अलेक्सिस कौफमेन (जन्म:९ अगष्ट १९९१) एक अमेरिकी व्यावसायिक महिला कुस्ती खेलाडी हुन् जो हाल डब्ल्युडब्ल्युईको मुख्य कार्यक्षेत्र स्म्याकडाउनमा अलेक्सा ब्लिसको नामले कुस्ती खेल्दै आएकी छिन्।

अलेक्सा ब्लिस
सन् २०२० मा ब्लिस
वास्तविक नामअलेक्सिस कैफमेन
जन्म (1991-08-09) अगस्ट ९, १९९१ (उमेर ३२)
कोलम्बस, ओहायो
शिक्षाअक्रोन विश्वविद्यालय
व्यावसायिक कुस्ती जीवन
लोकप्रिय रिङ नामअलेक्सा ब्लिस
उचाई५ फिट १ इन्च
तौल१०२ पाउन्ड[१]
उत्पत्तिकोलम्बस, ओहायो
प्रशिक्षक[२]
डब्ल्युडब्ल्युई प्रशिक्षण क्षेत्र[३]
पदार्पण२० सेप्टेम्बर २०१३[४]

सन् २०१३ मे महिनामा ब्लिसले डब्ल्युडब्ल्युईसँगको आवद्ध पत्रमा हस्ताक्षर गरेकी थिइन् भने उनले तात्कालिक समयमा अमेरिकाको फ्लोरिडा स्थित डब्ल्युडब्ल्युईको विकासशील क्षेत्र एनएक्सटीमा कुस्ती खेल्न सुरु गरेकी थिइन्। सन् २०१६ जुलाईमा ब्लिसले डब्ल्युडब्ल्युईको मुख्य कार्यक्षेत्रमा पर्दापण गरेकी थिइन् भने उनी सन् २०१६ को डब्ल्युडब्ल्युई ड्राफ्ट अन्तर्गत स्म्याकडाउनमा सरुवा भएकी थिइन्। ब्लिसले स्म्याकडाउनमा पर्दापण गरेको केही महिना पछि स्म्याकडाउनम महिला उपाधि जित्न सफल भएकी थिइन् जुन उनको डब्ल्युडब्ल्युईको पहिलो उपाधि जित थियो भने उनले पछि उक्त उपाधिलाई पुन जित्दै दुई पटक स्म्याबडाउन महिला विजेता बन्न सफल भएकी थिइन्। सन् २०१७ मा डब्ल्युडब्ल्युई द्वारा आयोजित ड्राफ्ट अन्तर्गत ब्लिसलाई मा स्थानान्तरण गरिएको थियो भने उनले मा पर्दापण गरेक‍ केही महिना पश्चात् महिला उपाधि पनि जित्न सफल भएकी थिइन् जसले गर्दा उनी दुवै उपाधि जित्ने पहिलो महिला कुस्ती खेलाडी बन्न सफल भएकी थिइन्। सन् २०१८ मनी इन द बेङ्क नामक एक वार्षिक कुस्ती कार्यक्रममा दोस्रोपटक महिला कुस्ती खेलाडीहरूका लागि मनी इन द बेङ्क खेल आय‍जना गरिएको थियो जसलाई ब्लिसले जित्न सफल भएकी थिइन् भने उनले सोही दिन उनको उक्त सम्झौतालाई क्यास इन गर्दै दोस्रो महिला उपाधि जित्न सफल भएकी थिइन्। सन् २०१९ अगष्टमा ब्लिस र निकी क्रसको टोलीले पहिलो डब्ल्युडब्ल्युई महिला ट्याग टिम उपाधि पनि जित्न सफल भएका थिए। समग्रमा हालसम्म ब्लिसले डब्ल्युडब्ल्युई ६ वटा उपाधिहरू जित्न सफल भएकी छिन् भने सन् २०१८ मा उनले पहिलो इलिमिनेसन चेम्बर खेल पनि जित्न सफल भएकी थिइन्।

व्यावसायिक कुस्ती कार्यकाल सम्पादन गर्नुहोस्

डब्ल्युडब्ल्युई सम्पादन गर्नुहोस्

एनएक्सटी (सन् २०१३–२०१६) सम्पादन गर्नुहोस्

 
सन् २०१५ मा ब्लिस

सन् २०१३ मे महिनामा ब्लिसले डब्ल्युडब्ल्युईसँगको आवद्ध पत्रमा हस्ताक्षर गरेकी थिइन् भने उनले तात्कालिक समयमा अमेरिकाको फ्लोरिडा स्थित डब्ल्युडब्ल्युईको विकासशील क्षेत्र एनएक्सटीमा कुस्ती खेल्न सुरु गरेकी थिइन्।[५] सन् २०१३ जुलाई २४ का दिन आयोजित एनएक्सटीको एक श्रृङ्खलामा उनले उक्त पदोन्नतिमा पर्दापण गरेकी थिइन् जहाँ उनी पहिलो एनएक्सटी महिला विजेता पेइजलाई पहिलो एनएक्सटी महिला विजेता बनेकामा बधाई ज्ञापन गर्न देखा परेकी थिइन्।[६][७] सन् २०१३ अगष्टमा उनले आफ्नो रिङ नाम अलेक्सा ब्लिसमा परिवर्तन गरेकी थिइन्। सन् २०१३ नोभेम्बर २० का दिन आयोजित एनएक्सटीको एक श्रृङ्खलामा ब्लिसले रिङ उद्घोषकको रूपमा काम गरेकी थिइन्।[८][९] सन् २०१४ अप्रिल ६ का दिन ब्लिस डब्ल्युडब्ल्युई द्वारा आयोजित सबैभन्दा ठूलो वार्षिक कार्यक्रम रेसलमेनिया ३० मा ठूलो पर्दामा देखा परेकी थिइन्।[१०][११] उनले डब्ल्युडब्ल्युईको विकासशील क्षेत्र एनएक्सटी अन्तर्गत पहिलो खेल सन् २०१४ मे ८ का दिन खेलेकी थिइन् जसमा खाली रहेक‍ एनएक्सटी महिला उपाधिका एक महिला प्रतियोगी बीच एक प्रतियोगिता आयोजना गरिएको थियो।[१२][१३][१४] ब्लिसले उक्त उपाधिका लागि पहिलो चरणमा भुतपुर्व डिभास विजेता अलिसा फक्सलाई पराजित गर्न सफल भएकी थिइन् तर उनी उक्त प्रतियोगिताको सेमिफाइनल खेलमा सार्लेटसँग पराजित भएकी थिइन्।[१५]

