उजिरपुर उपजिल्ला
उजिरपुर (बङ्गाली: উজিরপুর উপজেলা) बङ्गलादेशको बरिशाल जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला बरिशाल विभाग अन्तर्गत पर्दछ।[२]
उजिरपुर
উজিরপুর | |
---|---|
उपजिल्ला | |
निर्देशाङ्क: २२°४८.७′उ॰ ९०°१४.७′पू॰ / २२.८११७°N ९०.२४५०°Eनिर्देशाङ्कहरू: २२°४८.७′उ॰ ९०°१४.७′पू॰ / २२.८११७°N ९०.२४५०°E | |
देश | बङ्गलादेश |
विभाग | बरिशाल विभाग |
जिल्ला | बरिशाल जिल्ला |
क्षेत्रफल | |
• जम्मा | २४८.३५ किमी२ (९५.८९ वर्ग माइल) |
जनसङ्ख्या (सन् १९९१[१]) | |
• जम्मा | २२७,११५ |
• घनत्व | ९१०/किमी२ (२४००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+६ (बङ्गलादेशी मानक समय) |
वेबसाइट | उजिरपुर उपजिल्लाको आधिकारिक नक्शा |
भूगोल
सम्पादन गर्नुहोस्उजिरपुर उपजिल्ला २२°४३' देखि २२°५६' उत्तर अक्षांश र ९०°०१' देखि ९०°१८' पूर्वी देशान्तरणमा अवस्थित छ। उजिरपुर उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये २४८.३६ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई आजैलपाडा र गौरनदी उपजिल्लाले उत्तर, बानारीपाडा र झालकाठि सदर उपजिल्लाले दक्षिण, बाबुगञ्ज उपजिल्लाले पूर्व, कोटालिपाडा र नाजिरपुर उपजिल्लाले दक्षिणबाट घेरेको छ। उजिरपुर, कालिजिरा, हुन्दा स्वरुपकाठि, शिकारपुर, विषारकान्दि आदि यस उपजिल्लाका नदी तथा नहरहरू हुन्।
इतिहास
सम्पादन गर्नुहोस्बङ्गलादेश मुक्ति अभियान सन् १९७१ अप्रिल ४ का दिनबाट देश व्यापी रूपमा सुरु भएको थियो भने तात्कालिक समयमा क्षेत्र ९ को प्रधानकार्यलय यस उपजिल्लाको बाडाकाठी गाउँको दरगा बाडीमा स्थापना भएको थियो। बङ्गलादेश मुक्ति अभियानका बेला पाकिस्तानी सेनाले यस उपजिल्ला अन्तर्गतको धमुडा भन्ने स्थानमा थुप्रै सर्वसाधारणहरूको हत्या गरेका थिए। यस बाहेक यस उपजिल्लाका विभिन्न स्थानहरूमा पाकिस्तानी सेनासँगको प्रत्यक्ष गोली हानाहान तथा युद्धमा थुप्रै स्वतन्त्र लडाकुको मृत्यु भएको थियो।
जनशाङ्खिकि
सम्पादन गर्नुहोस्उपजिल्ला विभाग प्रतिवेदनका अनुसार यस जिल्लाको कुल जनसङ्ख्या २४१३७४ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या १२२३५९ छ भने महिलाको जनसङ्ख्या ११९०१५ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या ८३७२ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या ४७३, बौद्ध धर्मवलम्बीको जनसङ्ख्या ४७३, इसाई धर्मवलम्बीको जनसङ्ख्या १० र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ४० रहेको छ।[३] यस उपजिल्लाका ८७.६८% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने ०.४७% ले पोखरी, ०.४७% ले टुटी र ३.१८% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्।[४] यस उपजिल्लाको कुल घरहरू मध्ये ८.१२% घरहरूमा अझै पनि सुविधा सम्पन्न अर्थात पक्की सौचालय सुविधा रहेको छैन। यस उपजिल्लामा १ उपजिल्ला स्वास्थ्य संस्था, ९ परिवार नियोजन केन्द्र, १ मातृ तथा शिशु हेरचाह केन्द्र रहेका छन्।
अर्थतन्त्र
