सामान्यतया लवण एउटा तटस्थ यौगिक हो । यसमा अम्लमा भएको हाइड्रोजनलाई धातुले पूर्ण या आंशिक रूपमा विस्थापित गरेको हुन्छ
NaOH + HCl → NaCl + HO
CuO + HSO → CuSO + HO
यहाँ माथिको समीकरणमा NaCl र CuSO लवण हुन् ।

लवणका गुणहरु सम्पादन गर्नुहोस्

  1. धेरैजसो लवणहरूको स्वाद तीतो हुन्छ भने केहि लवणहरु नुनिलो हुन्छन् ।
  2. सूचक पदार्थहरुप्रती कुनै लवण (जस्तै NaCl) तटस्थ हुन्छ्न् भने कुनै अम्लिय (जस्तै CuSO) र कुनै क्षारिय (जस्तै NaCO) हुन्छन् ।
  3. धेरैजसो लवणहरु पानीमा घुलनसिल हुन्छ्न् ।
  4. लवणहरूको पग्लने र उम्लने बिन्दु प्रायः उच्च हुन्छ ।

लवण बन्ने प्रक्रिया सम्पादन गर्नुहोस्

  1. तत्वहरूको प्रत्यक्ष मिलनद्वारा :

२Fe + ३Cl → २ FeCl
२Na + Cl → २NaCl

  1. केहि धातुहरु (जस्तै: जस्ता/जिङ्क, म्याग्नेसियम, सोडियम) जस्ता धातुहरूले अम्लसँग प्रतिक्रिया गरी लवण बनाउँदछ्न् ।
  2. धातुका अक्साइडहरूले( जस्तै: MgO, FeO) अम्लसँग प्रतिक्रिया गरी लवण बनाउँदछ्न् ।
  3. अम्ल र क्षार बिच रासायनिक प्रतिक्रिया हुँदा लवण बन्छ ।
  4. अम्ललाई कार्बोनेट र बाइकार्बोनेटसँग प्रतिक्रिया गराएर पनि लवण बनाउन सकिन्छ ।

लवणको प्रयोग सम्पादन गर्नुहोस्

  1. खाने नुन लवण हो जुन खान प्रयोग गरिन्छ ।
  2. साबुन, ग्लास तथा डिटरजेन्ट बनाउन ।
  3. चक तथा Plaster of Paris बनाउन ।
  4. रासायनिक मल बनाउन ।
  5. सेल ब्याट्रीहरूमा इलेक्ट्रोलाईटका रूपमा ।
"https://ne.wikipedia.org/w/index.php?title=लवण&oldid=1135932" बाट अनुप्रेषित