खुट्टामा चोट लागेका कारण ब्लिस केही महिनाको अस्थायी अवकाश पछि सन् २०१५ मार्च ११ का दिन एनएक्सटीको एक श्रृङ्खलामा फिर्ता भएकी थिइन् जहाँ उनले एक एकल खेलमा कार्मेलालाई पराजित गर्न सफल भएकी थिइन्।[१६] उक्त खेलको एक हप्ता पछि उनको सामना तात्कालिक एनएक्सटी महिला विजेता सासा बेङ्क्ससँग भएको थियो जसमा उनले उपाधि रहित खेलमा बेङ्क्सलाई पराजित गर्न सफल भएकी थिइन्।[१७] मार्च २५ का दिन आयोजित एनएक्सटीको एक श्रृङ्खलामा ब्लिसले महिला उपाधिका लागि बेङ्क्ससँग एकल खेल खेलेकी थिइन् जहाँ उनी बेङ्क्ससँग पराजित भएकी थिइन्।[१८] सन् २०१५ मे १३ का दिन आयोजित एनएक्सटीको एक श्रृङ्खलामा ब्लिसले कार्मेलालाई एकल खेलमा पराजित गर्न सफल भएकी थिइन्।[१९] मे २० का दिन आयोजित एनएक्सटीको वार्षिक कार्यक्रम एनएक्सटी टेकओभर: अनस्टपएभलमा ब्लिसले एनएक्सटी ट्याग टिम उपाधि कायम राख्नका लागि ब्लेक र मर्फिलाई सहयोग गरेकी थिइन् जसको एन्जो अमोरे र कोलिन क्यासडीसँग खेल आयोजना गरिएको थियो।[२०] सन् २०१५ जुलाई २९ का दिन आयोजित एनएक्सटीको एक श्रृङ्खलामा ब्लिसले मर्फी र ब्लेकलाई ट्याग टिम उपाधि कायम राख्नका सहयोग गरेकी थिइन् जसको द भडभिलेन्ससँग (एडन इङ्लिस र साइमन गच) खेल आयोजना गरिएको थियो।[२१] द भडभिलेन्सले पछि ट्याग टिम उपाधिका लागि ब्लेक र मर्फीसँगको खेल २२ अगष्ट २०१५ का दिन आयोजना गरिएको थियो जुन खेलमा ब्लु पेन्टले ब्लिसलाई खेलमा अवरोध पुर्‍उन नदिएपछि द भडभिलेन्सले ट्याग टिम उपाधि जित्न सफल भएका थिए जसकारण ब्लिस र पेन्ट बीचको खेल २ सेप्टेम्बर २०१५ का दिन आयोजित एनएक्सटीको एक श्रृङ्खलामा आयोजना गरिएको थियो जसमा ब्लिसले पेन्टलाई पराजित गर्न सफल भएकी थिइन्।[२२][२३]

सन् २०१५ को अक्टोबर देखि नोभेम्बर महिनासम्म ब्लिसको बेइलीसँग उनको एनएक्सटी महिला उपाधिका लागि द्वन्द्व चलेको थियो।[२४] सन् २०१५ नोभेम्बर १८ का दिन आयोजित एनएक्सटीको एक श्रृङ्खलामा ब्लिस र बेइली बीचको खेल महिला उपाधिका लागि भएको थियो जसमा उनी बेइलीसँग पराजित भएकी थिइन्।[२५] सन् २०१६ का दिन आयोजित एनएक्सटीको एक श्रृङ्खलामा ब्लिसले महिला उपाधिका लागि पहिलो दावेदार बन्नका लागि ब्याटल रोयल खेलमा समावेश भएकी थिइन्। [२६] सन् २०१६ मे १८ का दिन आयोजित एनएक्सटीको एक श्रृङ्खलामा ब्लेक, ब्लिस र मर्फीको टोलीको विघटन भएको थियो। मे २५ का दिन आयोजित एनएक्सटीको एक श्रृङ्खलामा ब्लिस, कार्मेला र नाया ज्याक्स बीच महिला उपाधिका लागि पहिलो दावेदार बन्नका लागि ट्रिपल थ्रेट खेल आयोजना गरिएको थियो जुन खेल ज्याक्सले जितेकी थिइन्।[२७] अगष्ट १७ का दिन आयोजित एनएक्सटीको एक श्रृङ्खलामा ब्लिस, डेरिया बेरनेटो र मेन्डी रोजको सामना कार्मेला, लिभ मोर्गेन र निकी ग्लेनक्रसको बीच भएको थियो जसमा ब्लिस, बेरनेटो र रोजको टोली कार्मेला, मोर्गेन र ग्लेनक्रससँग पराजित भएका थिए जुन ब्लिसको एनएक्सटीको अन्तिम खेल थियो।[२८]

स्म्याकडाउन महिला विजेता (सन् २०१६–२०१७) सम्पादन गर्नुहोस्

 
सन् २०१६ मा ब्लिस स्म्याकडाउन महिला विजेताको रूपमा

सन् २०१६ जुलाई १९ का दिन डब्ल्युडब्ल्युई द्वारा आयोजित डब्ल्युडब्ल्युई ड्राफ्ट अन्तर्गत ब्लिस स्म्याकडाउनमा सरुवा भएकी थिइन्।[२९][३०] २६ जुलाई २०१६ का दिन आयोजित स्म्याकडाउनको एक श्रृङ्खलामा ब्लिस पहिलो स्म्याकडाउनमा देखा परेकी थिइन्।[३१] ब्लिसले उक्त पदोन्नति अन्तर्गत अगष्ट ९ का दिन आयोजित स्म्याकडाउनको एक श्रृङ्खलामा ब्लिसले बेकी लिञ्चलाई एकल खेलमा पराजित गर्न सफल भएकी थिइन्।[३२][३३] अगष्ट २१ का दिन डब्ल्युडब्ल्युई द्वारा आयोजित समरस्ल्याम नामक एक वार्षिक कार्यक्रममा ब्लिस, नेटालिया र निकी बेलाको टोलीले लिञ्च, कार्मेला र नेयोमीलाई पराजित गर्न सफल भएका थिए।[३४] सेप्टेम्बर ११, २०१६ का दिन डब्ल्युडब्ल्युई द्वारा आयोजित ब्याकलास नामक एक वार्षिक कार्यक्रममा पहिलो स्म्याकडाउन महिला विजेता बन्नका लागि ब्लिस खेलमा समावेश भएकी थिइन् तर उक्त खेल लिञ्च जित्दै पहिलो स्म्याकडाउन महिला विजेता बनेकी थिइन्। [३५][३६]