सम्पादन गर्नुहोस्यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा मुख्यतया धान, गहुँ, आलु, उखु, पानको पात लगायत अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया, आँप, नरिवल, केरा, मेवा, खरबुजा, लिची, अम्बा, कटहर, बदाम आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, गहुँ पिसानी केन्द्र, काष्ठ सामग्री उत्पादन केन्द्र, बरफ उद्योग, बिस्कुट उद्योग, बाँसका सामग्री उत्पादन केन्द्र, चकलेट उद्योग, कपास तथा कपडा उद्योग तथा प्लाष्टिक सामग्री उत्पादन कारखाना रहेका छन्। यस उपजिल्लाले मुख्यतया जुट, धान, बदाम, पानको पात लगायत मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेको आलसको तेल, तील, सखरखण्ड, तोरी पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा ३० हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्दै आएका छन्। यस उपजिल्लामा ७३० माछापालन केन्द्र, ८७ कुखुरापालन केन्द्र, ५६ दुग्ध सङ्कलन केन्द्र तथा १ चल्ला उत्पादन केन्द्रहरू रहेको छ।
यस जिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ५७.५२% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै मजदुरीमा २.०५%, वाणिज्यमा १६%, सञ्चार र यातायातमा २.०४%, निर्माण क्षेत्रमा २.२५%, सुविधामा१२.१५%, सुविधामा १२.१५% र अन्यमा ७.९९% रहेका छन्।
प्रशासन
सम्पादन गर्नुहोस्उजिरपुर थाना सन् १९८३ मा उपजिल्लामा परिणत भएको थियो। हाल यस उपजिल्लामा १ पौरसभा र ९ सङ्घ परिषद्हरू रहेका छन्। यस उपजिल्लाका सङ्घ परिषद्हरू यस प्रकार छन्; ओटरा सङ्घ परिषद्, गुठिया सङ्घ परिषद्, जल्ला सङ्घ परिषद्, बराकोठा सङ्घ परिषद्, बाकराइल सङ्घ परिषद्, शिकारपुर सङ्घ परिषद्, शोतला सङ्घ परिषद् र हारता सङ्घ परिषद्।[५]
शिक्षा
सम्पादन गर्नुहोस्यस जिल्लाको कुल साक्षरता दर ६१% रहेको छ जसमध्ये पुरुषको साक्षरता ६२.७% छ भने महिलाको साक्षरता दर ५८.३%रहेको छ। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्: हाबिबपुर माध्यमिक विद्यालय (सन् १८५६), रेभ्रद्रदी सरकारी प्राथमिक विद्यालय (सन् १८८७), शेर-ए-बाङ्ला क्याम्पस (सन् १९७०), धामुरा क्याम्पस (सन् १९७०), उजिरपुर क्याम्पस (सन् १९८५), जेडएखान उच्च विद्यालय, बाबरघाना उच्च विद्यालय, बाहेरघाट माध्यमिक विद्यालय, आब्दुर मजिद माध्यमिक विद्यालय, शुठिया मशेशचन्द्र माध्यमिक विद्यालय, रामेर काठि माध्यमिक विद्यालय, गाजीरपाडा माध्यमिक विद्यालय, आटिपाडा सरकारी प्राथमिक विद्यालय (सन् १९१४) आदि।
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ বাংলাদেশ জাতীয় তথ্য বাতায়ন (১২ মার্চ ২০১৫), "এক নজরে উজিরপুর", গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার, मूलबाट ৬ এপ্রিল ২০১৪-मा सङ्ग्रहित। वेब्याक मेसिन अभिलेखिकरण २०१४-०४-०६ मिति
- ↑ সিরাজুল ইসলাম ও আহমেদ এ জামাল, सम्पादक (सन् २०१२), "उजिरपुर उपजिल्ला", বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (दोस्रो संस्करण), বাংলাদেশ এশিয়াটিক সোসাইটি।
- ↑ "ইউনিয়ন পরিসংখ্যান সংক্রান্ত জাতীয় তথ্য", वेब्याक मेसिन, ৬ নভেম্বর ২০১৯।
- ↑ "জনসংখ্যার আদমশুমারি শাখা, বিবিএস", मूलबाट २००५-०३-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १०, २००६।
- ↑ "বাংলাদেশ উপজেলা তালিকা", উইকি শূন্য।