तरुनी सचदेव

भारतीय बाल अभिनेत्री

तरुनी सचदेव (१४ मे १९९८ – १४ मे २०१२) एक भारतीय बाल कलाकार र मोडल थिइन् । सन् २००४ मा वेल्लिनक्षत्रम नामक चलचित्रबाट आफ्नो अभिनय सुरु गरेकी सचदेव मलयाली दर्शकहरूको माझमा प्रसिद्ध भइन् । त्यही वर्ष उनी सथ्यममा देखिइन् । उनको मृत्यु भएको दुई वर्ष पछि सन् २०१४ मा निकालिएको वेत्री सेल्वन उनको अन्तिम चलचित्र थियो । उनकी आमा र उनको मृत्यु जोमसोम विमानस्थल नजिकै अवतरण हुने क्रममा भएको अग्नि एयर दुर्घटनामा भएको थियो ।

तरुनी सचदेव
तरुनी सचदेव
जन्म(१९९८-०५-१४)१४ मे १९९८
मुम्बई, भारत
मृत्यु१४ मे २०१२(2012-05-14) (उमेर १३)
जोमसोम, नेपाल
मृत्युको कारणअग्नि एयर विमान दुर्घटना
पेशामोडल, अभिनेत्री
कार्यकालसन् २००३ – सन् २०१२

व्यक्तिगत जीवन सम्पादन गर्नुहोस्

तरुनी सचदेवको जन्म उद्योगपति हरेश सचदेव र गीता सचदेवको छोरीको रूपमा १४ मे १९९८ मा भारतको मुम्बईमा भएको थियो ।[१][२][३] उनले बाइ अवबाइ फ्रामजी पेटिट गर्ल्स हाई स्कूलमा कक्षा ९ उत्तीर्ण गरिन् ।[३]

कार्य जीवन सम्पादन गर्नुहोस्

नायिका बन्ने सपना देखेकी तरुनी सचदेवले सन् २००४ मा विनायनको वेल्लिनक्षत्रमबाट आफ्नो अभिनयको सुरुवात गरेकी थिइन् ।[३] यस चलचित्रले गर्दा मलयाली चलचित्र जगतमा सचदेवको नाम चल्यो ।[४] त्यही वर्ष उनी सथ्यम नामक थ्रिलर चलचित्रमा देखिइन् ।[५]

निर्देशक विनायनले सचदेवलाई अमिताभ बच्चनसँग एउटा विज्ञापनमा देखेपछि बच्चनका प्रबन्धकलाई सम्पर्क गरी सचदेवलाई आफ्नो चलचित्रमा अभिनय गर्ने अवसर दिएका थिए ।[४]

हामी उनको प्रस्तुति देखेर अच्चमित थियौँ । त्यो बेला पाँच वर्ष भएपनि उनी दुई-तीन चोटी सुनेर नै मलयालममा बोल्न सक्थिन् । तीब्र गतिमा चलिरहेका प्रोपेलरहरू नजिकै अभिनय गर्न तर्सिने वरिष्ठ कलाकारको अगाडि चलचित्रको चरमोत्कर्षमा उनको तीब्रता म कहिल्यै बिर्सिन सक्दिनँ ।

— विनायन[४]

सन् २००९ मा सचदेवले आर बाल्कीको हास्य नाटक पामा अमिताभ बच्चनकी सहपाठी, सोमीको भूमिका निर्वाह गरिन् ।[६] इन्डिया टूडे अनुसार उक्त चलचित्रमा खेलेपछि उनी प्रसिद्ध भइन् ।[१]

चलचित्रका साथै सचदेव कोलगेट, आईसीआईसीआई बैङ्क, सफोला आयल र केसर बादाम दूध लगायत ५० भन्दा बडी विज्ञापनमा काम गरेकी थिइन् ।[१] करिश्मा कपूरसँग गरेका रसनाका विज्ञापनका लागि प्रख्यात सचदेवलाई "रसना गर्ल" भनेर पनि चिनिन्छ ।[१][७][८] उनले क्या आप पांचवीं पास से तेज हैं ? नामक वास्तविक खेल टेलिभिजन कार्यक्रममा भाग लिएकी थिइन् ।[९]

सन् २०१४ मा निकालिएको वेत्री सेल्वन नामक तमिल चलचित्र उनको अन्तिम प्रस्तुति थियो ।[१०] सचदेवले आधा भन्दा बडी भाग पूरा गरिसकेको यस चलचित्रलाई निर्देशक रुध्रणले उनको स्मृति भनेका छन् ।[११]

मृत्यु सम्पादन गर्नुहोस्

११ मे २०१२ मा एक महिनाको लागि नेपाल भ्रमण गर्नु अघि तरुनीले आफ्ना साथीहरूलाई अँगालो मारी अन्तिम पटक भेट्न लागेको बताएकी थिइन् ।[१२] साथीहरूले प्रश्न गर्दा उनले मजाक गरेको बताइन् ।[१२] यो भन्दा अगाडि तरुनीले बाहिर घुम्न जानु अघि आफ्ना साथीहरूलाई कहिल्यै अँगालो मरेकी थिइनन् ।[१२] १४ मे २०१२ मा जोमसोम विमानस्थल नजिकै अग्नि एयर दुर्घटनामा परी उनकी आमा र उनको मृत्यु भयो ।[१][१२]