१३ सेप्टेम्बर २०१६ का दिन आयोजित स्म्याकडाउन लाइभको एक श्रृङ्खलामा ब्लिसले फेटल फाइभ वे (पाँच खेलाडी बीचको एकल खेल) खेलमा महिला उपाधिका लागि पहिलो दावेदार बन्नका लागि ब्लिस उक्त खेलमा समावेश भएको थिइन् जुन खेल उनले जित्न सफल भएकी थिइन्।[३७] ब्लिसले नोभेम्बर २० का दिन आयोजित सरभाइभर सिरिज नामक एक वार्षिक कार्यक्रममा पनि भाग लिएकी थिइन् जहाँ टोली स्म्याकडाउनको टोली सँग प्रतिस्पर्धा जारी गरिएको थियो जहाँ टोली विजेता बनेको थियो।[३८] डिसेम्बर ४, २०१६ मा दिन आयोजित टेबल लेडर एण्ड चेयर्स नामक एक वार्षिक कार्यक्रममा ब्लिसले तात्कालिक महिला विजेता लिञ्चलाई एकल खेलमा पराजित गर्द‌ पहिलो स्म्याकडाउन महिला विजेता बन्न सफल भएकी थिइन्।[३९]

सन् २०१७ जनवरी १७ का दिन आयोजित स्म्याकडाउनको एक श्रृङ्खलामा ब्लिसले उनको महिला उपाधि पहिलोपटक लिञ्चको विरुद्धमा स्टिल केज खेलमा दाउमा राखेकी थिइन् जुन खेलमा मिकी जेम्सको अवरोधका कारण ब्लिसले लिञ्चलाई पराजित गर्न सफल भएकी थिइन्।[४०] फेब्रुअरी १२, २०१७ का दिन आयोजित इलिमिनेसन चेम्बर नामक एक वार्षिक कार्यक्रममा ब्लिसले उनको महिला उपाधि नेयोमी विरुद्धको खेलमा गुमाएकी थिइन्।[४१] पछि नेयोमीलाई खेल खेलिरहेका बेला चोट लागेका कारण उनले महिला उपाधि छाड्न बाध्य भएकी थिइन् भने २१ फेब्रुअरी का दिन आयोजित स्म्याकडाउनको एक श्रृङ्खलामा ब्लिसले लिञ्चलाई पराजित गर्दै दोस्रोपटक महिला विजेता बन्न सफल भएकी थिइन्।[४२][४२] ब्लिस र जेम्स बीचको मित्रताको अन्त्य भएक‍ थियो जब जेम्सले स्म्याकडाउन लाइभको एक श्रृङ्खलामा ब्लिसलाई पराजित गरेकी थिइन्।[४३] अप्रिल २ का दिन डब्ल्युडब्ल्युई द्वारा आयोजित रेसलमेनियाको ३३औँ श्रृङ्खलामा ब्लिसले उनको महिला उपाधि गुमाएकी थिइन् जसलाई नेय‍मीले जित्न सफल भएकी थिइन्।[४४] ब्लिस र नेयोमी बीचको उपाधिका लागि खेल सन् २०१७ अप्रिल ४ का दिन आयोजित स्म्याकडाउनको एक श्रृङ्खलामा आयोजना गरिएको थियो जसमा ब्लिस नेयोमीसँग पराजित भएकी थिइन्।[४५][४६]

महिला विजेता (सन् २०१७–२०१८) सम्पादन गर्नुहोस्

 

सन् २०१८ अप्रिल १० का दिन आयोजित को एक श्रृङ्खलामा उनी डब्ल्युडब्ल्युई सुपरस्टार सेक अल अन्तर्गत डब्ल्युडब्ल्युईको मा सरुवा भएकी थिइन् जहाँ उनले तात्कालिक महिला विजेता बेइलीलाई उनक‍ महिला उपाधिका लागि चुनौती दिन सुरु गरेकी थिइन्।[४७][४८] ब्लिस मा स्थानान्तरण भएको अर्को हप्ता महिला उपाधिका लागि पहिलो दावेदार बन्नका लागि फ्याटल फोर वे खेलमा समावेश भएकी थिइन् जुन ब्लिसले जित्न सफल भएकी थिइन्।[४९] सन् २०१७ अप्रिल ३० मा दिन आयोजित पेब्याक नामक एक वार्षिक कुस्ती कार्यक्रममा ब्लिसले बेइलीलाई एकल खेलमा पराजित गर्दै पहिलोपटक महिला विजेता बन्न सफल भएकी थिइन् जसकारण दुवै स्म्याकडाउन र महिला उपाधि जित्ने उनी पहिलो महिला कुस्ती खेलाडी बन्न सफल भएकी थिइन्।[५०][५१][५२] उनीहरूका बीच जुन ४ का दिन आयोजित एक्सट्रिम रुल नामक एक वार्षिक कुस्ती कार्यक्रममा ब्लिसले उनको महिला उपाधि बेइलीका विरुद्धमा खेलेकी थिइन् जुन खेल ब्लिसले जित्न सफल भएकी थिइन्।[५३] ब्लिसको पछि सासा बेङ्क्ससँग द्वन्द्व चलेको थियो।[५४] अगष्ट २० का दिन आयोजित समरस्ल्याम नामक एक कुस्ती कार्यक्रममा ब्लिस बेङ्क्ससँग पराजित भएकी थिइन् जसकारण उनले महिला उपाधि गुमाएकी थिइन् तर उक्त खेलको ८ दिन पछि ब्लिसले एकल खेलमा बेङ्क्सलाई पराजित गर्दै दोस्रोपटक महिला विजेता बन्न सफल भएकी थिइन्।[५५][५६]

