क्रिकेट विश्वकप १९८३ (आधिकारिक रूपमा प्रुडेन्सियल कप) क्रिकेट विश्वकप प्रतियोगिताको तेश्रो क्रिकेट विश्वकप थियो । यो प्रतियोगिता ९ जुन देखि २५ जुन सम्म इङ्ल्यान्डमा भएको थियो जसलाई भारतले जितेको थियो । यो टुर्नामेन्ट प्रुडेन्सियल एसुरेन्स कम्पनीद्वारा प्रायोजित रहेको थियो । यस टुर्नामेन्टमा ८ वटा टिमले भाग लिएको थियो । यो क्रिकेट विश्वकप सुरु देखिनी नाटकीय रहेको थियो । भारत तथा जिम्बाब्वे जस्ता टिम विश्वकप सुरु हुनु भन्दा अघि राम्रो क्रिकेट खेलीरहेका थिएनन् तर उनीहरूले वेस्ट इन्डिज तथा अस्ट्रेलिया जस्तो बलियो टिमहरूलाई हराएर सनसनी फैलाएका थिए ।
म्याच ६० ओभरको खेलाईएको थियो भने खेलाडीले सेतो जर्सी तथा रातो क्रिकेट बलले खेल्ने नियम रहेको थियो । म्याच दिनमा हुने भएकोले खेल छिट्टै सुरु गर्ने गरिन्थ्यो । यस प्रतियोगितामा पनि म्यान अफ द सिरिजको व्यवस्था गरिएको थिएन ।
टुर्नामेन्टमा २ समुहमा टिमलाई छुट्याएको थियो जसमा प्रत्येक टिमले अर्को टिम सँग खेल्नु पर्ने थियो । दुइ उत्कृष्ट टिम सेमीफाइनलको लागि प्रत्येक समुहबाट अगाडि बढ्ने नियम थियो । सेमीफाइनलको बिजेताले फाइनल खेल्न पाउने नियम बनाइएको थियो ।
पहिलो विश्वकप इङ्ल्यान्डको १४ छुट्टा-छुट्टै स्थानमा खेलाईएको थियो । प्रतियोगितामा जम्मा २७ खेल भएको थियो जसमा २ सेमीफाइनल तथा १ फाइनल रहेको थियो । [१]
यस प्रतियोगिताको आयोजक इङ्ल्यान्ड रहेको थियो । आइसीसीले पहिले नै गरेको निर्णय अनुसार आयोजन इङ्ल्यान्डले गरेको थियो किन भने इङ्ल्यान्ड सँग सो समयमा पर्याप्त संसाधन रहेको थियो जसले एउटा सफल आयोजन गर्न सक्थ्यो ।
८ राष्ट्र यस टुर्नामेन्टको लागि सहभागी भएका थिए । जसमा ७ वटा टिमले पूर्ण आइसीसी मान्यता प्राप्त गरेको थियो । (श्रीलंले हालै पूर्ण सदस्य बनाइएको थियो भने जिम्बाब्वेले १९८२ को आइसीसी ट्रफी जितेर सो मान्यता प्राप्त गरेको थियो ।)
१९८३ क्रिकेट विश्वकपको पहिलो सेमीफाइनल खेल इङ्ल्यान्ड तथा भारत बीच खेलिएको थियो भने अर्को सेमीफाइनल खेल पाकिस्तान तथा वेस्ट इन्डिज बीच खेलिएको थियो । पहिलो सेमीफाइनल खेलमा भारतले इङ्ल्यान्डलाई ६ विकेटले हराएको थियो [२] भने अर्को सेमीफाइनलमा वेस्ट इन्डिज ले पाकिस्तानलाई ८ विकेटले हराउदै फाइनलको यात्रा तय गरेको थियो ।[३]
फाइनलमा, भारतले टस हारेर पहिले ब्याटिंग गर्ने निम्तो पायो । वेस्ट इन्डिजसँग त्यस बेला विश्वको सबैभन्दा खतरनाक बलिंग क्षमता रहेको थियो जसले कुनै पनि टिमलाई हैरान गर्न सक्थ्यो । भारतका तर्फबाट कृष्णमाचारी श्रीकान्तले ३८ रन (५७ बल) र मोहिंदर अमरनाथ २६ रन (८० बल) बनाउन सफल रहे । यिनिहरुद्वारा बनाइएको योगको आधारमा भारतले अन्तत: १८३ रन बनाउन सफल रहयो । भारत सस्तैमा आउट भएपछि भारतीय कप्तान कपिलदेवले भनेका थिए यो टिमले बनाएको रन यदि जितको लागि पर्याप्त छैन भने पक्कै पनि यो एउटा जितको बचाव गर्न सकिने रन हो जुन पछि गएर एउटा प्रसिद्ध उदघरण बन्न पुग्यो । भारतीय इनिंगमा जम्मा ३ छक्का प्रहार भयो जसमा एउटा श्रीकान्त, अर्को सन्दिप पाटिल र मदन लालले प्रहार गरेका थिए ।
भारतले जवाफी बलिंग गर्दा पिच तथा वातावरणको फायदा उठाउदै त्यस समयको बलियो वेस्ट इन्डिजलाई ५२ ओभरमा १४० रनमै सिमित गरेपछि भारतको लागि जित एतिहासिक तथा अबिश्वशनीय बन्न पुग्यो । भारतको तर्फबाट अमरनाथ र मदन लाल ३-३ विकेट लिएपछि वेस्ट इन्डिज सस्तैमा आउट भएको थियो । अमरनाथलाई म्यान अफ द म्याच उपाधि प्रदान गरिएको थियो । [४] सन् १९८३ को विश्वकपमा पनि म्यान अफ द सिरिज को ब्यबस्था थिएन ।