इन्डोनेसिया एयर एसिया विमान ८५०१

इन्डोनेसिया एयर एसिया विमान ८५०१ (QZ8501/AWQ8501) एउटा इन्डोनेसियाली अन्तर्राष्ट्रिय उडान थियो जुन २८ डिसेम्बर २०१४ मा इन्डोनेसिया देखि सिङ्गापुर जाँदै गर्दा हवाई यातायात नियन्त्रणकर्ताको सम्पर्क विच्छेद पछि बेपत्ता भएको थियो ।[१] विमानमा १५५ यात्रु सहित ७ विमान चालक दलका सदस्य थिए ।[२] विमान इन्डोनेसियाको स्थानीय समयअनुसार विहान ७:०० बजेदेखि सम्पर्क बिहीन भएको हो ।

एयर एसिया विमान ८५०१
PK-AXC, विमान सन् २०११ अगस्तमा
घटना
मिति२८ डिसेम्बर २०१४ (2014-12-28)
सारांशबेपत्ता
स्थलअन्तिम ज्ञात स्थान जावा सागर
विमान
विमानको प्रकारएयर बस A320-200
सञ्चालकइन्डोनेसिया एयर एसिया
दर्ता नम्बरPK-AXC
विमान उडानजुवान्डा अन्तर्राष्ट्रिय विमानस्थल, सुराबाया, इन्डोनेसिया
गन्तव्यसिङ्गापुर चाङ्गी विमानस्थल
यात्रुहरू१५५
चालक दल
हराइरहेका१६२ (सबै)
Location of origin and destination airports
जुवान्डा अन्तर्राष्ट्रिय विमानस्थल
जुवान्डा अन्तर्राष्ट्रिय विमानस्थल
सिङ्गापुर चाङ्गी विमानस्थल
सिङ्गापुर चाङ्गी विमानस्थल
मूल तथा गन्तव्य विमानस्थलको स्थान

बेपत्ता विमानको समय तालिका सम्पादन गर्नुहोस्

व्यतीत (घण्टा:मिनेट) समय घटना
यूटिसी पश्चिमी इन्डोनेसियाई समय
यूटिसी+७
सिङ्गापुर प्रमाणिक समय
यूटिसी+८
००:०० २७ डिसेम्बर २८ डिसेम्बर विमान उडान समय जुवान्डा अन्तर्राष्ट्रिय विमानस्थल[३]
२२:३५ ०५:३५ ०६:३५
००:४२ २३:१७ ०६:१७ ०७:१७ इन्डोनेसियाली हवाई यातायात नियन्त्रणकर्ताको सम्पर्क विच्छेद[४]
००:४९ २३:२४ ०६:२४ ०७:२४ हवाई यातायात नियन्त्रणकर्तासँग रेडियो सम्पर्क विच्छेद[४]
०१:५५ २८ डिसेम्बर ०७:३० ०८:३० निर्धारित अवतरण समय सिङ्गापुर पुग्न असफल[३]
००:३०

विमान सम्पादन गर्नुहोस्

विमान एयरबस A320-216,[क] क्रम सङ्ख्या ३६४८ रहेको थियो, विमानको दर्ता PK-AXC को रूपमा गरिएको थियो । यस विमानले आफ्नो पहिलो उडान सन् २००८ सेप्टेम्बर २५ मा गरेको थियो, तथा नयाँ रूपमा एयर एसियालाई १५ अक्टोबर २००८ मा हस्तान्तरण गरेको थियो । यो विमान लगभग २३,००० उडान घण्टा पुरा गरेको थियो जसमा विमानले १३,६०० उडान गरेको थियो । यो विमानको सबैभन्दा पछिल्लो मर्मत सम्भार सन् २०१४ नोभेम्बर १६ मा गरिएको थियो ।[५] यो विमानमा दुई वटा सीएफएम अन्तर्राष्ट्रिय CFM56-5B6 इन्जिन रहेको थियो तथा यसलाई १८० यात्रुको लागि तयार गरिएको थियो । [६]

