इन्डियन एयरलाइन्स फ्लाइट ८१४
इन्डियन एयरलाइन्स फ्लाइट-८१४ वि.सं. २०५६ पौष ९ गते शुक्रबार नेपालको राजधानी काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको राजधानी नयाँ दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको लागि उडेको विमान अपहरणमा परेको थियो । हर्कत-उल-मुजाहिद्दीनले पाकिस्तानको आइएसआईको सहयोग र सक्रिय सहायतामा विमान अपहरण गरेको आरोप लगाइएको थियो ।[१][२][३]
विमान अपहरण | |
---|---|
मिति | २०५६ पौष ९ - पौष १६ २४ डिसेम्बर १९९९ – ३१ डिसेम्बर १९९९ |
स्थल | काठमाडौँ, नेपाल; अवतरण अमृतसर, भारत; लाहोर, पाकिस्तान; दुबई ; कन्दाहार, अफगानिस्तान |
विमान | |
विमानको प्रकार | एयरबस ए३००बि२-१०१ |
सञ्चालक | इन्डियन एयरलाइन्स |
दर्ता नम्बर | VT-EDW |
विमान उडान | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँ, नेपाल |
गन्तव्य | इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल दिल्ली, भारत |
यात्रुहरू | १७६ |
चालक दल | १५ |
मृत्यु | १ |
घाइतेहरू | १७ |
जोगिन सफल | १९० |
भारतीय हवाई क्षेत्रमा प्रवेश गरेको केहि समयपछि भारतीय मानक समय अनुसार लगभग १७:३० मा विमानभित्र रहेका बन्दुकधारीले विमानलाई अपहरण गरी विमानलाई विभिन्न देशको विमानस्थलमा अवतरण गराउने कार्य सफलतापूर्वक गरे । भारतको अमृतसर, पाकिस्तानको लाहोर, र संयुक्त अरब इमिरेट्सको दुबई सहर हुँदै अपहरणकर्ताहरूले विमानलाई अफगानिस्तानको कन्दाहारमा अवतरण गर्न लगाए । त्यस समय कन्दाहार सहित अफगानिस्तानको विभिन्न क्षेत्र तालिबानद्वारा नियन्त्रित रहेको थियो । अपहरणकर्ताले विमानमा रहेका १७६ यात्रुहरू मध्ये २७ जना यात्रीलाई दुबईमा मुक्त गरे तर एक जना यात्रीको चक्कु प्रहारले विमानमै मृत्यु भएको थियो भने थुप्रै यात्रीहरू घाइते भएका थिए ।
विमान अवतरण गरिएको स्थान कन्दाहार सहित अफगानिस्तानको धेरैजसो भूभाग तालिवानको नियन्त्रणमा रहेको थियो । सुरुमा तालिवानलाई भारतको पक्षधर मानिएतापनि पछि यसलाई पाकिस्तानको आइएसआईको समन्वयमा काम गरिरहेको पुष्टि गरियो । भारतीय इन्टेलिजेन्स ब्युरो प्रमुख अजित डोभालको दावी अनुसार तालिवान लडाकुहरूले विमानलाई घेरेरै राख्नुको कारण भारतद्वारा कुनै किसिमको शैन्य हस्तक्षेप हुन नसकोस् । डोभालको दावी अनुसार अपहरणकर्तालाई आइएसआईको सहयोग नभएको भए भारत आफैँ यस सङ्कटलाई हल गर्न सक्थ्यो ।
विमान अपहरणको मुख्य लक्ष्य भारतीय जेलमा कैद रहेका इस्लाम छविका केही व्यक्तिहरूको सकुशल रिहाई रहेको थियो । विमान र यात्रीलाई बन्धक बनाउने कार्य सात दिनसम्म चल्यो र अन्तत: भारत सारकारद्वारा आफ्नो जेलमा कैद रहेका तीन लडाकु– मुस्ताक अहमद जार्गर, अहमद ओमार सइद सेख र मुलाना मसूद अजहरलाई जेलमुक्त गरी सकुशल अपहरणकर्ताको जिम्मा लगाउने कार्य गरेपछि अन्त्य भएको हो । [४] यो अपहरणलाई अलकायदासँग काम गर्ने जिहादीहरूको मुख्य आक्रमण योजनाको रूपमा हेरिन्छ ।[५][६][७]
अपहरण