ब्लिसले उनको उपाधि २४ सेप्टेम्बर २०१७ का दिन नो मर्सी नामक एक वार्षिक कुस्ती कार्यक्रममा बेइली, नाया ज्याक्स, एमा र सासा बेङ्क्सको विरुद्धमा दाउमा लगाएकी थिइन् जुन खेल ब्लिसले जित्न सफल भएकी थिइन्।[५७] सन् २०१७ को टिएलसी नामक एक वार्षिक कार्यक्रममा ब्लिसले जेम्सलाई एकल खेलमा पराजित गरेकी थिइन् भने उनले पछि ३० अक्टोबर का दिन आयोजित को एक श्रृङ्खलामा पनि जेम्सलाई पराजित गर्न सफल भएकी थिइन्।[५८] सन् २०१८ फेब्रुअरी २५ का दिन आयोजित इलिमिनेसन चेम्बर नामक एक वार्षिक कुस्ती कार्यक्रममा ब्लिसले उनको उपाधि कायम राख्न सफल भएकी थिइन्।[५९][६०] ब्लिसले पछि ब्राउन स्ट्र‍म्यानसँग सहकार्य गर्दै मिक्स्ड म्याच च्यालेञ्जमा पनि सहभागी भएका थिए जहाँ उनीहरूको टोली उक्त प्रतियोगिताको सेमिफाइनल सम्म पुग्न सफल भएका थिए तर उक्त प्रतियोगिता अस्का र द मिजले जितेका थिए।[६१] अप्रिल ८ का दिन आयोजित रेसलमेनियाको ३४औँ श्रृङ्खलामा ब्लिसले उनको उपाधि नाया ज्याक्स विरुद्धको खेलमा गुमाएकी थिइन्।[६२][६३] ब्लिसले पछि ब्याकलास नामक एक वार्षिक कार्यक्रममा ज्याक्सका विरुद्ध महिला उपाधिका लागि खेलेकी थिइन् तर उक्त खेलमा उनी पराजित भएकी थिइन्।[६४]

महिला उपाधि गुमाएक‍ केही हप्ता पश्चात् ब्लिसले महिला उपाधिका लागि पहिलो दावेदार बन्नका लागि एक ट्रिपल थ्रेट खेलमा समावेश भएकी थिइन् जहाँ उनको सामना बेइली र मिकी जेम्सका विरुद्धमा भएको थियो जुन खेल ब्लिसले जित्दै आउँदो मनी इन द बेङ्कका लागि छनोट भएकी थिइन् भने १७ जुनका दिन आयोजित मनी इन द बेङ्क[६५] खेलमा ब्लिसले उक्त उपाधि जित्न सफल भएकी थिइन् भने उनले सोही दिन महिला उपाधि विजेता ज्याक्सलाई पराजित गर्दै तेस्रोपटक महिला विजेता बन्न सफल भएकी थिइन्।[६६][६७] एक्स्ट्रिम रूल नामक एक वार्षिक कार्यक्रममा ब्लिसले ज्याक्सलाई पराजित गरेकी थिइन्।[६८][६९] १९ अगष्ट २०१८ का दिन आयोजित समरस्ल्याम नामक एक वार्षिक कुस्ती कार्यक्रममा ब्लिसले उनको उपाधि रन्डा राउजी विरुद्धको खेलमा गुमाएकी थिइन्।[७०][७१]

निकी क्रससँगको सहकार्य (सन् २०१९–हाल) सम्पादन गर्नुहोस्

सन् २०१९ मा ब्लिस र तात्कालिक स्म्याकडाउन महिला विजेता बेइलीबो द्वन्द्व चर्किएको थियो जब ब्लिसले ट्रिपल थ्रेट खेल जित्दै स्म्याकडाउन महिला उपाधिका लागि पहिलो दावेदार बन्न सफल भएकी थिइन् भने उनीहरूका बीच स्पम्पिङ ग्राउन्ड नामक एक वार्षिक कुस्ती कार्यक्रममा महिला उपाधिका लागि खेल जारी गरिएको थियो जसमा ब्लिस बेइलीसँग पराजित भएकी थिइन्।[७२][७३][७४][७५] उक्त खेलमा उपाधि जित्न असमर्थ रहेका कारण ब्लिस र क्रसले पछि महिला ट्याग टिम उपाधि विजेताहरूलाई उपाधिका लागि चुनौती दिन सुरु गरेका थिए भने पछि क्रस र ब्लिसको तत्कालीन महिला ट्याग टिम विजेता द आइकोनिक्स (बिली केपिटन रोइस) विरुद्ध ट्याग टिम उपाधिका लागि खेल जारी गरिएको थियो जसमा ब्लिस र क्रस पराजित भएका थिए।[७६][७७][७८] ब्लिस र क्रसको सामना पछि एक्सट्रिम रूल नामक एक वार्षिक कार्यक्रममा जारी गरिएको थियो जसमा उनीहरू बेइलीसँगग पराजित भएका थिए।[७९] अगष्ट ५ का दिन आयोजित डब्ल्युडब्ल्युई को एक श्रृङ्खलामा महिला ट्याग टिम उपाधिका लागि फेटल फोर वे खेल आयोजना गरिएको थियो जसमा ब्लिस क्रसले जित हासिल गर्दै पहिलोपटक महिला ट्याग टिम विजेता बन्न सफल भएका थिए। [८०][८१] ब्लिस र क्रसले पछि उनीहरूको उपाधि द कबुकी वरियर्ससँगको (आस्का र काइरी सेन) खेलमा गुमाएका थिए जुन खेल सन् २०१९ को हेल इन अ सेल नामक एक वार्षिक कुस्ती कार्यक्रममा आयोजना गरिएको थियो।[८२][८३] केही महिनाको अस्थायी अवकाश पछि ब्लिस नोभेम्बर २९ का दिन आयोजना गरिएको स्म्याकडाउनको एक श्रृङ्खलामा रिङमा फर्किएकी थिइन्।[८४]

उपाधि तथा उपलब्धिहरू सम्पादन गर्नुहोस्

  • प्रो रेस्लिङ इलुस्ट्रेटेड
    • ५० महिला कुस्ती खेलाडी मध्ये दोस्रो स्थानमा पर्न सफल (सन् २०१८)
  • स्पोर्ट्स इलुस्ट्रेटेड
    • १० महिला कुस्ती खेलाडी मध्ये शीर्ष ६ मा पर्न सफल (सन् २०१८)[८५]
  • डब्ल्युडब्ल्युई
    • डब्ल्युडब्ल्युई महिला विजेता (३ पटक)[८६]
    • डब्ल्युडब्ल्युई स्म्याकडाउन महिला विजेता (२ पटक)[८७]
    • डब्ल्युडब्ल्युई महिला ट्याग टिम विजेता (१ पटक) - निकी क्रससँग
    • मनी इन द बेङ्क विजेता (सन् २०१८)[८८]
    • इलिमिनेस चेम्बर विजेता (सन् २०१८)
    • दोस्रो महिला ट्रिपल क्राउन विजेता[८९][९०][९१]

