गैर आवासीय नेपाली सङ्घ
गैरआवासीय नेपाली सङ्घ दक्षिण एसियाली मुलुक बाहेकका मुलुकमा रहेका नेपाली नागरिक तथा नेपाली मूलका विदेशी नागरिक अटाउन सक्ने गैरआवासीय नेपालीहरूको अन्तर्राष्ट्रिय सञ्जाल हो।[१] हालसम्म ८१ वटा देशमा यसका राष्ट्रिय समन्वय परिषद्हरू विस्तारित भएका छन्। यसकन्ह केन्द्रीय कार्यकारी संरचना भने अन्तर्राष्ट्रिय समन्वय परिषद् हो, जुन अन्तर्राष्ट्रिय महाधिवेशनबाट पारित नीति र कार्यक्रमहरूलाई कार्यान्वयन गर्नको लागि निर्वाचित हुन्छ। हरेक दुई वर्षमा राष्ट्रिय समन्वय परिषद्को महाधिवेशनबाट छानिएर आएका प्रतिनिधिहरूको महाधिवशेनबाट यसका प्रमुख पदहरु निर्वाचित हुन्छन्। सदस्यहरू भने राष्ट्रिय महाधिवेशनहरूले नै निर्वाचित गरेर पठाउँछन् [२]
![]() | |
आदर्श वाक्य | नेपालीका लागि नेपाली |
---|---|
गठन | सन् २००३ |
स्थान | युरोप |
प्रकार | गैरनाफामूलक सामाजिक संस्था |
लक्ष्य | सामाजिक सेवा |
प्रधान कार्यालय | काठमाडौँ |
स्थान |
|
मूल स्थान | नेपाली |
आधिकारिक भाषा | नेपाली |
अध्यक्ष | कुमार पन्त |
सम्बद्धता | नेपाल सरकार परराष्ट्र मन्त्रालय र विश्वव्यापी |
वेबसाइट | https://nrna.org |
इतिहास सम्पादन
विदेशमा रहेका नेपाली र नेपाली मूलका विदेशी नागररकको ज्ञान, सीप, प्रविधि र पँजीको परिचालन गर्दै देश विकासमा टेवा पुर्याउने सोचले रुसमा बस्ने नेपालीहरूको सक्रियतामा सन् २००३ अगस्ट लन्डनमा एक भेला आयोजना गरी सोही वर्षको अक्टोबर ११-१३ तारेखमा काठमाडौँमा पहिलो विश्व सम्मेलन गरेर विधिवत् गैरआवासीय नेपाली सङ्घको स्थापना भएको थियो।[३] स्थापनाकालमा यस सङ्गठनको नेतृत्व उपेन्द्र महतोले गरेका थिए। यसको पहिलो सम्मेलन काठमाडौँमा सन् २००३ मा भएको थियो। सो सम्मेलनको उद्धघाटन तत्कालीन राजा ज्ञानेन्द्र शाहबाट गरिएको थियो। तेस्रो सम्मेलनको तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गरेका थिए। उपेन्द्र महतो गैरआवासीय नेपाली सङ्घका संस्थापक अध्यक्ष हुन्।
सङ्घको अन्तर्राष्ट्रिय परिषद्का वर्तमान अध्यक्ष कुमार पन्त हुन्।[४] नवौँ विश्व सम्मेलन तथा महाधिवेशन (अक्टोबर १५-१७, काठमाडौँ)ले पन्तलाई निर्वाचित गरेको हो ।[५]
उत्पादन मूलक कार्यमा सहभागिता सम्पादन
- सानिमा विकास बैङ्क
- माइखोला जलविद्युत परियोजना
सामाजिक सेवामा योगदान सम्पादन
- देवघाट वृद्धाश्रम
- शङ्खमूल पार्क
- लाप्राक एकीकृत नमुना बस्ती
पूर्वअध्यक्षहरू सम्पादन
क्र. सं. | नाम | निवासी | कार्यकाल |
---|---|---|---|
१ | डा. उपेन्द्र महतो | रुस | सन् २००३–२००९ |
२ | देवमान हीराचन | जापान | सन् २००९–२०११ |
३ | जीवा लामिछाने | रुस, जर्मनी | सन् २०११–२०१३ |
४ | शेष घले | अस्ट्रेलिया | सन् २०१३–२०१७ |
५ | भवन भट्ट | जापान | सन् २०१७–२०१९ |
सन्दर्भ सामग्रीहरू सम्पादन
- ↑ https://nrna.org/Portals/0/Approved%20NRN%20Act264-5-10_1.pdf[dead link]
- ↑ https://nrna.org/Portals/0/Bidhan_2017.PDF वेब्याक मेसिन अभिलेखिकरण २०१९-१०-१८ मिति
- ↑ https://nrna.org/Portals/0/pdf/nrna_faq.pdf वेब्याक मेसिन अभिलेखिकरण २०१९-१०-१८ मिति
- ↑ "एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी" (नेपाली) भाषा)। कान्तिपुर दैनिक। सङ्ग्रह मिति २५ सेप्टेम्बर २०२१।
- ↑ https://nrna.org/Portals/0/Election%20019.PDF[dead link]