ॐ को प्रयोग अवेस्ता मज्दा मा निस्चित रुपमा थिओ
(ॐकारबाट अनुप्रेषित)
 
ॐकारको चित्र

हुन त, ब्रह्मको कुनै नाम छैन तर पछि मानिसहरूले त्यसलाई जुन नाम दिने प्रयास गरे त्यसमा सबैभन्दा उचित यही ॐ हो ।

भर्तृहरिका अनुसार एकाग्रचित्त भइ घोरिएका परमेष्ठि ब्रह्माजीको हृदयाकाशबाट कण्ठ तालु आदि कहीं पनि संघर्ष नभएको एक अत्यन्त विलक्षण अनाहत नाद प्रकट भयो । त्यही अनाहत नादबाट अ, उ, म् यी तीन मात्राहरूले युक्त ओम् प्रकट भयो । यस शक्तिले नै प्रकृति अव्यक्तबाट व्यक्त रूपमा परिणत भयो । ओंकार स्वयं अव्यक्त अनादि हो । परमात्मस्वरुप भएकोले स्वयं प्रकाश हो ।

ओंकार शब्दद्वारा परमात्माका स्वरूपको बोध हुन्छ । श्रवणेन्द्रिय शक्ति लुप्त भएको अवस्थामा पनि ओंकर शब्द भित्र ध्वनित हुन्छ । अ, उ, र म् यी तीन वर्णले सत्व, रज र तम तीन गुण, ऋक्, यजु, साम तीन वेद, भूः, भुवः, स्वः तीन व्याहृति, जाग्रत, स्वप्न, सुषुप्ति तीन वृत्तिको भाव धारण गर्दछन् । ओंकारबाट नै ब्रह्माजीले अ देखि औसम्मका स्वर र क देखि सम्मका व्यंजन, ह्रस्व, दीर्घ आदिले युक्त वर्णमाला बनाए । जसबाट चार वेदहरु प्रकट भए । यसरी सम्पूर्ण वेद ॐको विस्तार मात्र हो ।

माण्डूक्य उपनिषद लगायत अनेक ग्रन्थमा ॐकारको व्याख्या छ । अ, , र म् (अव्, ऊठ्, मन् र गुण) मिलेर ॐ बनेको छ । जसले उत्पत्ति, स्थिति, र लयलाई व्यक्त गर्छ । अकारलाई सृष्टिकर्ता (Generator) ब्रह्माको प्रतीक, उकारलाई संचालक (Operator) विष्णुको प्रतीक तथा मकारलाई संहारकर्ता (Destroyer) शिवको प्रतीक मानिन्छ । त्यसैले अ, उ, म् अलग अलग पनि परमात्माको स्वरुप हो र संयुक्त ओंकार रूपमा परब्रह्म परमात्मा (GOD) को प्रतीक पनि हो । छान्दोग्य उपनिषद् का अनुसार, सम्पूर्ण चराचरजगतको सार पृथ्वी, पृथ्वीको सार जल, जलको सार अन्न, अन्नको सार मानव देह, मानव देहको सार वाणी, वाणीको सार ऋग्वेद, ऋग्ववेदको सार सामवेद र सामवेदको सार उद्गीथ (ॐ) हो ।  

परमात्मा सृष्टि, स्थिति, र प्रलय तीनवटै पनि हो र तीनवटैभन्दा अतीत पनि हो । ऊ भुत, वर्तमान, र भविष्य तीनकाल पनि हो र कालातीत पनि हो । आत्माका तीन भेद विश्व (स्थूलस्वरुप), तेजस (प्रकाशस्वरुप), र प्राज्ञ (चेतनस्वरुप) लाई तीन चरण वा पाउ वा अवस्थाहरु मानिएको छ । आत्मा जाग्रत, स्वप्न, र सुषुप्ति तीनवटै अवस्थाको अनुसन्धानकर्ता र अनुभवकर्ता हुन्छ । यसैकुरालाई माण्डूक्य उपनिषदमा परमात्माको चौथो अवस्था भनी व्याख्या गरिएको छ ।[]

