अग्नि एयर दुर्घटना २०६९ जेठ १

अग्नि एयरको विमान २०६९ जेठ १ मुस्ताङको जोमसोम विमानस्थलनजिकै अवतरण गर्ने क्रममा दुर्घटना भएको छ । दुर्घटनामा १५ जनाको मृत्यु भएको छ भने ६ जनालाई चिन्ताजनक अवस्थामा उद्धार गरिएको छ । पोखराबाट जोमसोमका लागि उडेको अग्नि एयरको नाइन एन एआइजी नम्बरको विमान जोमसोम विमानस्थलनजिकैको पहाडमा ठक्कर खाएर दुर्घटना भएको हो । बिहान ९.५० बजे जोमसोम विमानस्थलमा अवतरण गर्ने क्रममा अग्नि एयरको ९एन एआईजी–डी२२८ (डोरनिएर) विमान दुर्घटना हुँदा क्याप्टेन प्रभूशरण पाठकसहित १५ जनाको मृत्यु भएको थियो ।[२][३] मृत्यु हुनेहरुमध्ये दुई नेपाली र १३ भारतीय नागरिक रहेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार घाइते हुनेहरूमा डेनिस नागरिकद्वय आर एन्ड्रीअस र टी इमिली, दुई भारतीय बालबालिका तिरुमाला किदाम्बी श्रीवद्र्धिनी र तिरुमाला किदाम्बी श्रीपाद तथा विमान परिचारीका रोसनी हाइजु रहेका छन् । मुस्ताङको जोमसोम विमानस्थलमा अवतरण गर्नेक्रममा मार्फा गाविस ५ को डाँडामा दाहिनेतिरको पङ्खाले छोएर अग्नि एयरको डोनियर विमान बिहान ९.५० बजे उक्त दुर्घटना भएको थियो ।

अग्नि एयर दुर्घटना
A Dornier 228 similar to the one involved in the incident
दुर्घटना
मिति१४ मे २०१२ (2012-05-14)
सारांशUnder investigation
स्थलजोमसोम
विमान
विमानको प्रकारDornier Do 228-200
विमानको नाम9N AIG
सञ्चालकAgni Air
दर्ता नम्बर9N-AIG[१]
विमान उडानपोखरा विमानस्थल
गन्तव्यजोमसोम विमानस्थल
यात्रुहरू१८
चालक दल
मृत्यु१५
घाइतेहरू
जोगिन सफल
अग्नि एयर दुर्घटना २०६९ जेठ १ is located in नेपाल
अग्नि एयर दुर्घटना २०६९ जेठ १
दुर्घटना स्थल नेपाल

मृतकहरू: सम्पादन गर्नुहोस्

अग्नि एयर दुर्घटना २०६९ जेठ १ [४]
नाम नागरिकता
क्याप्टेन प्रभूशरण पाठक   नेपाली
सहचालक सुमन डङ्गोल महर्जन   नेपाली
के. चैतन्य   भारतीय
एस.के. अरोरा   भारतीय
एम. होन्डा   भारतीय
एम. के. अरोरा   भारतीय
आर. होन्डा   भारतीय
के.ओ. अरोरा   भारतीय
टी. सचदेव   भारतीय
जी. सचदेव   भारतीय
सानैम सुधर   भारतीय
जी.रमन   भारतीय
कुमार   भारतीय
लथा इचमवादी   भारतीय

दुर्घटनामा तरुनी सचदेव, भारतकी एक १४ वर्षीय कलाकार अनि उनकी आमा को ज्यान गयो।[५]


यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Toh, Mavis (१४ मे २०१२), "Agni Air Dornier 228-200 crashes in Nepal, killing 15", Flight Global, अन्तिम पहुँच १४ मे २०१२ 
  2. "Plane crashes in northern Nepal", BBC News, १४ मे २०१२, अन्तिम पहुँच १४ मे २०१२ 
  3. "Fifteen dead as plane crashes trying to land on mountain airstrip in the Himalayas", Daily Mail, १४ मे २०१२, अन्तिम पहुँच १४ मे २०१२ 
  4. विमान दुर्घटनामा मृतक र घाइतेको पहिचान खुल्यो[dead link]
  5. "Child actor Taruni Sachdev of 'Paa' fame, among Nepal crash victims", India Today, १५ मे २०१२, अन्तिम पहुँच १५ मे २०१२