आर्जेन रोबिन

डच फुटबल संध खेलाडी

आर्जेन रोबिन (डच उच्चारण: [ˈɑrjən ˈrɔbə(n)] ( ); जन्म २३ जनवरी १९८४) एक डच फुटबल खेलाडी हुन्।उनी फुटबलमा अग्रपङ्क्ति भुमिकामा मैदान उत्रने गर्दछन्।

आर्जेन रोबिन
बार्यन म्युनिखको फुटबल प्रशिक्षणमा रोबिन
व्यक्तिगत जानकारी
पुरा नाम आर्जेन रोबिन[१]
जन्म मिति (1984-01-23) २३ जनवरी १९८४ (उमेर ४०)
जन्म स्थान बेडम,नेदरल्यान्ड
उचाइ १.८० मी (५ फिट ११ इन्च)[२]
खेल्ने स्थान(हरू) अग्रपङ्क्ति
युवा करियर
१९९४-१९९६ भीभी बेडम
१९९६-२००० ग्रोनिन्गेन
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२०००-२००२ ग्रोनिन्गेन ४६ (८)
२००२-२००४ पिएसभी ६८ (१८)
२००४-२००७ चेल्सी ६७ (१५)
२००७-२००९ रियल म्याड्रिड ५० (११)
२००९– २०१९ बायर्न म्युनिख २०१ (९९)
अन्तर्राष्ट्रिय करियर
१९९९ नेदरल्यान्ड-१५ (०)
१९९९-२००० नेदरल्यान्ड-१६ ११ (४)
२००० नेदरल्यान्ड-१७ (१)
२००१-२००२ नेदरल्यान्ड-१९ (२)
२००१-२००३ नेदरल्यान्ड-२१ (१)
२००३-२०१७ नेदरल्यान्डस् ९६[३] (३७)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: १६:२२, २४ नोभेम्बर २०१८ (युटिसी)

रोबनको बल नियन्त्रण गर्ने खुबी गजबको छ । उनी विशेष बल लिएर तीव्र गतिमा अघि बढी पेनाल्टी क्षेत्रनजिक पुगेपछि बायाँ खुट्टाले देखाउने कलाका कारण चिनिन्छन् । उनको वेगले गर्दा प्रतिद्वन्द्वीहरू पनि पाखा लाग्ने गर्छन् ।

क्लब जीवन सम्पादन गर्नुहोस्

नेदरल्यान्ड्सको बेडममा जन्मिएका उनी सानैदेखि दायाँ विङ्गमा खेल्थे । उनले ग्रोनिन्गनबाट फुटबल जीवन सुरु गरेका थिए । ग्रोनिन्गनबाट उनी २००२ मा डच क्लब पीएसभी पुगे । पहिलो सिजनमै उनको लोभलाग्दो खेलको सहयोगमा पीएसभी डच लिग च्याम्पियन भयो । त्यसैले उनलाई आबद्ध गर्न इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड र चेल्सीको होड नै चल्यो । उनले रसियन अर्बपति रोमन अब्रामोभिचको चेल्सी रोजे । । चेल्सीमा इङ्लिस प्रिमियर लिग जितेर २००७ मा रियल म्याड्रिड पुगे । रियलमा ला लिगा र कोपा डेल् रे जिते पनि काकाक्रिष्टियानो रोनाल्डोको आगमनले रोबेन जर्मनीको सर्वाधिक सफल क्लब बायर्न म्युनिखमा आबद्ध हुन पुगे ।

प्रारम्भिक जीवन सम्पादन गर्नुहोस्

खेल जीवन सम्पादन गर्नुहोस्

अन्तरास्ट्रिय जीवन सम्पादन गर्नुहोस्

रोबिनले २००३ को अप्रिलमा डेब्यू गरेका थिए । त्यसयता ९६ खेल खेलेका उनले ३७ गोल गरेका छन् । नेदरल्याण्ड्सका सर्वाधिक गोलकर्तामा उनी चौथो स्थानमा छन् ।

स्रोत सम्पादन गर्नुहोस्

  1. "FIFA Club World Cup Morocco 2013: List of Players" (PDF), FIFA, ७ डिसेम्बर २०१३, पृ: ५, अन्तिम पहुँच ७ डिसेम्बर २०१३  वेब्याक मेसिन अभिलेखिकरण २४ डिसेम्बर २०१८ मिति
  2. "Player Profile", Bayern Munich, अन्तिम पहुँच २४ अप्रिल २०१४ 
  3. "आर्जेन रोबिन" (डचमा), voetbalstats.nl, अन्तिम पहुँच १० अक्टोबर २०१७