सन्दर्भहरू सम्पादन गर्नुहोस्

  1. "WWE star Alexa Bliss not afraid to speak her mind | Ottawa Sun", नोभेम्बर २१, २०१६। 
  2. "Through adversity came Bliss for WrestleMania 35 host | Toronto Sun", अप्रिल ६, २०१९। 
  3. "New Head Coach and Assistant Head Coach named for NXT, WWE's developmental system", डब्ल्युडब्ल्युई, अन्तिम पहुँच फेब्रुअरी २३, २०१७ 
  4. "WWE NXT Live", cagematch.net, अन्तिम पहुँच फेब्रुअरी २३, २०१७ 
  5. Caldwell, James (जुलाई २१, २०१३), "WWE News: NXT spoilers summer episodes – first NXT Women's champ, Flair, more, plus NXT TV in the U.S.?", Pro Wrestling Torch, अन्तिम पहुँच जुलाई २१, २०१३ 
  6. "Meet Alexa Bliss and Veronica Lane: NXT Divas Debut New Names", Diva Dirt, अगस्ट २७, २०१३, अन्तिम पहुँच अक्टोबर २९, २०१४ 
  7. "Alexa Bliss Added to WWE.com's NXT Roster", Diva Dirt, अन्तिम पहुँच अक्टोबर २९, २०१४ 
  8. James, Justin, "JAMES'S WWE NXT REPORT 11/20 – Week 73: Bo Dallas returns, Beat the Clock Challenge ensues, Ohno/Hero wrestles prior to his release, Overall Reax", PWTorch, अन्तिम पहुँच फेब्रुअरी १, २०१४ 
  9. Namako, Jason, "WWE NXT Results – 11/21/13 (Beat the Clock Challenge)", wrestleview.com, अन्तिम पहुँच अक्टोबर २७, २०१४ 
  10. "WRESTLEMANIA 30 PPV RESULTS (Hour 1): Complete "virtual-time" coverage of Bryan vs. Hunter, Hogan & Austin & Rock open PPV", Pro Wrestling Torch, अप्रिल ६, २०१४, अन्तिम पहुँच जनवरी ३१, २०१५ 
  11. Johnon, Mike, "LIVE NOTES FROM WRESTLEMANIA 30", pwinsider.com, अन्तिम पहुँच अक्टोबर २८, २०१४ 
  12. Namako, Jason, "SPOILERS: WWE NXT TV Tapings (5/1 to 5/22)", Wrestleview, अन्तिम पहुँच अप्रिल २४, २०१४ 
  13. Trionfo, Richard, "WWE NXT REPORT: KALISTO DEBUTS; WOMEN'S TITLE TOURNAMENT CONTINUES; WHO IS THE NUMBER ONE CONTENDER FOR THE NXT CHAMPIONSHIP?", PWInsider, अन्तिम पहुँच मे ९, २०१४ 
  14. Trifono, Richard, "ONGOING WWE NXT REPORT: A CHALLENGE FOR THE TAG CHAMPIONS?; ONE FINALIST SET FOR THE WOMEN'S TITLE AT TAKEOVER; BO GIVEN A DO OR DIE SITUATION", PWINSIDER, अन्तिम पहुँच मे १६, २०१४ 
  15. James, Justin (मार्च ११, २०१५), "JAMES'S WWE NXT REPORT 3/11 – Week 143: Riley returns to the ring, Owens taunts A-Ri, Itami vs. Breeze main event; Overall Reax", Pro Wrestling Torch, अन्तिम पहुँच मार्च १२, २०१५ 
  16. James, Justin (मार्च १८, २०१५), "JAMES'S WWE NXT REPORT 3/18 – Week 144: NXT on the road at the Arnold Classic, Steen vs. Alex Riley, Women's champion loses, title matches set up; Overall Reax", Pro Wrestling Torch, अन्तिम पहुँच मार्च १९, २०१५ 
  17. James, Justin (मे १३, २०१५), "JAMES'S WWE NXT REPORT 5/13 – Week 161: Owens-Zayn final confrontation before Takeover, Itami & Balor vs. Breeze & Rose main event, Women's champ, more", Pro Wrestling Torch, अन्तिम पहुँच मे १४, २०१५ 
  18. Trionfo, Richard (मे २०, २०१५), "LIVE ONGOING WWE NXT TAKEOVER UNSTOPPABLE REPORT: BAYLEY AND CHARLOTTE VERSUS DANA BROOKE AND EMMA", PWInsider, अन्तिम पहुँच मे २०, २०१५ 
  19. Melok, Bobby (जुलाई २९, २०१५), "WWE NXT results – July 29, 2015: Vaudevillains' championship dreams dashed by Alexa Bliss, Kevin Owens goes on rampage", डब्ल्युडब्ल्युई, अन्तिम पहुँच अगस्ट ३, २०१५ 
  20. Scherer, Dave (अगस्ट २२, २०१५), "Ongoing NXT TakeOver: Brooklyn Blog", PWInsider, अन्तिम पहुँच अगस्ट २२, २०१५ 
  21. James, Justin (सेप्टेम्बर २, २०१५), "JAMES'S WWE NXT REPORT 9/2 – Week 178: Dusty Rhodes Tag Tournament kicks off, Gargano & Ciampa debut on NXT, Joe & Balor form team, more; Overall Reax", Pro Wrestling Torch, अन्तिम पहुँच सेप्टेम्बर ३, २०१५ 
  22. Trionfo, Richard (अक्टोबर १४, २०१५), "WWE NXT REPORT: NUMBER ONE CONTENDERS FOR ALL TITLES ESTABLISHED, NIA JAX DEBUTS, AND BAYLEY TALKS ABOUT THE IRON MAN MATCH", PWInsider, अन्तिम पहुँच अक्टोबर १४, २०१५ 
  23. Justin James (अक्टोबर २१, २०१५), "10/21 WWE NXT: James Storm ... Samoa Joe ... Rhyno on a WWE show?", रेस्लिङ अब्जर्भर न्युनलेटर, अन्तिम पहुँच अक्टोबर २१, २०१५ 
  24. Trionfo, Richard (नोभेम्बर १८, २०१५), "WWE NXT REPORT: WOMEN'S TITLE MATCH, A LOT OF STUFF FOR NEXT WEEK, TAG CHAMPS IN ACTION, THE PLAN IS AFOOT, AND MORE", PWInsider, अन्तिम पहुँच नोभेम्बर १८, २०१५ 
