ढाँचा:सफाइ पुनर्लेखन

आत्माराम ओझा

आत्माराम ओझा (जन्म: वि.सं. १९८७ मंगसिर १८ गते) सुदूरपश्चिममामा बसेर कलम चलाई रहनु भएका साहित्यकार तथा इतिहासकार हुन् । बैतडी जिल्लाको दशरथचन्द नगरपालिका बमरडामा जन्मेका ओझाका इतिहास र साहित्यका गरी दुई दर्जन भन्दा बढी कृतिहरु प्रकाशित भएका छन् ।[१]

सुरुवाती जीवन सम्पादन गर्नुहोस्

बि. सं. २००६ सालमा ‘देवस्तुति श्लोकबद्ध भाषा’ पुस्तक सार्वजनिक गरेर लेखन यात्रा सुरु गरेका ओझाका स्वयम्वर, शरणार्थी राजकुमार, संक्षिप्त सरल नेपाली रामायण, कृष्णायान, तीला, नेपाल प्रजातन्त्र सुकृति विकृति शतक, सुपको इतिहास परिचय, विविधा, रुवस, त्रिविधा, सुविधा, राजा नागमल्ल, प्रतिचर, मधुरिमा, संजीवनी लगायतका पुस्तक चर्चित छन् । उनका स्थानीय तथा राष्ट्रिय पत्रपत्रिकामा सयौं फुटकर रचना प्रकाशन भएका छन् ।[२]

पेशागत जीवन र अन्य सम्पादन गर्नुहोस्

व्यक्तिगत जीवन सम्पादन गर्नुहोस्

 
ओझा दम्पती

कृति सम्पादन गर्नुहोस्

  1. देवस्तुती श्लोक्बबद्ध भाषा- (बि.स. २००६)
  2. उषा अनिरुद्र पौराणिक नाटक, रत्न पुस्तक भण्डार (२०२१)
  3. साझा एकांकी नाटक सङ्ग्रह (२०२५)
  4. नेपाल प्रजातन्त्र सुकृति बिकृति शतक (२०५६)
  5. विविधा कविता सङ्ग्रह (२०६१)
  6. संक्षिप्त सरल नेपाली कृष्णायन (२०६२)
  7. संक्षिप्त सरल नेपाली रामायण (२०६२)
  8. रुवस डोटेली कविता सङ्ग्रह (२०६२)
  9. अत्रिगोत्रीय ओझा बंशावली (२०६३)
  10. तिला देउकी प्रथामा आधारित सामाजिक उपन्यास, रत्न पुस्तक भण्डार (२०६३)
  11. त्रिविधा नेपाली कविता सङ्ग्रह (२०६४)
  12. सुप इतिहास परिचय (२०६५)
  13. राजा नागमल्ल- डोटेली भाषाको ऐतिहासिक उपन्यास (२०६५)
  14. संजीवनी- नेपाल कथा कहानी सङ्ग्रह (२०६६)
  15. सुपका केहि बीर बिरंगना (२०६६)
  16. बैतडीमा चन्दराज्य (२०६६)
  17. नेपाल दर्शन- खण्डकाब्य (२०६७)
  18. जावेश्वोर पृथ्बी मल्ल- ऐतिहासिक उपन्यास (२०६७)
  19. प्रतिचर- बाल उपन्यास (२०६८)
  20. सु-विधा- कविता सङ्ग्रह (२०६९)
  21. मधुरिमा (२०७०)
  22. बाचा (२०७०)
  23. स्वयम्बर (२०७२)
  24. सदविधा- कविता सङ्ग्रह (२०७३) र
  25. नेपाली ईतिहासमन्थन (२०७३)[३]

सम्मान तथा पुरस्कार सम्पादन गर्नुहोस्

  1. फारवेस्ट प्रा.लि. सम्मान पत्र तथा पुरुस्कार (२०५६)
  2. सुप साहित्य समाज धनगढी(कैलाली)द्वारा ५९ को साहित्य पुरुस्कार (२०६०)
  3. नेपाल प्रज्ञा प्रतिष्ठान र महाकाली साहित्य संगमद्वारा सम्मान पर र उपहार (२०६७)
  4. नेपाल सरकार संस्कृति मन्त्रालयद्वारा भानुभक्त साहित्य पुरुस्कार (२०७१)
  5. नेपाल सरकारको क्षेत्रीय प्रतिभा पुरुस्कार (२०७३) र
  6. बिनयसिंह रावल प्रतिष्ठान, काठमाडौंद्वारा पुरुस्कार सम्मान (२०७३)

संलग्नता सम्पादन गर्नुहोस्

  • महाकाली साहित्य संगमको- संस्थापक सदस्य तथा विशिष्ट सदस्य एबम सल्लाहकार
  • साहित्यसंघ धनगढीको- सल्लाहकार
  • छन्द प्रतिष्ठान धनगढीको- सल्लाहकार र
  • ओम् श्री धार्मिक मासिक पत्रिकाको परामर्शदाता

मृत्यू सम्पादन गर्नुहोस्

साहित्यकार एवं इतिहासरकार आत्माराम ओझाको ८८ वर्षको उमेरमा हृदयघातका कारण बि. सं. २०७३ पुस १५ गते निधन भएको थियो ।[२]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. आत्माराम ओझा, नेपाली इतिहास मन्थन (२५ औ कृति, २०७३)
  2. २.० २.१ हिमाल खबर अनलाइन
  3. आत्माराम ओझा, नेपाली इतिहास मन्थन(२५ औ कृति, २०७३)

बाह्य कडीहरू सम्पादन गर्नुहोस्