अस्ट्रेलिया विरुद्ध वेस्ट इन्डिज २०१५-१६
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
वेस्ट इन्डिजले २०१५ डिसेम्बर २ देखि २०१६ जनवरी ७ सम्म अस्ट्रेलियाको भ्रमण गरेको थियो । यस भ्रमणमा वेस्ट इन्डिजले अस्ट्रेलियासँग २ वटा भ्रमण खेल र तीन वटा टेस्ट खेल खेलेको छ ।[१]
अस्ट्रेलिया विरुद्ध वेस्ट इन्डिज २०१५-१६ | |||||
अस्ट्रेलिया | वेस्ट इन्डिज | ||||
मिति | २ डिसेम्बर २०१५ – ७ जनवरी २०१६ | ||||
कप्तानहरू | स्टिभ स्मिथ | जासन होल्डर | |||
टेस्ट श्रृङ्खला | |||||
परिणाम | ३-म्याचको श्रृङ्खला अस्ट्रेलिया २–० ले विजयी | ||||
सर्वाधिक रन | एडम भोगेज (३७५) | डार्रेन ब्राभो (२४७) | |||
सर्वाधिक विकेट | जेम्स पाट्टिन्सन (१३) नथन लियोन (१३) |
जोमेल वार्रिकान (५) | |||
प्लेयर अफ द सिरिज | एडम भोगेज (अस्ट्रेलिया) |
अस्ट्रेलियाले शृङ्खला २-० ले जितेको छ । प्लेयर अफ द सिरिजको उपाधि अस्ट्रेलियाका एडम भोगेजले जितेका छन् ।
खेलाडीहरू
सम्पादन गर्नुहोस्टेस्ट | |
---|---|
अस्ट्रेलिया[२] | वेस्ट इन्डिज[३] |
वेस्ट इन्डिजका तिव्र गतिका बलर शानोन गब्रिल पहिलो टेस्टको पहिलो दिन घाइते भएका कारण टिमबाट निकालिएका छन् ।[४] उनलाई मिगौल कमिन्सले प्रतिस्थापन गरेका छन् ।[५] दोस्रो र तेस्रो टेस्टको लागि अस्ट्रेलियाले उस्मान खावाजा र स्टेफेन ओकीफेलाई खेलाडीको सूचीमा राखेको छ ।[६] नथन कौल्टर-नाइल अस्ट्रेलियाको घरेलु प्रतियोगिताको दौरान घाइते भएकाले उनको स्थानमा स्कोट बोलान्ड लाई टिममा समावेश गरिइएको छ ।[७]
भ्रमण खेलहरू
सम्पादन गर्नुहोस्प्रथम-श्रेणी म्याच: क्रिकेट अस्ट्रेलिया XI विरुद्ध वेस्ट इन्डियन्स
सम्पादन गर्नुहोस्२ – ५ डिसेम्बर
स्कोरकार्ड |
v
|
||
- वेस्ट इन्डियन्सले टस जितेर ब्याटिङ रोज्यो ।
- वर्षाले गर्दा पहिलो दिन ६० ओभर मात्र खेल हुन सक्यो ।[८]
- टम एन्ड्रयुज, जेम्स बाज्ले, जाक कार्डेर, जोस इन्गिल्स, रायन लीस र जेम्स पाइरसोन (क्रिकेट अस्ट्रेलिया XI) ले प्रथम-श्रेणी क्रिकेटमा डेब्यु गरे ।
भ्रमण म्याच: भिक्टोरियन XI vs वेस्ट इन्डियन्स
सम्पादन गर्नुहोस्१९ – २० डिसेम्बर
स्कोरकार्ड |
v
|
||
- भिक्टोरियन XI ले टस जितेर फिल्डिङ रोज्यो ।
- दुवैतर्फ १२ जना खेलाडी । (११ ब्याटिङ, ११ फिल्डिङ) ।
टेस्ट शृङ्खला (फ्राङ्क वोर्रेल ट्रफी)
सम्पादन गर्नुहोस्पहिलो टेस्ट
सम्पादन गर्नुहोस्१० – १४ डिसेम्बर २०१५
स्कोरकार्ड |
v
|
||
- अस्ट्रेलियाले टस जितेर ब्याटिङ रोज्यो ।
- दोस्रो दिन वर्षाले गर्दा खेल तीन पटक सम्म अवरुद्ध भएको थियो । अम्पायरले चाडैं टि ब्रेक गरे र टि ब्रेक पछि भने खेल सुचारु भएको थियो । त्यस्तै तेस्रो दिन पनि वर्षा भएपछि चाडैं लन्च ब्रेक गरिएको थियो तर लन्च ब्रेक पछि भने खेल सहज रूपमा सम्पन्न भएको थियो ।
- एडम भोगेज र शौन मार्श चौथो विकेटका लागि भएको ४४९ रनको साझेदारी टेस्ट क्रिकेटमा भएको सर्वाधिक धेरै चौथो-विकेट साझेदारी हो । यो साझेदारी अस्ट्रेलियाको लागि दोस्रो ठुलो साझेदारी हो भने वेस्ट इन्डज विरुद्ध सर्वाधिक धेरै रनको साझेदारी हो । अस्ट्रेलियामा खेलिएको टेस्टमा भएको यो सर्वाधिक ठुलो साझेदारी हो भने समग्र टेस्ट क्रिकेटको इतिहासमा छैटौँ ठुलो साझेदारी हो ।[९]