  25. James, Justin (जनवरी १३, २०१६), "1/13 WWE NXT – Women's No. 1 contender Battle Royal, NXT Title drama, more", Pro Wrestling Torch, अन्तिम पहुँच जनवरी १४, २०१६ 
  26. James, Justin (मे १८, २०१६), "5/18 WWE NXT Results – James's Report on Bayley vs. Jax main event, Aries picks Nakamura as tag partner, Ciampa & Gargano", Pro Wrestling Torch, अन्तिम पहुँच मे २०, २०१६ 
  27. Richard, Trionfo (मे २५, २०१६), "WWE NXT REPORT: MORE MATCHES FOR TAKEOVER, VIDEO PACKAGES FOR THE CAGE MATCH, AND A NEW TAG TEAM DEBUTS", PWInsider, अन्तिम पहुँच मे २६, २०१६ 
  28. Richard, Trionfo (अगस्ट १७, २०१६), "WWE NXT REPORT: WHAT COULD GO WRONG WITH OPPONENTS IN THE SAME ROOM?, ITAMI IN ACTION, SIX WOMAN TAG MATCH WITH SOME DEBUTS, A LOOK AT TAKEOVER, AND MORE", PWInsider, अन्तिम पहुँच अगस्ट १८, २०१६ 
  29. Richard, Trionfo (जुलाई १९, २०१६), "COMPLETE SMACKDOWN DRAFT REPORT: WHO WENT WHERE?, WHICH NXT WRESTLERS GOT PROMOTED?, WHO IS THE WWE CHAMPION GOING INTO BATTLEGROUND, AND MORE", PWInsider, अन्तिम पहुँच जुलाई २७, २०१६ 
  30. "2016 WWE Draft results: WWE officially ushers in New Era", WWE, जुलाई १९, २०१६, अन्तिम पहुँच जुलाई २१, २०१६ 
  31. Richard, Trionfo (जुलाई २६, २०१६), "WWE SMACKDOWN REPORT: AMBROSE'S OPPONENT IS DETERMINED, A NEW FACE ON SMACKDOWN, SAY HELLO TO THE WOMEN'S DIVISION, A BATTLE ROYAL, AND MORE", PWInsider, अन्तिम पहुँच जुलाई २७, २०१६ 
  32. Richard, Trionfo (अगस्ट ९, २०१६), "WWE SMACKDOWN REPORT: DID EVA MARIE WRESTLE?, OPPONENTS ARE TAG TEAM PARTNERS, IS HEATH SLATER EMPLOYED?, AND MORE", PWInsider, अन्तिम पहुँच अगस्ट १३, २०१६ 
  33. Richard, Trionfo (अगस्ट १६, २०१६), "WWE SMACKDOWN REPORT: DID EVA MARIE FINALLY WRESTLE?, ZIGGLER SENDS A MESSAGE TO DEAN AMBROSE, TAG TEAMS COLLIDE, WHAT ABOUT THE WYATTS?, DID HEATH SLATER DO ANYTHING?", PWInsider, अन्तिम पहुँच अगस्ट २०, २०१६ 
  34. Richard, Trionfo (अगस्ट २१, २०१६), "COMPLETE WWE SUMMERSLAM REPORT: WE HAVE A UNIVERSAL CHAMPION, STYLES VS. CENA, BANKS VS. CHARLOTTE, AMBROSE VS. ZIGGLER & MUCH MORE", PWInsider, अन्तिम पहुँच अगस्ट २३, २०१६ 
  35. Caldwell, James (सेप्टेम्बर ११, २०१६), "9/11 WWE Backlash Results – CALDWELL'S Ongoing PPV Report", Pro Wrestling Torch, अन्तिम पहुँच सेप्टेम्बर ११, २०१६ 
  36. Parks, Greg (सेप्टेम्बर १३, २०१६), "9/13 WWE Smackdown LIVE – Parks's Complete, Real-Time Report", Pro Wrestling Torch, अन्तिम पहुँच सेप्टेम्बर १४, २०१६ 
  37. Taylor, Scott, "Naomi def. Alexa Bliss", डब्ल्युडब्ल्युई, अन्तिम पहुँच अक्टोबर ९, २०१६ 
  38. Parks, Greg (नोभेम्बर ८, २०१६), "11/8 WWE Smackdown LIVE – Parks's Ongoing, Real-Time Report", Pro Wrestling Torch, अन्तिम पहुँच नोभेम्बर ८, २०१६ 
  39. Martin, Adam (नोभेम्बर २०, २०१६), "WWE Survivor Series Results – 11/20/16 (Live from Toronto, Brock Lesnar vs. Goldberg, RAW vs. Smackdown Live)", रेसलभ्यु, अन्तिम पहुँच नोभेम्बर २०, २०१६ 
  40. Wortman, James (डिसेम्बर ४, २०१६), "Alexa Bliss def. SmackDown Women's Champion Becky Lynch (Tables Match)", डब्ल्युडब्ल्युई, अन्तिम पहुँच डिसेम्बर ४, २०१६ 
  41. Parks, Greg (जनवरी १७, २०१७), "1/17 WWE Smackdown LIVE – Parks's Complete, Real-Time Report, including Alexa Bliss vs. Becky Lynch for the Smackdown Women's Title in a Steel Cage", Pro Wrestling Torch, अन्तिम पहुँच जनवरी १७, २०१७ 
  42. ४२.० ४२.१ Adkins, Greg, "Naomi def. Alexa Bliss (SmackDown Women's Championship)", डब्ल्युडब्ल्युई, अन्तिम पहुँच फेब्रुअरी १२, २०१७ 
  43. Keller, Wade, "KELLER'S WWE SMACKDOWN REPORT 2/21: Results of Battle Royal to determine a new no. 1 contender for WWE Championship at WrestleMania", Pro Wrestling Torch, अन्तिम पहुँच फेब्रुअरी २१, २०१७ 
  44. "WWE Smackdown: Alexa Bliss and Mickie James face off in a non-title clash", स्काई स्पोर्ट्स, अन्तिम पहुँच मार्च २२, २०१७ 
  45. Firovanti, Tim and Wilansky, Matt (अप्रिल ३, २०१७), "WrestleMania 33 results, recaps and ratings", इएसपिएन, अन्तिम पहुँच अप्रिल ९, २०१७ 
  46. "SmackDown LIVE: April 4, 2017", डब्ल्युडब्ल्युई, अप्रिल ४, २०१७, अन्तिम पहुँच अप्रिल ९, २०१७ 
  47. "WWE's Alexa Bliss opens up on her move to Raw and who she'll miss from SmackDown – Fox Sports", अन्तिम पहुँच मे २, २०१७ 
