सोह्रखुट्टे
सोह्रखुट्टे ठमेल, स्वयम्भूनाथ र बालाजुको छेउमा अवस्थित काठमाडौँ सहरको पुरानो भागमा रहेको सहरी बस्ती हो। चौबाटोमा सोह्रखुट्टे नामक एउटा पाटी रहेको छ जसलाई करिब २०० वर्षअघि काजी दामोदर पाँडेका सन्तानले निर्माण गरेका थिए। सडक विस्तारका कारण क्षतिग्रस्त यो पाटी वि.सं. २०७२ को भूकम्पले झनै क्षतिग्रस्त भएको थियो।[१] १६ वटा काठका खाँबोको आधारमा यस पाटीको नाम राखिएको हो। ऐतिहासिक रूपमा, यो स्थान बृहत् हिमालय काठमाडौँ-नुवाकोट-केरुङ व्यापारिक मार्गको लागि महत्त्वपूर्ण स्थान थियो।[२][३]
सोह्रखुट्टे | |
---|---|
देश | नेपाल |
जिल्ला | काठमाडौँ |
स्थानीय तह | काठमाडौँ महानगरपालिका |
वडा नं. | १६ |
समय क्षेत्र | +०५:४५ |
सन्दर्भहरू
सम्पादन गर्नुहोस्- ↑ Bajracharya, Srizu, "Bulldozing development- Nepali Times Buzz -Nepali Times", मूलबाट २०२१-०७-११-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-०७-११।
- ↑ "A Tale of Two Paatis", मूलबाट २०२१-०७-११-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-०७-११।
- ↑ "A Tale of Two Paatis", मूलबाट २०२१-०७-११-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-०७-११।