अस्गाबत, (तुर्कमेन: Aşgabat, उच्चारण [ɑʃʁɑˈbɑt̪]; रुसी: Ашхаба́д, tr. Ashkhabad, रुसी उच्चारण: [ɐʂxɐˈbat]) जसलाई पहिले पोल्तोरास्क (रुसी: Полтора́цк, रुसी उच्चारण: [pəltɐˈrat͡sk]) को नाम ले पनि चिनिने, मध्य एसिया को तुर्कमेनिस्तान देशको राजधानी, आर्थिक, राजनीतिक, सांस्कृतिक केन्द्र तथा सबैभन्दा लोकप्रिय शहर हो । यो तुर्कमेनिस्तान को करकुम मरुभूमिकोपेत दाग हिमशृंखला को बीच मा अवस्थित छ ।

अस्गाबत
Aşgabat

पोल्तोरास्क(१९१९-१९२७)
तुर्कमेनिस्तान को नक्शामा अस्गाबत
तुर्कमेनिस्तान को नक्शामा अस्गाबत
अस्गाबतको आधिकारिक छाप
छाप
Coat of Arms of Ashgabat
प्रतीक चिह्न
उत्तर देखि देखिएको शहरको केन्द्र तिरको एक दृश्य
उत्तर देखि देखिएको शहरको केन्द्र तिरको एक दृश्य
देश तुर्कमेनिस्तान
स्थापित१८८१
सरकार
 • प्रकारराष्ट्रपतिय
 • मेयरडोर्डोलियोव[१]
क्षेत्रफल
 • जम्मा४४० किमी (१७० वर्ग माइल)
उन्नतांश
२१९ मिटर (७१९ फिट)
जनसङ्ख्या
 (२०१२)
 • जम्मा१,०३१,९९२
 • घनत्व२,३००/किमी (६,१००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५
 • ग्रीष्म (डिएसटी)युटिसी+५ (तुर्कमेनिस्तान)
हुलाक कोड
७४४००० - ७४४०४०
क्षेत्रीय सङ्केत(हरू)(+९९३) १२
सवारी दर्ताएजी
वेबसाइटwww.ashgabat.gov.tm

यो शहर १८८१ मा स्थापित भएको थियो र १९२४ मा तुर्कमेन सोभियत समाजवादी गणतन्त्रको राजधानी बनाइयो । १९४८ मा शहरको अधिकांश भाग भूकम्पबाट बर्बाद भएको थियो तर १९४८ पछि देखि राष्ट्रपति नियाजवको शहरी नवीकरण परियोजनाको विस्तारमा व्यापक पुनरुत्थान भयो ।[२] कराकुम नहर शहर मै छ, पूर्व देखि पश्चिम सम्म अमू दर्याबाट पानी को खपत गरिरहेका छन् ।[३]

नामाकरणसम्पादन

अस्गाबत तुर्कमेन मा अस्गाबत भनिन्छ । रूसी भाषा मा Ашхабад (अस्खाबाद) भनिन्छ । फारसीमा इश्क-अब्बाद (عشق‌آباد) भनिन्छ । १९९१ अघि, शहरलाई सामान्यतया अस्खाबाद बनिन्थ्यो जुन अंग्रेजी भाषाको रूसी अनुवाद हो । यसलाई विभिन्न अस्खाबाद र अस्गाबत रूपमा लेखिइन्छ । १९१९ देखि १९२७ सम्म शहरले एक स्थानीय क्रान्ति पछि पोल्तोरास्क नामकरण गर्यो ।

यसको अर्थ "प्रेम को शहर" वा "भक्ति को शहर" हुन्छ । केही तुर्कमेनि विद्वानहरू को यो भनाइ छ कि नाम पार्थियन युगको, तेस्रो शताब्दी ईसा पूर्वमा, पार्थियन साम्राज्यको संस्थापक, आर्सेज प्रथम, पार्सिया का अशक-अबाद (अशक/आर्सेज शहर) नामबाट लिइएको हो ।[४]

इतिहाससम्पादन

अस्गाबत एक अपेक्षाकृत जवान शहर हो । जुन १८८१ मा स्थापित भएको थियो र उत्खबाद को निकट नजिकै (तुर्कमेन मा प्रिय शहर) को नामले चिनिन्थ्यो । नासाको साइटबाट टाढा रहेको स्थान, पार्थियन साम्राज्यको पुरातात्विक राजधानी, यो सिल्किक शहरको कोन्जिकाला किनारमा छ । पहिले दोस्रो शताब्दी ईसा पूर्वमा मदिरा उत्पादनको गाँउ को रूपमा उल्लेख गरिएको छ । यसको भूकम्पबाट बर्बाद भएको स्थानको पुनर्निर्माण गरियो । यो १३ औँ शताब्दीमा मङ्गोलहरू द्वारा विनाश सम्म पुग्यो । यसको पछि यो १९ औँ शताब्दीमा रूसीहरूले नलिदासम्म एक सानो गाँउको रूपमा रह्यो ।[५][६] १९४८ को भूकम्पमा यो खराब रूपमा क्षतिग्रस्त भयो र अन्ततः १९६३ मा ध्वस्त भयो ।[७] भूकम्प ले ११०-१७६,००० को ज्यान लियो ।[८][९][१०][११]

जनसांख्यिकीसम्पादन

२०१२ तुर्कमेनि जनगणनाको अनुमान अनुसार, अस्गाबतले शहरको जनसङ्ख्याको ८५% तुर्कमेनि छन् । रूसीहरू जनसङ्ख्याको ७.७%, अर्मेनियालीहरू १.५%, तुर्कीहरू १.१%, उज्बेगीहरू १.१%, र अजरबैजानिसहरू १% जनसङ्ख्या रहेको छ ।

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. "Государственное информационное агентство Туркменистана - TDH", tdh.gov.tm, अन्तिम पहुँच अगस्ट २, २०१७ 
  2. "Turkmenistan: Government Orders People Out Of Their Homes In Name Of 'Urban Renewal'", जुलाई २१, २००४, अन्तिम पहुँच २२ Nov २०१७ 
  3. "Brief Note on Turkmenistan", Embassy of India, Ashgabat, मूलबाट फेब्रुअरी १८, २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १० Jun २०१४  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  4. "How Old is Ashgabat?", Turkmeniya.tripod.com, अन्तिम पहुँच २०१३-११-२४ 
  5. Konjikala वेब्याक मेसिन अभिलेखिकरण अक्टोबर २९, २०१४ मिति
  6. Knowlton, MaryLee (अगस्ट २, २०१७), "Turkmenistan", Marshall Cavendish, अन्तिम पहुँच अगस्ट २, २०१७ – Google Booksद्वारा। 
  7. "Baha’i House of Worship in Ashgabat", Bahai.us, मूलबाट अगस्ट ८, २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१०-०६-२८  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  8. "Comments for the significant earthquake", Significant Earthquake Database, National Geophysical Data Center, अन्तिम पहुँच १२ जुन २०१५ 
  9. "US Geological Survey", Earthquake.usgs.gov, मूलबाट सेप्टेम्बर १, २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१०-०६-२८  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  10. Britannica Concise Encyclopedia, "Britannica Online", Britannica.com, अन्तिम पहुँच २०१०-०६-२८ 
  11. "State News Agency of Turkmenistan", Turkmenistan.gov.tm, २००७-१०-०६, मूलबाट अप्रिल ६, २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१०-०६-२८  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)