किसान (जनजाति)
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
किसान नेपालका अल्पसंख्यक जातिहरू मध्ये एक हो। [१] यो जनजाति झापा जिल्लाको मेचीनगर नगरपालिकामा पर्ने धुलाबारी र धाइजन भन्ने स्थानमा बसोबास गर्दछन्। [१] यो जनजातिको मूलथलो भारतको उडिसा र बिहार प्रान्त भएको मानिन्छ।[१] यो जनजाति र भारतका उराव जातिको रहनसहनमा समानता पाइन्छ।[१] वि सं २०४८को जनगणना अनुसार यो जनजातिको जनसङ्ख्या करिब २,५०० थियो भने वि सं २०५८को जनगणना अनुसार २,८७६ रहेको थियो। [२] यो जातिले प्रायः जीविकोपार्जनका लागि खेती गर्दछन्। यिनीहरूले बोल्ने भाषा द्रविड भाषापरिवारको भाषा हो।[१] यिनीहरूको आफ्नै लिपि छ जसलाई उराव भनिन्छ।[१]
स्रोत
सम्पादन गर्नुहोस्- ↑ १.० १.१ १.२ १.३ १.४ १.५ आदिवासी नेपाल वेब्याक मेसिन अभिलेखिकरण २००९-०१-०७ मिति
- ↑ Population Monograph of Nepal, केन्द्रिय तथ्याङ्क विभाग, रामशाहपथ, काठमाडौँ
हेर्नुहोस्
सम्पादन गर्नुहोस्- नेपाल आदिवासी जनजाति सङ्घ, जापान वेब्याक मेसिन अभिलेखिकरण २००९-०१-०७ मिति
- नेफिन[स्थायी मृत कडी]
- किसानभाषामा गोरखापत्र वेब्याक मेसिन अभिलेखिकरण २०१०-०७-०२ मिति