सम्पादन गर्नुहोस्मुख्य विमान कर्मचारी अनिल शर्माका अनुसार चस्मा लगाएका एक नकावधारी मान्छेले विमानलाई विष्फोट गराइदिने धम्कि दिए र क्याप्टेन देवी शरणलाइ “पश्चिमतिर जान” आदेश दिए । [८] चार अन्य माछेहरु रातो नकाव लागेर खडा थिए । अपहरण कारी लाहोर जान चाहन्थे तर अपर्याप्त इन्धनको कारण अमृतसर भारतमा अवतरण गर्नु पर्यो ।
अमृतसर भारतमा अवतरण
सम्पादन गर्नुहोस्लाहोर पाकिस्तानमा अवतरण
सम्पादन गर्नुहोस्एकदम कम इन्धनको कारणले विमानले लाहोरमा आकस्मिक अवतरण गर्यो । पाकिस्तानले सुरुमा अनुमति दिएको थिएन र लाहोर विमंस्थाको सबै बत्ति निभायो । [९] विमानसंग अब जमिनमा क्र्यास हुने विकल्प मात्र रहेको बुझेर लाहोर विमान स्थाले बत्ति बल्यो र अवतरणको अनुमति दियो । विमान त्यहाँ साढे दुइ घण्टा संम बस्यो । [१०] [११]
दुबई, युएईमा अवतरण
सम्पादन गर्नुहोस्दुबईमा २७ यात्रीलाई रिहा गरियो । [१२] अपहरणकरिले २५- वर्षीय गम्भीर घाइते रुपन कत्यललाई समेत रिहा गरे जसको मृत्यु विमानमै भएको थियो । भारतीय अधिकारी भारतीय सैन्य अधिकारी सम्मिलित विशेष अपरेसन गर्न चाहन्थे जुन यु.ए.ई सरकारले इन्कार गर्यो । ढाँचा:Citation-needed
कान्दाहार अफगानिस्तानमा अवतरण
सम्पादन गर्नुहोस्वार्ता
सम्पादन गर्नुहोस्यो पनि हेर्नुहोस
सम्पादन गर्नुहोस्
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ
सम्पादन गर्नुहोस्- ↑ "India wanted to raid IC-814 in Dubai, but Farooq Abdullah opposed swap, says former RAW chief AS Dulat", The Indian Express, ३ जुलाई २०१५।
- ↑ "Govt pressurised negotiators to end IC-814 hijacking by Dec 31: Doval", The Hindu (en-INमा), १ जनवरी २०१०।
- ↑ Dhawan, Himanshi (२०१७), "ISI backed Kandahar hijackers: Plane crisis negotiator Ajit Doval", The Economic Times।
- ↑ Omar Sheikh sentenced to death in Pearl murder case, Rediff.com, 2002-07-15
- ↑ "Other Millennium Attacks", PBS Frontline, २५ अक्टोबर २००१।
- ↑ Riedel, Bruce O. (२०१२), Deadly Embrace: Pakistan, America, and the Future of the Global Jihad, Brookings Institution Press, पृ: 58–59, आइएसबिएन 9780815722748।
- ↑ Hiro, Dilip (२०१४), "War Without End: The Rise of Islamist Terrorism and Global Response", Routledge, पृ: 287–288, आइएसबिएन 9781136485565।
- ↑ "How Govt lost the IC-814 hijack deal", ७ सेप्टेम्बर २००६, अन्तिम पहुँच ७ सेप्टेम्बर २००६। वेब्याक मेसिन अभिलेखिकरण १३ सेप्टेम्बर २००८ मिति
- ↑ "Pakistan Foreign Office called India to say they were outraged the plane had landed in Lahore", India Today (अङ्ग्रेजीमा)।
- ↑ "Pakistan Foreign Office called India to say they were outraged the plane had landed in Lahore", India Today (अङ्ग्रेजीमा)।
- ↑ "Pakistan Foreign Office called India to say they were outraged the plane had landed in Lahore", India Today (अङ्ग्रेजीमा)।
- ↑ India-Pakistan in war & peace By Jyotindra Nath Dixit, Books.google.com, अन्तिम पहुँच ४ मे २०१४।