कोपा अमेरिका २०११ दक्षिण अमेरिकी राष्ट्रिय फुटबल टोलीहरूको मुख्य अन्तर्राष्ट्रिय प्रतियोगिता, कोपा अमेरिकाको ४३औँ संस्करण थियो। यस प्रतियोगिताको आयोजना दक्षिण अमेरिकी फुटबल सङ्घले सन् २०११ जुलाई १ देखि जुलाई २४ सम्म अर्जेन्टिनामा गरेको थियो।

२०११ कोपा अमेरिका
Copa América Argentina 2011
चित्र:2011 Copa América logo.svg
प्रतियोगिता विवरण
आयोजक राष्ट्रअर्जेन्टिना
मितिसन् २०११ जुलाई १-२४
टोलीहरू१२(२ सङ्घहरूबाट)
स्थान(हरू)८ (८ आयोजक सहरहरूमा)
अन्तिम स्थान
विजेता उरुग्वे (१५औँ उपाधि)
उप-विजेता पाराग्वे
तेस्रो स्थान पेरू
चौथो स्थान भेनेजुएला
प्रतियोगिता तथ्याङ्क
खेलिएका खेलहरू२६
गोल सङ्ख्या५४ (२.०८ प्रति खेल)
उपस्थिति८८२,६२१ (३३,९४७ प्रति खेल)
शीर्ष गोलकर्ता(हरू)पेरू पाउलो गेरेरो
(५ गोल)
उत्कृष्ट खेलाडी(हरू)उरुग्वे लुइस स्वारेज
उत्कृष्ट युवा खेलाडीउरुग्वे Sebastián Coates
उत्कृष्ट गोलरक्षकपाराग्वे Justo Villar
उत्कृष्ट खेल पुरस्कार उरुग्वे

प्रतियोगिताको फाइनलमा, उरुग्वेले पाराग्वेलाई ३-० ले पराजित गर्दै यो प्रतियोगिताको विजेता बनेको थियो। उरुग्वेको यो किर्तिमानी १५औँ कोपा अमेरिका उपाधि र सन् १९९५ यताकै पहिलो कोपा अमेरिका उपाधि थियो। पाराग्वेले प्रतियोगिताको उपविजेताको नाताले कोपा बोलिभिया पाएको थियो। पाराग्वेले एउटा पनि खेल नजिती फाइनलमा पुगेकाले पाराग्वेको प्रदर्शन सम्झना योग्य थियो। उनीहरूको यो नतिजा पेनाल्टी सुट आउटबाट आएको थियो। यो प्रतियोगिताको साविक विजेता ब्राजिल थियो तर ब्राजिल क्वाटर फाइनलमा पाराग्वेसँग पराजित भयो। पेनाल्टी सुट आउटमा ब्राजिलले कुनै गोल गर्न सकेन। कोपा अमेरिका विजेताको हिसाबले उरुग्वेले ब्राजिलमा आयोजित सन् २०१३ फिफा कन्फेडेरेसन कपमा सहभागी भएको थियो। तेस्रो स्थानको लागि भएको खेलमा पेरुले भेनेजुएलालाई ४-१ ले पराजित गर्दै तेस्रो स्थान हासिल गरेको थियो।

बाह्य कडीहरू सम्पादन गर्नुहोस्