एमोनिया
अणुसुत्र - NH३
आणविक भार - १७
एमोनिया ग्यास नाइट्रोजन र हाइड्रोजन दुई तत्व मिली बन्दछ । लाभ्वाइजरले यस ग्यासलाई एमोनियम क्लोराइड तताई बनाएका थिए ।
यो ग्यास पानीमा अत्यन्त घुलनशिल हुन्छ । त्यसकारण पानीपर्दा माटोमा नै बिलाएर जान्छ र यसबाट अन्य यौगिकहरु बन्दछ्न् ।यसैले प्रकृतिमा एमोनियम क्लोराइड र एमोनियम सल्फेटहरु पाइन्छन् ।
प्रयोगशालामा बनाउने तरिका
सम्पादन गर्नुहोस्- एमोनियायुक्त लवणहरूलाई तताएर एमोनिया पाउन सकिन्छ ।
1.(NH४)२CO३→२NH३ + H२O + CO२
2.२NH४Cl + Ca(OH)२→CaCl२ + २H२O + २NH३
- एमोनियाका लवणहरूलाई कडा क्षारसँग प्रतिक्रिया गराएर पनि एमोनिया तयार गर्न सकिन्छ ।
(NH४)२SO ४ + २NaOH → Na२SO४ + २H२O + NH३
हेबर प्रक्रिया
सम्पादन गर्नुहोस्तीन भाग हाइड्रोजन र एक भाग नाइट्रोजनलाई २००-९०० वायुमण्डलीय चाप, ५००'C तापक्रम, उत्प्रेरक फलाम र प्रमोटर मोलीब्डेनमको उपस्थितिमा एमोनिया ग्यास बनाउने औद्योगिक बिधिलाई हेबर प्रकृया भनिन्छ । यो प्रक्रिया जर्मनका बैज्ञानिक फ्रीज हेवर ले पत्ता लगायका थिए ।जस्तै:-
N२ + ३H२ →२NH३
गुणहरु
सम्पादन गर्नुहोस्- यो एक रङहिन तथा यसको गन्ध कडा र पिरो हुन्छ ।
- हावाभन्दा हलुका हुन्छ ।
- पानीमा अत्यन्त घुलनशिल हुन्छ ।
- भिजेको रातो लिट्मस कागजलाई निलो बनाउँछ ।
- यसले अम्लहरूसँग मिलि लवण बनाउँछ ।
- करिब १५०० डिग्री सेल्सियस तापक्रममा यसलाई कार्बनडाइअक्साइडसँग प्रतिक्रिया गराएर युरिया मल तयार गरिन्छ ।
- एमोनियालाई अक्सिजनसँग रासायनिक प्रतिक्रिया गराउँदा नाइट्रोजन ग्यास बन्दछ ।
उपयोगिता
सम्पादन गर्नुहोस्- यसलाई रेफ्रीजेरेटरमा प्रयोग गरिन्छ ।
- विभिन्न बस्तुहरूको ब्ल्यु पृन्ट तयार पार्न ।
- युरिया उत्पादन