दोस्रो टेस्ट
सम्पादन गर्नुहोस्२६ – ३० डिसेम्बर २०१५
स्कोरकार्ड |
v
|
||
- वेस्ट इन्डिजले टस जितेर फिल्डिङ रोज्यो ।
- पहिलो दिन वर्षाले गर्दा खेल १ घण्टा ढिलो सुरु भएको थियो ।
- कार्लोस ब्राथवेट (वेस्ट इन्डिज) ले टेस्ट क्रिकेटमा डेब्यु गरे ।
- दिनेश राम्दिन र जासन होल्डर बिच १०० रनको साझेदारी भयो जुन यो मैदानमा वेस्ट इन्डिजको लागि छैटौँ-विकेट लागि भएको सर्वाधिक ठुलो साझेदारी हो ।[१०]
- अस्ट्रेलियाले फ्रान्क वोर्रेल ट्रफी जित्न सफल भयो । उसले २० वर्षदेखि लगातार यो ट्रफी जित्दै आइरहेको छ ।[११]
तेस्रो टेस्ट
सम्पादन गर्नुहोस्३ – ७ जनवरी २०१६
स्कोरकार्ड |
v
|
||
- वेस्ट इन्डिजले टस जितेर ब्याटिङ रोज्यो ।
- पहिलो दिन १३:४६ मा वर्षाले खेल साढे १ घण्टा अवरुद्ध भयो । त्यसपछि टि ब्रेक लिइयो र खेल १६:०० मा सुरु भयो तर फेरि १६:५० देखि १७:३५ सम्म वर्षाले खेल अवरुद्ध भयो ।
- दोस्रो दिन वर्षाले खेल ३९ मिनेट ढिलो सुरु भयो । पुनः वर्षा भएपछि १०:३९ देखि १२:०० सम्म खेल हुन सकेन । १२:१५ फेरि वर्षा भएपछि लन्च ब्रेक लिइयो । लन्च ब्रेक पछि १३:४२ सम्म खेल भयो तर फेरि पनि वर्षा भयो र त्यसपछि उक्त दिनको खेल हुन सकेन ।
- वर्षको कारणले तेस्रो र चौथो दिन कुनै खेल हुन सकेन ।
- पाँचौ दिन पनि खेल १ घण्टा ४५ मिनेट ढिलो गरी सुरु भयो । १५:३० मा पुन वर्षा भएपछि टि ब्रेक लिइएको थियो ।
- अस्ट्रेलियामा १०० टेस्ट विकेट लिने नथन लियोन पाँचौ स्पिनर बनेका छन् ।[१२]
- यो मैदानमा डेभिड वार्नरले सबैभन्दा तेज (८२ बल) गतिको शतक प्रहार गरेका छन् ।[१३]
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ "First day-night Test for Adelaide Oval", ESPNCricinfo, अन्तिम पहुँच २९ जुन २०१५।
- ↑ "Coulter-Nile called up for Hobart Test", ESPNcricinfo (ESPN Sports Media), १ डिसेम्बर २०१५, अन्तिम पहुँच १ डिसेम्बर २०१५।
- ↑ "West Indies name Test squad to tour Australia", ESPNcricinfo (ESPN Sports Media), ११ नोभेम्बर २०१५, अन्तिम पहुँच ११ नोभेम्बर २०१५।
- ↑ "Injured Gabriel out of match, may fly home", ESPNCricinfo, अन्तिम पहुँच ११ डिसेम्बर २०१५।
- ↑ "Cummins replaces Gabriel in Australia", ESPNCricinfo, अन्तिम पहुँच १६ डिसेम्बर २०१५।
- ↑ "Khawaja in for MCG Test, Smith out of BBL", ESPNCricinfo, अन्तिम पहुँच १२ डिसेम्बर २०१५।
- ↑ "Boland called in for Coulter-Nile", Cricket Australia, अन्तिम पहुँच २२ डिसेम्बर २०१५।
- ↑ "Bravo anchors West Indians on rain-affected day", ESPNCricinfo, अन्तिम पहुँच २ डिसेम्बर २०१५।
- ↑ "Voges, Marsh notch up record fourth-wicket stand in Tests", ESPNCricinfo, अन्तिम पहुँच १२ डिसेम्बर २०१५।
- ↑ "Partnership records", ESPNcricinfo, अन्तिम पहुँच २९ डिसेम्बर २०१५।
- ↑ Australia seal 20 years of Worrell Trophy dominance
- ↑ "Bowling records", ESPNcricinfo, अन्तिम पहुँच ४ जनवरी २०१६।
- ↑ Coverdale, Brydon (७ जनवरी २०१६), "Warner blasts 82-ball ton in inevitable draw", ESPNcricinfo, अन्तिम पहुँच ७ जनवरी २०१६।