कुन मन्दिरमा जान्छौ यात्री

"कुन मन्दिरमा जान्छौ यात्री" लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित र रबिन शर्माको स्वर रहेको एउटा गीत हो।[१][२] यो गीत साहित्यकार ध्रुवचन्द्र गौतमको उपन्यास 'कट्टेल सरको चोटपटक'मा आधारित नीर शाहद्वारा निर्देशित नेपाली चलचित्र 'बासुदेव'मा समावेश गरिएको थियो।[१]

'कुसुमे रुमाल' चलचित्रको सुटिङका लागि कालिम्पोङ गएका नीर शाहले सङ्गगीतकार रञ्जित गज्मेरलाई बासुदेव चलचित्रको लागि "यो पहाड यो क्षितिज", "जति निर्मल जति चोखो", र "पसिनाको जलैले"को सङ्गीत बनाउने जिम्मा लगाएका थिए।[१] काठमाडौँ फर्किएपछि उनलाई एउटा "बासुदेवको जीवन दर्शन बोक्ने एउटा थिम गीत विषयवस्तु सङ्गगीत" चाहिएको महसुस भयो।[१] यसै कारण उनले महाकवि लक्ष्मीप्रसाद देवकोटाको कविता ‘यात्री’ बाट गीत बनाउन रोजेका थिए।[१][३]

"कुन मन्दिरमा जानौ यात्री" बनाउन उनी बम्बई (अहिले मुम्बई) गएका थिए।[१] शाहले सङ्गगीतकार रञ्जित गज्मेरलाइ फेरि यो गीतमा पनी सङ्गगीत भर्न जिम्मा लगाएका थिए।[१] यो गीतमा २४ वर्षीय रबिन शर्माले स्वर दिएका थिए।[१]

गीतको शब्द सम्पादन गर्नुहोस्

सन्दर्भहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ १.२ १.३ १.४ १.५ १.६ १.७ तिमल्सेना, सामीप्यराज (२९ कात्तिक २०७७), "'कुन मन्दिरमा जान्छौ यात्री' नै रेडियो नेपालले भजन-भजन भन्दै बजाएपछि हाम्रो कला-चेत कहाँ पुग्यो त ?", इकागज, अन्तिम पहुँच १ जेठ २०७९ 
  2. पाण्डे, नम्रता (२० श्रावण २०७४), "कुन मन्दिरमा जान्छौ यात्री...", नागरिक, अन्तिम पहुँच १ जेष्ठ २०७९ 
  3. सेढाई, रामप्रसाद (१४ कात्तिक २०७८), "मन्दिरका भगवान, भक्त र भिखारी", अन्लाईन खबर, अन्तिम पहुँच १ जेठ २०७९