बौद्ध, जैन, सिख सम्प्रदायहरूमा ॐकार

सम्पादन गर्नुहोस्

ॐकार यस्तो शब्द हो जसको कुनै न कुनै रूपमा सबै धर्म सम्प्रदायहरूमा प्रयोग भएको छ । बौद्ध, जैन, सिख लगायत अनेक सम्प्रदायहरूमा यस शब्दलाई अवतार पुरुषहरूले उच्च सम्मान दिएका छन् । गुरु नानकले त इक ओमकार सतिनाम भनेर यसलाई मूल मन्त्रको रूपमा यसको महत्त्व बयान गरेका छन् । यसलाई देवनागरीमा, गुरमुखीमा, तिब्बतीमा, चीनीयां भाषामा, बाली भाषामा सङ्केत लेख्ने गरिन्छ । ॐकार शब्द नभएर चिन्ह हो । स्वस्तिक र ॐकारलाई एक अर्काको पर्यायवाची पवित्र चिन्ह मानिन्छ भने क्रस चिन्ह र स्वस्तिक चिन्हको उत्पत्ति आधार ॐ हो भन्ने खप्तड बाबाको विचार छ ।[] आर्य समाजीहरूले ओ३म् लेख्ने गर्दछन् । जैन धर्ममा ओम् (AAUM) ले अरिहन्त, आश्री, आचार्य, उपाध्याय र मुनिको संयुक्त स्वरूपलाई जनाउंछ । बौद्ध धर्मको विद्यासदाक्षरी मन्त्र ओम् मणि पद्मे हुं लगायत अन्य अनेक महत्त्वपूर्ण मन्त्रहरूमा यसको प्रयोग गरिन्छ ।[]

सृष्टिको अनुकम्पन

सम्पादन गर्नुहोस्

अ, उ, र म लाई पूर्ण शक्ति लगाएर अलग अलग उच्चारण गर्दा नाभि, छाति र सिरमा अलग अलग अनुकम्पन अनुभव गर्न सकिन्छ । तीनवटैको समवेत स्वरलाई नादब्रह्म भनिन्छ । यो मात्र एक यस्तो अनौठो शब्द हो जसलाई उच्चारण गर्दा जिब्रो चलाउनु पर्दैन । जिब्रोल कहीं नछोइ उच्चारण गर्न सकिन्छ । आचार्य रजनीशका अनुसार, सृष्टिको आदि अवस्थाका बारेमा अध्ययन गर्दा वैज्ञानिकहरु त्यसबेलाको कल्पना गर्दछन् जब पृथ्वी एकदम सुनसान थियो । ब्रह्माण्डका तारा र नक्षत्र बाहेक पृथ्वीलाई हेर्ने कोही थिएन । त्यस निरपेक्ष सुनसानमा पृथ्वीमा ध्वनि थियो । यस शब्दको आधार शंखभित्रको त्यस ध्वनिलाई मानिन्छ जसमा समुद्र लहराइरहेको सुनसान निस्तब्ध संसारको झलक पाइन्छ । त्यस भित्र पनि एक प्रकारको ध्वनि पाइन्छ जुन ओंकार नादसँग मिल्छ । प्राचीन शास्त्रहरूमा र वैदिक मन्त्रहरूमा ॐकार महत्त्वपूर्ण मानिएको छ । ओंकारलाई मन्त्रहरूको सेतु भनिएको छ । यो एकाक्षर मन्त्र हो तथा गम्भीर भाव र अर्थले भरिएको छ । परब्रह्मको प्रतीक हुनाले ब्रह्मको स्वरुप हो । प्रतीक भनेको कुनै वस्तु वा पदार्थको चित्र वा प्रतिमा हो । ब्रह्म सामान्य मनुष्यहरूको लक्ष्यमा आउन कठिन छ । त्यसलाई छोटकरीमा लक्ष्य गराउने एकाक्षर मन्त्र ॐ कार हो । यसैलाई बुझाउन स्वस्तिक आदि चिन्हहरूको आविष्कार गरिएका छन् । मन्तव्य वा विचारलाई मन्त्र भनिन्छ । ओंकार नै वास्तविक विचार गर्न योग्य वा बुझ्न योग्य छ । सब मन्त्रहरूमा ओंकारलाई पहिले लगाउनाले अर्थ भाव चमत्कारी हुन्छन् । खप्तडबाबाका अनुसार ओंमय ब्रह्माण्डको अधिष्ठान समेत ॐ हो । ब्रह्माण्डका व्यक्तिहरूको पृथक पृथक भाव भावको अन्तिम गति परब्रह्म हो । त्यसकारण त्यस परब्रह्मको ध्यान गर्दै अन्य मन्त्रहरूको भावार्थ सिद्ध गर्नु पर्छ । यस उच्च आशयद्वारा नै सब मन्त्रहरूको जप गर्नाले ॐकारको जुन आत्मा स्वरुप हो त्यसका संस्कारहरूलाई दृढ गर्दै लैजान्छ । ॐ एकाक्षर मन्त्र भए तापनि वर्णातीत र शब्दातीत भनिन्छ । एकाक्षर मन्त्रको सूक्ष्म अर्थ हो नाश नहुने यस्तो जो एक अद्वितीय ब्रह्म हो । त्यहीनै एकाक्षर ब्रह्म हो ।[]

