सूर्यविक्रम ज्ञवाली (जन्म १९५५ जेष्ठ २९ – २०४२ मङ्सिर १६) एक नेपाली इतिहासकार थिए। उनले राजा पृथ्वीनारायण शाहभानुभक्त आचार्यलगायत धेरै व्यक्तिहरूको जीवनी लेखे। ज्ञवालीले दार्जिलिङमा प्रधानाध्यापकको रूपमा पनि काम गरेका थिए। अनले गोरखा दक्षिण बाहु (प्रथम श्रेणी), त्रिशक्ति पट्ट (द्वितीय श्रेणी), र त्रिभुवन पुरस्कार (१९७१) प्राप्त गारेका थिए।

सूर्यविक्रम ज्ञवाली

जीवनी सम्पादन गर्नुहोस्

ज्ञवालीको जन्म १९५५ जेठ २९ ब्रिटिस भारतको बनारसमा बुवा दित्तलविक्रम र आमा पार्वती देवीको घरमा भएको थियो। [१] उनको परिवार गुल्मीबाट बनारस बसाइ सरेको थियो। [२] उनले नेपाली भाषा, साहित्य, संस्कृति र इतिहास विस्तारमा योगदान दिएका छन्। [३] उनले पृथ्वीनारायण शाहभानुभक्त आचार्यको जीवनी लेखे। [४] [५] ज्ञवाली, धरनीधर कोइराला, र पारसमणी प्रधानले दार्जिलिङमा सँगै काम गरे। [६] उनले दार्जिलिङको सरकारी विद्यालयमा शिक्षक भएर काम सुरु गरे र पछि प्रधान अध्यापकमा बढुवा भए।

सात सालको क्रान्तिपछि ज्ञवाली काठमाडौं सरेका थिए। [६] ज्ञवालीले नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिका रूपमा काम गरेका थिए। [७] काठमाडौंको एउटा सडक उनको नामबाट नामाकरण गरिएको छ जसलाई सूर्यविक्रम ज्ञवाली मार्ग भनिन्छ। [८] उनलाई गोरखा दक्षिण बाहु (प्रथम श्रेणी), त्रिशक्ति पट्ट (द्वितीय श्रेणी), र त्रिभुवन पुरस्कार (१९७१) प्रदान गरिएको थियो। [९] [१०]

उल्लेखनीय कार्यहरू सम्पादन गर्नुहोस्

  • कवि भानुभक्तको जीवनचरित्र
  • नेपाली वीरहरू[११]
  • वीर इतिहास
  • नेपाल उपत्यकाको मध्यकालिन इतिहास
  • पृथ्वीनारायण शाह (१९७७)

सन्दर्भहरू सम्पादन गर्नुहोस्

  1. "कुशल समालोचक" [Skilled critic], Nagarik (नेपालीमा), अन्तिम पहुँच २१ अप्रिल २०२१ 
  2. "समालोचनाका ट्रेन्ड सेटर", Annapurna Post (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-२२ 
  3. Milestones of History, २०००। 
  4. Whelpton 2005.
  5. Journal of Nepalese Studies, १९९९, पृ: ३६। 
  6. ६.० ६.१ "The Darjeeling Luminaries", ECS Nepal (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०१-२२ 
  7. Nepali Literature: Background & History, १९७८। 
  8. Europa World Year Book 2005, २१ जुलाई २००५। 
  9. Ainy (१९ नोभेम्बर २०१६), "Surya Bikram Gyawali", iStampGallery (en-USमा), अन्तिम पहुँच २१ अप्रिल २०२१ 
  10. Principal Records of Nepal, १९८०। 
  11. "Remembering Rishikesh Shaha, a great Nepali diplomat of all time", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २१ अप्रिल २०२१ 

उद्धरणहरू सम्पादन गर्नुहोस्