१९७९ क्रिकेट विश्वकप
क्रिकेट विश्वकप १९७९ (आधिकारिक रूपमा प्रुडेन्सियल कप) क्रिकेट विश्वकप प्रतियोगिताको दोश्रो क्रिकेट विश्वकप थियो । यो प्रतियोगिता ९ जुन देखि २१ जुन सम्म इङ्ल्यान्डमा भएको थियो । यो टुर्नामेन्ट प्रुडेन्सियल एसुरेन्स कम्पनीद्वारा प्रायोजित रहेको थियो । यस टुर्नामेन्टमा ८ वटा टिमले भाग लिएको थियो । यो १९७५ क्रिकेट विश्वकपकै अनुसार खेलाईएको थियो ।
१९७९ प्रुडेन्सियल कप | |
---|---|
मिति | ९ जुन – २३ जुन |
प्रशासक(हरू) | अन्तर्राष्ट्रिय क्रिकेट परिषद |
क्रिकेटको प्रकार | एकदिवसीय अन्तर्राष्ट्रिय |
प्रतियोगिता प्रकार | राउण्ड रोबिन टुर्नामेन्ट तथा नक् आउट |
आयोजक(हरू) | इङ्ल्यान्ड |
विजेता | वेस्ट इन्डिज (२औँ उपाधि) |
सहभागीहरू | ८ |
खेल सङ्ख्या | 15 |
उपस्थिति | १३२,००० (८,८०० प्रत्येक खेलमा) |
अधिक रन | गोर्डन ग्रिनिज (२५३) |
अधिक विकेट | माइक हेनड्रिक (१०) |
म्याच ६० ओभरको खेलाईएको थियो भने खेलाडीले सेतो जर्सी तथा रातो क्रिकेट बलले खेल्ने नियम रहेको थियो । म्याच दिनमा हुने भएकोले खेल छिट्टै सुरु गर्ने गरिन्थ्यो । यस प्रतियोगितामा पनि म्यान अफ द सिरिजको व्यवस्था गरिएको थिएन ।
स्वरूप
सम्पादन गर्नुहोस्टुर्नामेन्टमा २ समुहमा टिमलाई छुट्याएको थियो जसमा प्रत्येक टिमले अर्को टिम सँग खेल्नु पर्ने थियो । दुइ उत्कृष्ट टिम सेमीफाइनलको लागि प्रत्येक समुहबाट अगाडि बढ्ने नियम थियो । सेमीफाइनलको बिजेताले फाइनल खेल्न पाउने नियम बनाइएको थियो ।
पहिलो विश्वकप इङ्ल्यान्डको ७ छुट्टा-छुट्टै स्थानमा खेलाईएको थियो । प्रतियोगितामा जम्मा १५ खेल भएको थियो जसमा २ सेमीफाइनल तथा १ फाइनल रहेको थियो । [१]
सहभागी राष्ट्र
सम्पादन गर्नुहोस्यस प्रतियोगिताको आयोजक इङ्ल्यान्ड रहेको थियो । आइसीसीले पहिले नै गरेको निर्णय अनुसार आयोजन इङ्ल्यान्डले गरेको थियो किन भने इङ्ल्यान्ड सँग सो समयमा पर्याप्त संसाधन रहेको थियो जसले एउटा सफल आयोजन गर्न सक्थ्यो । ८ राष्ट्र यस टुर्नामेन्टको लागि सहभागी भएका थिए । श्रीलङ्का तथा क्यानाडा मात्र यस्तो टिम थियो जसले टेस्ट खेल्ने मान्यता पाएको थिएन ।
|
|
|
स्थान
सम्पादन गर्नुहोस्लन्डन | Lua error in मोड्युल:Location_map/multi at line 27: खुलाइएको स्थान नक्सा परिभाषा भेटिएन: "Module:Location map/data/England" उपलब्ध छैन्. | लन्डन |
---|---|---|
लर्ड्स क्रिकेट ग्राउण्ड | द ओभल | |
क्षमता: ३०,००० | क्षमता: २३,५०० | |
बर्मिङगम | म्यानचेस्टर | |
एजबेस्टन क्रिकेट ग्राउण्ड | ओल्ड ट्रयाफोर्ड क्रिकेट ग्राउण्ड | |
क्षमता: २१,००० | क्षमता: १९,००० | |
नौटिङ्घम | लीड्स | |
