कंस
कंश अथवा कंस हिन्दू पौराणिक कथा अनुसार यदुकुलका एक राजा थिए । कंशको राजधानी मथुरा थियो । कंश भगवान कृष्णकी माता देवकीको भाइ थियो । कंसलाई प्रारम्भिक स्रोतहरूमा मानव भनिए पनि पुराणहरूमा एक राक्षसको रूपमा वर्णन गरिएको छ । कंसको जन्म राजा उग्रसेन तथा रानी पद्मावतीको घरमा भएको थियो । कंशले आफ्ना विश्वासी मित्रहरू बाणासुर र नरकासुरको सल्लाह अनुसार आफ्ना पितालाई अपदस्थ गरेर आफै मथुराको राजा बनेको थियो ।[१] कंसले मगधका राजा जरासन्धकी दुईटी छोरीहरू अस्थी र प्रिप्तीलाई विवाह गरेको थियो ।
एक दिन देवकीको आठौँ पुत्रले उसलाई मार्नेछ भन्ने आकाशवाणी भयो । आकाशवाणी सुनेर कंसले देवकी र देवकीका पति मार डालेगा। वसुदेवलाई जेलमा राख्यो । पहिलेका छ वटा देवकीका सबै सन्तानलाई कंशले जन्मेकै समयमा मारेको थियो । सातौँ गर्भका बलराम बचेका थिए ।[२] देवकीका आठौँ सन्तान भगवान विष्णुका अवतार कृष्णलाई गोकुलमा लगेर गोपालका मुखिया नन्दले पालेका थिए । कृष्णलाई मार्नको लागि कंशले कैयों राक्षसहरूला गोकुलमा पठायो । तर कृष्णले कंशका सबै योद्धाहरूलाई गोकुलमा नै मारेका थिए । अन्तमा कृष्णलाई मार्ने विचारले कंशले उनलाई मथुरा बोलायो । कृष्णले मथुरामा गएर कंशलाई मारी आफ्ना आमाबुवालाई कारावासबाट मुक्त गरेका थिए ।
लोकप्रिय संस्कृतिमा
सम्पादन गर्नुहोस्कुनै अत्याचारी या कष्ट दिने मामालाई कंस मामा भनिन्छ ।
सन्दर्भ
सम्पादन गर्नुहोस्- ↑ "इतिहास कहता है कि कंस देवकी का सगा भाइ नहीं था..." [इतिहासले भन्छ की कंश देवकीको सहोदर भाइ थिएन], वन इन्डिया (हिन्दीमा), ७ अगस्त २०१७, अन्तिम पहुँच ३ जून २०१८।
- ↑ 'शतायु', अनिरुद्ध जोशी, "कौन थे कृष्ण के पांच बड़े शत्रु, जानिए" [को हुन कृष्णका पाँच ठुला शत्रु थाह पाइ राख्नुहोस्], वेबदुनिया (अङ्ग्रेजीमा)।