विमान चढ्नु भन्दा केही समय अघि उनले विमान दुर्घटना हुन्छ भनी जिस्किँदै आफ्ना साथीलाई माया पठाएकी थिइन् ।[१२] उनकी आमा र उनको पार्थिव शरीर काठमाडौँ हुँदै मुम्बई लगिएको थियो ।[८][१३] १६ मे २०१२ मा मुम्बईमा उनीहरूको दाहसंस्कार गरियो ।[१३][१४][१५]

अभिनय सम्पादन गर्नुहोस्

वर्ष नाम भूमिका भाषा टिप्पणी सन्दर्भ
सन् २००४ वेल्लिनक्षत्रम अम्मुकुट्टी मलयालम [८]
सन् २००४ सथ्यम चिन्नुकुट्टी मलयालम
सन् २००८ क्या आप पांचवीं पास से तेज हैं ? प्रतिस्पर्धी हिन्दी टेलिभिजन कार्यक्रम [९]
सन् २००९ पा सोमी हिन्दी [१६]
सन् २०१४ वेत्री सेल्वन अभी तमिल मरणोत्तर प्रदर्शन [१०]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ १.२ १.३ १.४ "तरुनी सचदेवको १४ औँ जन्मदिनमा मृत्यु", इन्डिया टूडे (नयाँ दिल्ली), १६ मे २०१२, आइएसएसएन 0254-8399, मूलबाट १७ मे २०१२-मा सङ्ग्रहित। 
  2. "दुर्घटनाको सिकारमा बाल कलाकार", द न्यू इन्डियन एक्सप्रेस, १५ मे २०१२, मूलबाट १ मे २०२०-मा सङ्ग्रहित। 
  3. ३.० ३.१ ३.२ दुबे, भारती (१६ मे २०१२), "नेपाल विमान दुर्घटना: रसनाकी तरुनी सचदेवको अभिनेत्री बन्ने सपना", द टाइम्स अफ इन्डिया, मूलबाट १ मे २०२०-मा सङ्ग्रहित। 
  4. ४.० ४.१ ४.२ "तरुनीको मृत्युले चलचित्र उद्योग त्रासित", द हिन्दु, १५ मे २०१२, आइएसएसएन 0971-751X, मूलबाट १ मे २०२०-मा सङ्ग्रहित। 
  5. "अमिताभ बच्चनको सहकर्मीको नेपाल विमान दुर्घटनामा मृत्यु", फर्स्टपोस्ट, १५ मे २०१२, मूलबाट १ मे २०२०-मा सङ्ग्रहित। 
  6. "दुर्घटनामा रसनाकी तरुनी सचदेव", द टेलिग्राफ, कोलकाता, १६ मे २०१२, मूलबाट १ मे २०२०-मा सङ्ग्रहित। 
  7. "तरुनी सचदेवको सम्झनामा", द टाइम्स अफ इन्डिया, १६ मे २०१२, मूलबाट १ मे २०२०-मा सङ्ग्रहित। 
  8. ८.० ८.१ ८.२ "विमान दुर्घटनामा बाल कलाकार तरुनी सचदेव", द हिन्दु, १५ मे २०१२, आइएसएसएन 0971-751X, मूलबाट १ मे २०२०-मा सङ्ग्रहित। 
  9. ९.० ९.१ "बाल कलाकार तरुनी सचदेवको नेपाल विमान दुर्घटनामा मृत्यु", दी इन्डियन एक्सप्रेस, १५ मे २०१२, मूलबाट १ मे २०२०-मा सङ्ग्रहित। 
  10. १०.० १०.१ बलचन्द्रन, लोगेश (१६ जून २०१४), "राधिका आप्टे र अज्मल आमीरको सेटमा झगडा", डेक्कन क्रोनिकल, मूलबाट १ मे २०२०-मा सङ्ग्रहित। 
  11. "स्मृतिको रूपमा तरुनीको अभिनय प्रदर्शन गरिने निर्णय", बिहाइन्ड वूड्स, २१ जून २०१२, मूलबाट १ मे २०२०-मा सङ्ग्रहित। 
  12. १२.० १२.१ १२.२ १२.३ १२.४ "तरुनी नेपाल आउनु अघि आफ्ना साथीहरूलाई विदाई", एनडिटिभी, १७ मे २०१२, मूलबाट १ मे २०२०-मा सङ्ग्रहित। 
  13. १३.० १३.१ "बाल कलाकार तरुनी सचदेवको मुम्बईमा दाहसंस्कार", रेडिफ, १७ मे २०१२, मूलबाट १ मे २०२०-मा सङ्ग्रहित। 
  14. "बाल्की, अड्वानी तरुनीको स्मृतिमा", डेक्कन हेरल्ड, इन्डो-एसियन न्यूज सर्भिस, १७ मे २०१२, मूलबाट १ मे २०२०-मा सङ्ग्रहित। 
  15. वल्थाटी, नेथानियल; फ्ल्यरी, जोहान; रक्षित, प्रतीक (१७ मे २०१२), "नेपाल विमान दुर्घटनामा परेका बाल कलाकारको दाहसंस्कार", द टाइम्स अफ इन्डिया, मूलबाट १ मे २०२०-मा सङ्ग्रहित। 
  16. "बच्चनको सहकर्मीको विमान दुर्घटनामा मृत्यु", बिबिसी न्यूज, १५ मे २०१२, आइएसएसएन 2421-3667, मूलबाट १ मे २०२०-मा सङ्ग्रहित। 

बाह्य सूत्र सम्पादन गर्नुहोस्