ट्रेन्ट ब्रिज | हेडिङ्ले स्टेडियम | |
क्षमता: १५,३५० | क्षमता: १४,००० | |
समुह चरण
सम्पादन गर्नुहोस्समुह A
सम्पादन गर्नुहोस्टिम | अंक | खेलेको | जित | हार | बेनतिजा | रन रेट |
---|---|---|---|---|---|---|
इङ्ल्यान्ड | १२ | ३ | ३ | ० | ० | ३.०७ |
पाकिस्तान | ८ | ३ | २ | १ | ० | ३.६० |
अस्ट्रेलिया | ४ | ३ | १ | २ | ० | ३.१६ |
क्यानडा | ० | ३ | ० | ३ | ० | १.६० |
समुह B
सम्पादन गर्नुहोस्टिम | अंक | खेलेको | जित | हार | बेनतिजा | रन रेट |
---|---|---|---|---|---|---|
वेस्ट इन्डिज | १० | ३ | २ | ० | १ | ३.९३ |
न्युजिल्यान्ड | ८ | ३ | २ | १ | ० | ३.५५ |
श्रीलङ्का | ६ | ३ | १ | १ | १ | ३.५६ |
भारत | ० | ३ | ० | ३ | ० | ३.१३ |
१३ जुन १९७९
|
v
|
नक् आउट चरण
सम्पादन गर्नुहोस्सेमिफाइनलहरू | फाइनल | ||||||
२० जुन - ओल्ड ट्रयाफोर्ड, म्यानचेस्टर | |||||||
इङ्ल्यान्ड | २२१/८ | ||||||
न्युजिल्यान्ड | २१२/९ | ||||||
२३ जुन - लर्ड्स, लन्डन | |||||||
इङ्ल्यान्ड | १९४ | ||||||
वेस्ट इन्डिज | २८६/९ | ||||||
२० जुन - द ओभल, लन्डन | |||||||
वेस्ट इन्डिज | २९३/६ | ||||||
पाकिस्तान | २५० |
सेमी-फाइनल
सम्पादन गर्नुहोस्१९७९ क्रिकेट विश्वकपको पहिलो सेमीफाइनल खेल वेस्ट इन्डिज तथा पाकिस्तान बीच खेलिएको थियो भने अर्को सेमीफाइनल खेल इङ्ल्यान्ड तथा न्युजिल्यान्ड बीच खेलिएको थियो । पहिलो सेमीफाइनल खेलमा वेस्ट इन्डिजले पाकिस्तानलाई ४३ रनले हराएको थियो भने अर्को सेमीफाइनलमा इङ्ल्यान्ड ले न्युजिल्यान्डलाई ९ रनले हराउदै फाइनलको यात्रा तय गरेको थियो ।
फाइनल
सम्पादन गर्नुहोस्फाइनलमा वेस्ट इन्डिजले इङ्ल्यान्डलाई ९२ रनले हराएको थियो । इङ्ल्यान्डले टस जितेर पहिले बलिंग गर्ने निर्णय गरेको थियो । वेस्ट इन्डिजको पहिलो ४ विकेट ९९ रनमा नै झरेको थियो तर भिभियन रिचर्डसले तुफानी १३८ रन (१५७ बल) र कोल्लिस किङ्गले ८६ रन (६६ बल) बनाए पछि वेस्ट इन्डिजले सम्मानजनक २३८/५ (६० ओभर) बनाएको थियो ।
इङ्ल्यान्डले जवाफमा राम्रो सुरुवात गरेपनि उसको प्रारम्भिक ब्याट्सम्यान माइक ब्रीयरली ६४ रन (१३० बल) तथा ज्योफ बोयकट ५७ रन (१०५ बल) ले गतिहीन सुरुवात दिए । उनीहरूले पहिलो विकेटको लागि १२९ रन बनाए तर त्यसको लागि ३८ ओभर खाए । ओभरको कमीले गर्दा इङ्ल्यान्डको अन्य ब्याट्सम्यान दवाबमा आफ्नो विकेट बचाउन सकेनन र अन्तत: १९४ रनमा अल आउट भए ।वेस्ट इन्डिजका धुवांधार ब्याट्सम्यान भिभियन रिचर्डसलाई म्यान अफ द म्याच प्रदान गरियो ।
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ 15 matches were played in 1979 Cricket World Cup ESPN cricinfo