ॐकारमा चार पाद

सम्पादन गर्नुहोस्

माण्डूक्य आदि उपनिषदहरूले ॐकारमा चार पाद पहिल्याएका छन् । ॐकारको वर्णाकृति जो शास्त्रहरूमा देखिएको छ, त्यसमा पाद वा मात्राहरु को भाव यस प्रकार छ – देब्रेतिरबाट जुन अर्धचन्द्राकार छ, त्यो अकार हो त्यसको तलतिर जो यस्तै नै दोस्रो अर्ध चन्द्राकार जुन प्रथमसँग मिलेको उकार हो र बीचबाट जोडिएको अगाडि जुन किन्दु छ, त्यो मकार स्वरुप हो । अकार सहित उकार हो र बीचबाट जोडिएको अगाडि जुन बिन्दु छ त्यो मकार स्वरुप हो । अकार सहित उकार हो र उकार सहित मकार हो । अकार, उकार, र म कार तीनवटै ध्वनि जोडिंदा ॐकार बन्छ । म को नाके स्वर हुंदै मधुरो हुंदै गएको ध्वनिलाई चौथो पाउ मानिएको छ । जे मा व्यष्टि र समष्टि भ्रान्तिले प्रतीत हुन्छन् त्यही ॐ हो । यसलाई प्रणव पनि भनदछन् । नम्रता साथ जसको स्तुति गरिन्छ जसले अथवा भक्तद्वारा जसको उत्तमता साथ स्तुति गरिन्छ त्यो प्रणव हो । यो ॐ नै हो । ॐ र प्रणवमा थोरै अन्र छ त्यो के हो भने प्रणव ध्यानस्वरुप हो भने ॐ नादस्वरुप हो । वर्ण र शब्द मायाका संज्ञा हुन् । तिनीहरु लक्ष्यको लागि मायामा छन् । तापनि अधिष्ठान स्वरुप मायातीत छन् । नाम नहुने यस्तो एक नै परब्रह्म एकाक्षर ॐ हो ।


सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. ज्ञवाली बाबु राम , वि.सं.२०६७, माण्डूक्य उपनिषद, कालिका अंक २, कालिका भगवती अर्घाखाँची, पृ. २१–२५
  2. खप्तड स्वामी, ,सं. चूडानाथ भट्टराय (वि.सं.२०५१), धर्मविज्ञान, सार संक्षेप, काठमाडौँ: बबी शाह। 
  3. https://en.wikipedia.org/wiki/Om
  4. खप्तड स्वामी, ,सं. चूडानाथ भट्टराय (वि.सं.२०५१), धर्मविज्ञान, सार संक्षेप, काठमाडौँ: बबी शाह। 


यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्
"https://ne.wikipedia.org/w/index.php?title=ૐ&oldid=1149541" बाट अनुप्रेषित