अपराजिता
अपराजिता, गोकर्णी वा विष्णुक्रान्ता बहुवर्षीय पोथ्रा वर्गमा पर्ने फूल फूल्ने औषधीय गुण भएको वनस्पति हो । यसमा नीलो तथा सेतो गाईका कान आकारका फूल लाग्ने गर्दछ । नीलो फुल्नेमा एकोहोरो पात हुन्छ भने सेतो फुल्नेमा दोहोरो पात हुन्छ । अपराजितामा केराउको जस्तै कोसामा मुसुरोको दाल जस्तै काला गेडा लाग्ने गर्दछ । [१]
अपराजिता | |
---|---|
अपराजिताको बोट | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | |
(श्रेणीविहीन): | फूल फुल्ने वनस्पति (एन्जिओस्पर्म)
|
(श्रेणीविहीन): | |
(श्रेणीविहीन): | |
गण: | |
कुल: | |
वंश: | |
प्रजाति: | C. ternatea
|
वैज्ञानिक नाम | |
Clitoria ternatea L. |
अपराजिताको औषधीय गुणहरू
सम्पादन गर्नुहोस्अपराजितालाई आयुर्वेदमा शीतल, त्रिदोषनाशक, शीतवीर्य, बुद्धिदायक, विरेचक, मुत्रनिस्सारक, कृमीनाशक, विषनिवारक, नेत्ररोगमा हितकारी, क्षयरोगजन्य गन्थीहरूमा गुणकारी, पेट सुन्निनेमा लाभकारीको रूपमा वर्णन गरिएको छ । अपराजिताको बोटको सबै भागहरू उतिकै गुणकारी भएको मानिन्छन । यसले अण्डवृद्धि, गलगाँड, गाँठा-गिर्खा, जन्डिस, गर्भपात, जलोदर तथा पुरानो खोकीमा लाभ पुर्याउँछ । उपचारका लागि सर्वाङ्ग वा बीउको धूलो एक चम्चा खाना खानुअघि मनतातो पानीसँग खान सकिन्छ । ताजा तथा सुकेको टुक्रा चुस्न पनि सकिन्छ ।[१] यसको जरा तितो हुन्छ । कब्जियत, पिसाब रोकिएको, पेटभित्र अस्वभाविक तवरले पानी जमेको (Ascites) र ज्वरोमा यसको जराको सेवन गरिन्छ । कान दुखेको, कलेजोको रोग, चर्केको फुटेको (Eruptions)मा यसको पात उपयोगी मानिन्छ । दीर्घ खालको ब्रोङकाइटिसमा कफ निकाल्न यसको जराको रस खाइन्छ । कब्जियत र Viscera मा कुनै रोग लागेमा यसको बीउ उपयोगी मानिन्छ । सर्पले टोकेकोमा यसको विरुवा उपयोगी मानिन्छ । [२]
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ १.० १.१ योगी, धर्म महारस (२०६९), आयुर्वेदिक जडीबुटी विज्ञान, कमलपोखरी: विद्यार्थी प्रकाशन प्रा.लि., पृ: पृष्ठ-३, आइएसबिएन 978-99946-1-630-5।
- ↑ नेपालमा पाइने प्रमुख गैरकाष्ठ वन पैदावार तथा जडीबुटीहरूको औषधीय प्रयोग र महत्त्व, अनिरुद्ध कुमार साह, वनविज्ञान शास्त्री