  48. Richard Trionfo (अप्रिल १०, २०१७), "WWE RAW REPORT: A BAD NIGHT FOR THE RAW CHAMPION, A LOT OF NEW FACES ON RAW... BUT WHO GOES TO SMACKDOWN TOMORROW?, EIGHT MAN TAG ACTION, BRAUN SHOWS HIS OWN FEATS OF STRENGTH, AND MORE", PWInsider, अन्तिम पहुँच अप्रिल १०, २०१७ 
  49. Mike Johnson (अप्रिल १७, २०१७), "NOT EVEN THE RING SURVIVED: COMPLETE RAW COVERAGE", PWInsider, अन्तिम पहुँच अप्रिल १७, २०१७ 
  50. "Alexa Bliss becomes first Superstar to win both Raw and SmackDown Women's Titles", डब्ल्युडब्ल्युई, अन्तिम पहुँच अप्रिल ३०, २०१७ 
  51. Powell, Jason (अप्रिल ३०, २०१७), "4/30 Powell's WWE Payback Live Review: Roman Reigns vs. Braun Strowman, Kevin Owens vs. Chris Jericho for the U.S. Championship, Samoa Joe vs. Seth Rollins, Randy Orton vs. Bray Wyatt in a House of Horrors match", Pro Wrestling Dot Net, अन्तिम पहुँच अप्रिल ३०, २०१७ 
  52. Laboon, Jeff, "Raw Women's Champion Alexa Bliss def. Bayley", WWE, अन्तिम पहुँच जुन ४, २०१७ 
  53. "Sasha Banks def. Raw Women's Champion Alexa Bliss via Count-out", डब्ल्युडब्ल्युई, अन्तिम पहुँच जुलाई २९, २०१७ 
  54. Trionfo, Richard (अगस्ट २८, २०१७), "WWE RAW REPORT: THE STREAK CONTINUES?, WHO FACES MIZ NEXT WEEK?, CENA AND REIGNS SIGN A CONTRACT, BROCK SPEAKS, AND MORE", PWInsider, अन्तिम पहुँच अगस्ट २८, २०१७ 
  55. "Bayley gives an update on her condition heading into No Mercy", WWE, अन्तिम पहुँच सेप्टेम्बर ३०, २०१७ 
  56. "Photos: Mickie and Little Miss Bliss come to blows after tense confrontation", अन्तिम पहुँच डिसेम्बर १७, २०१७ 
  57. Powell, Jason (अक्टोबर २२, २०१७), "Powell's WWE TLC 2017 live review: Kurt Angle, Dean Ambrose, and Seth Rollins vs. Braun Strowman, Kane, The Miz, Sheamus, and Cesaro in a TLC match, AJ Styles vs. Finn Balor, Asuka debuts, Alexa Bliss vs. Mickie James for the Raw Women's Championship", Pro Wrestling Dot Net, अन्तिम पहुँच अक्टोबर २२, २०१७ 
  58. Keller, Wade (अक्टोबर ३०, २०१७), "KELLER'S WWE RAW REPORT 10/30: Follow-up to Under Siege, Survivor Series developments continue", Pro Wrestling Torch, अन्तिम पहुँच जुन २८, २०१८ 
  59. Powell, Jason, "WWE Elimination Chamber 2018 live review: Men's and Women's Elimination Chamber matches, Ronda Rousey contract signing, Asuka vs. Nia Jax, Matt Hardy vs. Bray Wyatt, Sheamus and Cesaro vs. Titus O'Neil and Apollo for the Raw Tag Titles", Pro Wrestling Dot Net, अन्तिम पहुँच फेब्रुअरी २५, २०१८ 
  60. "Raw Women's Champion Alexa Bliss won the first-ever Women's Elimination Chamber Match", डब्ल्युडब्ल्युई, अन्तिम पहुँच मार्च ८, २०१८ 
  61. "WWE supports 12 charities with new Facebook Watch show: WWE Mixed Match Challenge", डब्ल्युडब्ल्युई, अन्तिम पहुँच जनवरी १२, २०१८ 
  62. "Braun Strowman & Alexa Bliss def. Sami Zayn & Becky Lynch", डब्ल्युडब्ल्युई, जनवरी ३०, २०१८, अन्तिम पहुँच मार्च ८, २०१८ 
  63. "Braun Strowman & Alexa Bliss def. Jimmy Uso & Naomi", डब्ल्युडब्ल्युई, मार्च ६, २०१८, अन्तिम पहुँच मार्च ८, २०१८ 
  64. "WWE Mixed Match Challenge results: Team "Awe-ska" send Team "Little Big" packing, while "The Boss Club" get a second life", डब्ल्युडब्ल्युई, मार्च २०, २०१८, अन्तिम पहुँच मार्च २२, २०१८ 
  65. Powell, Jason (अप्रिल ८, २०१८), "Powell's WrestleMania 34 live review: AJ Styles vs. Shinsuke Nakamura for the WWE Championship, Brock Lesnar vs. Roman Reigns for the WWE Universal Championship, Charlotte Flair vs. Asuka for the Smackdown Women's Championship, Ronda Rousey and Kurt Angle vs. Triple H and Stephanie McMahon", Pro Wreslting Dot Net, अन्तिम पहुँच अप्रिल ८, २०१८ 
  66. "Alexa Bliss suffers shoulder injury at WWE Backlash", WWE, अन्तिम पहुँच मे ७, २०१८ 
  67. Richard Trionfo (मे १४, २०१८), "WWE RAW REPORT: TWO MORE MEN AND ONE MORE WOMAN IN THE MITB LADDER MATCH, NIA HAS HER OPPONENT, ROMAN AND JINDER, AND MORE", PWInsider, अन्तिम पहुँच मे १४, २०१८ 
  68. Mike Johnson (जुन १७, २०१८), "A GREAT SHOW, A SURPRISE TITLE CHANGE, A RETURN & MORE: COMPLETE WWE MONEY IN THE BANK COVERAGE", PWInsider, अन्तिम पहुँच जुन १७, २०१८ 
  69. "Alexa Bliss retains title in first-ever WWE Women's Extreme Rules match", जुलाई १६, २०१८। 
