आना शर्मा

चर्चित नेपाली मोडल तथा अभिनेत्री

अन्नपूर्णा शर्मा[२] चर्चित नाम आना शर्मा[३], एक नेपाली चलचित्र अभिनेत्री हुन्। उनले अनमोल केसीसँग जेरी नामक चलचित्रबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन्। ३ वर्षको अन्तरालपछि उनी आयुषमान जोशीसँग ग्याङस्टार ब्लूजमा देखा परिन्।[४] उनले अभिनय गरेको तेस्रो चलचित्र द म्यान फ्रम काठमाडौँमा नेपाली र अन्तर्राष्ट्रिय कलाकारहरू रहेका थिए जसमा गुलशन ग्रोवर, हामिद शेख, होजे म्यानुअल, माइकल ब्रायन, कर्म शाक्य, नीर शाहमिथिला शर्मा थिए।[५][६]

आना शर्मा
आना शर्मा, चलचित्र प्रचार कार्यक्रममा
जन्म (1998-05-27) मे २७, १९९८ (उमेर २५)[१]
काठमाडौँ , नेपाल
वासस्थानकाठमाडौँ, नेपाल
राष्ट्रियतानेपाल
अन्य नामआना शर्मा
पेशाअभिनेत्री, मोडल
कार्यकाल२०१४- वर्तमान
उल्लेखनीय कार्य
जेरी
गृहनगरकाठमाडौँ, नेपाल
उचाइ१.६५ मी (५ फिट ५ इन्च)
मातापितारचना गुरुङ शर्मा

परिवार सम्पादन गर्नुहोस्

उनी नृत्य निर्देशक रचना गुरुङ शर्माकी छोरी हुन्। आनाकी दुई बहिनी अमिला शर्मा र अहिल्या शर्मा छन्।

अभिनित चलचित्रहरू सम्पादन गर्नुहोस्

वर्ष चलचित्र भूमिका टिप्पणीहरू
सन् २०१४ जेरी आकाङ्क्षा पदार्पण चलचित्र
सन् २०१७ ग्याङस्टार ब्लूज आरजु शाह
सन् २०१६ लभ इन्स्ट्यान्टली आना डी बनाना नेपालको पहिलो वेब शृङ्खला
सन् २०१९ द म्यान फ्रम काठमाडौँ नम्रता [७]

पुरस्कार सम्पादन गर्नुहोस्

वर्ष पुरस्कार श्रेणी अभिनय कार्य नतिजा
सन् २०१४ नेफ्टा फिल्म अवार्ड्स उत्कृष्ट नव अभिनेत्री जेरी विजयी[८]

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "जन्मदिनमा आनाको खुशी", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२०-११-२७ 
  2. "यी उदियमान नायिकाहरू", हिमालय टाइम्स (नेपालीमा), अन्तिम पहुँच २०२०-११-२५ [dead link]
  3. "परिवर्तन सम्भव छ : आना शर्मा", नारी पत्रिका (नेपालीमा), अन्तिम पहुँच २०२०-११-२५ 
  4. "‘ग्याङस्टार ब्लूज’को प्रिमियरमा प्रियंकादेखि आनासम्म(फोटो फिचरसहित)", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२०-११-२५ 
  5. "‘द म्यान फ्रम काठमाण्डु’को नेपाल छायांकन सकियो", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२०-११-२५ 
  6. "यस्तो बनेर आयो अमेरिकी कलाकार जोसे र नायिका आना शर्मा अभिनित फिल्म ‘द म्यान फ्रम काठमाडौं’", ओएस नेपाल (नेपालीमा), अन्तिम पहुँच २०२०-११-२५ [dead link]
  7. स्मृति ढुङ्गाना। "'द म्यान फ्रम काठमाडौँ करिअरकै महत्वपूर्ण फिल्म'"नागरिक दैनिक। सङ्ग्रह मिति २०२०-११-२७ 
  8. "क – कसले जिते नेफ्टा अवार्ड ?", न्युज अभियान, १२ मङ्सिर २०७७, अन्तिम पहुँच १४ चैत २०७२