यात्रुहरू तथा चालक दल समुह सम्पादन गर्नुहोस्

एयर एसिया विमानले जारी गरेको आफ्नो विज्ञप्तीमा विभिन्न राष्ट्रका १६२ यात्रु तथा चालक दलको सदस्य रहेको जनाएको छ, जसमा १४४ वयस्क, १७ बच्चा सहित १ शिशु रहेको छ । क्याबिन सदस्यमा चार विमान परिचारिका थिए । अतिरिक्त रूपमा, एयर एसिया विमानसँग एउटा इन्जिनियर समेत रहेको थियो ।[७]

विमानमा सवार पाइलटहरू निम्न थिए:[८]

  • क्याप्टेन इरियान्टो, उनले यस भन्दा पूर्व २०,५३७ घण्टा विमान उडाईसकेका थिए जसमा ६,१०० एयर एसिया एयरबस A320 रहेको थियो ।
  • पहिलो अधिकृत रेमी इमानुअल प्लेसल, उनले यस भन्दा पूर्व २,२७५ घण्टा एयर एसिया इन्डोनेसिया विमान उडाईसकेका थिए ।[७]
राष्ट्रियता अनुसार व्यक्तिहरू[९]
राष्ट्र क्रम.
  इन्डोनेसिया[ख] १५५
  दक्षिण कोरिया
  फ्रान्स[ग]
  मलेशिया
  सिङ्गापुर
  संयुक्त अधिराज्य
जम्मा १६२

बेपत्ता सम्पादन गर्नुहोस्


नोटहरू सम्पादन गर्नुहोस्

  1. विमान एयरबसको A320-200 मोडेल रहेको थियो; यसलाई सीएफएम56-5B6 इन्जिनले तयार गरिएको थियो ।
  2. १४९ यात्री तथा ६ विमान सदस्य, विमान क्याप्टेन इरियान्टो सहित
  3. १ विमान सदस्य, सहयोगी विमान पाइलट रेमी इमानुअल प्लेसल सहित

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "१६२ यात्रुसहित एयर एसियाको विमान सम्पर्कविहीन", अन्तिम पहुँच २८ डिसेम्बर २०१४ 
  2. "हराइरहेका एयर एसियाको विमानमा कुन देशका कति यात्रु ?", अन्तिम पहुँच २८ डिसेम्बर 
  3. ३.० ३.१ "QZ8501 / Indonesia AirAsia", FlightRadar24, अन्तिम पहुँच २८ डिसेम्बर २०१४ 
  4. ४.० ४.१ "AirAsia jet with 162 on board goes missing on way to Singapore", CNN International Edition, २८ डिसेम्बर २०१४, मूलबाट २८ डिसेम्बर २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ डिसेम्बर २०१४ 
  5. "[Updated statement] QZ8501", AirAsia Facebook page, २८ डिसेम्बर २०१४, अन्तिम पहुँच २८ डिसेम्बर २०१४ 
  6. "Seat options", Indonesia AirAsia, अन्तिम पहुँच २८ डिसेम्बर २०१४ 
  7. ७.० ७.१ AirAsia, "AirAsia Indonesia Flight QZ8501", अन्तिम पहुँच २८ डिसेम्बर २०१४ 
  8. "LIVE BLOG: AirAsia QZ8501 from Indonesia to Singapore missing", Channel NewsAsia, २८ डिसेम्बर २०१४, अन्तिम पहुँच २८ डिसेम्बर २०१४  वेब्याक मेसिन अभिलेखिकरण २८ डिसेम्बर २०१४ मिति
  9. "[Updated statement] QZ8501 (as at 6:54pm, GMT+8)", AirAsia Facebook, २८ डिसेम्बर २०१४, अन्तिम पहुँच २८ डिसेम्बर २०१४ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्