  70. Burdick, Michael (जुलाई १६, २०१८), "Raw Women's Champion Alexa Bliss vs. Ronda Rousey", WWE, अन्तिम पहुँच अगस्ट ९, २०१८ 
  71. Mike Johnson (सेप्टेम्बर १६, २०१८), "COMPLETE WWE HELL IN A CELL PPV COVERAGE INCLUDING TITLE CHANGES, A SURPRISE RETURN, TWO HELL IN A CELL BOUTS AND MORE", PWInsider, अन्तिम पहुँच सेप्टेम्बर १६, २०१८ 
  72. Trionfo, Richard (जुन ४, २०१९), "WWE SMACKDOWN REPORT: GOLDBERG, VIDEO PACKAGES, A NUMBER ONE CONTENDER MATCH, AND MORE", PWInsider 
  73. Johnson, Mike (जुन ५, २०१९), "FIRST TWO MAIN EVENTS FOR WWE STOMPING GROUND OFFICIALLY ANNOUNCED", PWInsider 
  74. Trionfo, Richard (जुन १०, २०१९), "WWE RAW REPORT: TAG TITLE MATCH, ALL WOMEN'S CHAMPIONS IN ACTION, A SHANE-A-BRATION, AND MORE", PWInsider 
  75. Trionfo, Richard (जुन ११, २०१९), "WWE SMACKDOWN REPORT: SHANE IS ON A LOT, NEW DAY RETURNS, ALEXA CONTINUES TO MANIPULATE NIKKI, AND MORE", PWInsider 
  76. Powell, Jason (जुन २३, २०१९), "WWE Stomping Grounds results: Powell's live review of Seth Rollins vs. Baron Corbin with a special referee for the WWE Universal Championship, Kofi Kingston vs. Dolph Ziggler in a cage match for the WWE Championship, Becky Lynch vs. Lacey Evans for the Raw Women's Title, Samoa Joe vs. Ricochet the U.S. Championship", Pro Wrestling Dot Net, अन्तिम पहुँच जुन २३, २०१९ 
  77. Trionfo, Richard (मे २०, २०१९), "WWE RAW REPORT: A NEW TITLE, DID BROCK CASH IN?, ALEXA AND NIKKI ARE STILL FRIENDS, AND MORE", PWInsider 
  78. Benigno, Anthony, "WWE Women's Tag Team Champions The IIconics def. Alexa Bliss & Nikki Cross", WWE, अन्तिम पहुँच जुलाई ५, २०१९ 
  79. Powell, Jason (जुलाई १४, २०१९), "WWE Extreme Rules results: Powell's live review of Seth Rollins and Becky Lynch vs. Baron Corbin and Lacey Evans in an Extreme Rules match for the WWE Universal Championship and the Raw Women's Championship, Kofi Kingston vs. Samoa Joe for the WWE Championship", Pro Wreslting Dot Net, अन्तिम पहुँच जुलाई १४, २०१९ 
  80. "Alexa Bliss And Nikki Cross Win Women's Tag Team Titles", अन्तिम पहुँच अगस्ट ५, २०१९ 
  81. Powell, Jason (सेप्टेम्बर १५, २०१९), "WWE Clash of Champions results: Powell's live review of Seth Rollins vs. Braun Strowman for the WWE Universal Championship, Kofi Kingston vs. Randy Orton for the WWE Championship, Becky Lynch vs. Sasha Banks for the Raw Women's Championship", Pro Wrestling Dot Net, अन्तिम पहुँच सेप्टेम्बर १५, २०१९ 
  82. Powell, Jason (अक्टोबर ६, २०१९), "WWE Hell in a Cell results: Powell's live review of Seth Rollins vs. "The Fiend" Bray Wyatt in an HIAC match for the WWE Universal Championship, Becky Lynch vs. Sasha Banks in an HIAC match for the Raw Women's Championship, Bayley vs. Charlotte Flair for the Smackdown Women's Championship", Pro Wrestling Dot Net, अन्तिम पहुँच अक्टोबर ६, २०१९ 
  83. Powell, Jason (अक्टोबर ११, २०१९), "10/11 WWE Friday Night Smackdown results: Powell's review of night one of the WWE Draft, Seth Rollins vs. Roman Reigns to determine which brand picks first, Charlotte Flair vs. Bayley for the Smackdown Women's Championship", Pro Wrestling Dot Net, अन्तिम पहुँच अक्टोबर ११, २०१९ 
  84. Staff, WWE.com (अक्टोबर १५, २०१९), "Alexa Bliss & Nikki Cross traded to Friday Night SmackDown", WWE, अन्तिम पहुँच अक्टोबर १५, २०१९ 
  85. Barrasso, Justin (डिसेम्बर २८, २०१८), "Top 10 Women Wrestlers of 2018", Sports Illustrated, अन्तिम पहुँच फेब्रुअरी ८, २०१९ 
  86. "Raw Women's Championship", WWE 
  87. "SmackDown Women's Championship", WWE 
  88. Benigno, Anthony (जुन १७, २०१८), "Alexa Bliss won the Women's Money in the Bank Ladder Match", WWE, अन्तिम पहुँच जुन १८, २०१८ 
  89. "Alexa Bliss and Nikki Cross crowned new Women's Tag Team Champions on WWE Raw", अगस्ट ६, २०१९। 
  90. "WWE on Instagram: "Little Miss Triple Crown Champion 😈 @alexa_bliss_wwe_"", Instagram, अन्तिम पहुँच मार्च ७, २०२० 
  91. @WWE (अगस्ट १७, २०१९), "Little Miss #TripleCrownChampion @AlexaBliss_WWEpic.twitter.com/3HlLmo0uYx" (ट्विट), अन्तिम पहुँच मार्च ७, २०२०ट्विटरद्वारा। 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्