org/Team-Members वेब्याक मेसिन अभिलेखिकरण २०१९-०९-२९ मिति
  2. विमल खतिवडा (१ कार्तिक, २०७६), "एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी", कान्तिपुर, अन्तिम पहुँच ११ कात्तिक २०७६ 
  3. ३.० ३.१ ३.२ https://www.nayapatrikadaily.com/news-details/5084/2019-02-03
  4. https://www.onsnews.com/kumar-panta/
  5. http://everest.hotelefrankfurt.net/en/
  6. http://annapurnapost.com/news/76410
  7. http://www.kumarpanta.com/ वेब्याक मेसिन अभिलेखिकरण २०१९-१०-२७ मिति
  8. "को हुन् एनआरएनएका नवनिर्वाचित अध्यक्ष पन्त ?", केन्द्र विन्दु, १ कात्तिक २०८६, अन्तिम पहुँच ११ कात्तिक २०७६ 
  9. https://bizmandu.com/content/20191018101855.html
  10. रातोपाटी संवाददाता (१ कात्तिक २०७६), "एनआरएनएका नवनिर्वाचित अध्यक्ष पन्तको प्रतिवद्धता: वार्षिक १० अर्ब वैदेशिक लगानी भित्र्याउँछौं", रातोपाटी, अन्तिम पहुँच ११ कात्तिक २०७६ 
  11. https://nrna.org/press-release/prid/758 वेब्याक मेसिन अभिलेखिकरण २०१९-१०-२६ मिति
  12. https://www.nayapatrikadaily.com/news-details/3962/2019-01-2[dead link]

बाह्य कडीहरू सम्पादन गर्नुहोस्