अकलकरा पोथ्रा वर्गमा पर्ने औषधीय गुण भएको वनस्पति हो। यो बहुवर्षीय पोथ्रा वर्गमा पर्ने वनस्पति हो। करिब एक फिट अग्लो बोट हुने यो वनस्पतिको ५-७ इन्च लामो जरा हुन्छ। अकलकरामा पहेंलो रंगको गन्धयुक्त फूल फुल्छ।[३]

अकलकरा
अकलकरा '
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
फूल फुल्ने वनस्पति (एन्जिओस्पर्म)
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
वंश:
वंश:
प्रजाति:
A. pyrethrum
वैज्ञानिक नाम
Anacyclus pyrethrum
(L.) Link
पर्याय

Anthemis pyrethrum L.
Anacyclus depressus Ball
Anacyclus freynii Willk.
Anacyclus officinarum Hayne
Sources: E+M,[१] AFPD[२]

औषधीय गुण सम्पादन गर्नुहोस्

अकलकराको जरा बलप्रदायक हुन्छ। यसबाट उड्डयनशील तेल तथा पाइरेथ्रिन पाइन्छ। आयुर्वेदमा यसलाई उत्तेजक, वेदनास्थापना, शोथहर, कृमिघ्न, बल्य, बाजीकरण तथा शुक्र स्तम्भकको रूपमा वर्णन गरिएको पाइन्छ। उपचारको लागि १-२ ग्राम दिनमा दुई-तीन पटक सेवन गर्न सकिन्छ। यसले हृदयगति तीब्र पार्छ र रक्तसञ्चार सहज बनाउँछ।[३]

चित्र दिर्घा सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Botanic Garden and Botanical Museum Berlin-Dahlem, "Details for: Anacyclus pyrethrum", Euro+Med PlantBase, Freie Universität Berlin, अन्तिम पहुँच २००८-०६-१६ 
  2. "Anthemis pyrethrum record n° 135636", African Plants Database, South African National Biodiversity Institute, the Conservatoire et Jardin botaniques de la Ville de Genève and Tela Botanica, अन्तिम पहुँच २००८-०६-१६ 
  3. ३.० ३.१ योगी, धर्म महारस (२०६९), आयुर्वेदिक जडीबुटी विज्ञान, कमलपोखरी: विद्यार्थी प्रकाशन प्रा.लि., पृ: पृष्ठ-४, आइएसबिएन 978-99946-1-630-5