कागती गाउँ नेपालको मध्यमाञ्चल विकास क्षेत्र, बागमती अञ्चल, नुवाकोट जिल्लाको ओखरपौवा गाविसमा अवस्थित छ। राजधानी काठमाडौंबाट १५ किलोमिटर पश्चिममा पर्नेकागती गाउँ बलामी जातिको प्रमुख बसोवास क्षेत्र हो। कागती गाउँका बलामी समुदायमा वर्षमा एकदिनमात्र श्रीपञ्चमीका दिन बालविवाह गर्ने परम्पराका कारण चर्चित भएपनि हाल त्यो प्रथा हटिसकेको छ। ओखरपौवा डम्पिङ साइटको बाटो निर्माण पश्चात् कागती गाउँको मुहार फेरिएको स्थानीय बासिन्दा बताउँछन्। सडक निर्माणपश्चात् सडक वरपर घर बनाउने, व्यापार गर्ने मानिसहरूको सङ्ख्या पनि दिनप्रतिदिन बढिरहेको छ। जसका कारण उनीहरूका जीवनस्तरमा पनि परिवर्तन आएको छ। साधारण स्वास्थ्य सेवाका लागि अहिले उनीहरू टाढा जानुपर्दैन, गाउँमै आधुनिक हेल्थपोस्ट छ।[१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्