सेल रोटी
सेल रोटी एक नेपाली परम्परागत स्वादिष्ट रोटीको परिकार हो। यो रोटी विशेष गरेर नेपाली समुदायमा दशै तिहारका बेला बढी प्रयोग हुने गर्दछ। नेपाल लगायत भारतका सिक्किम, दार्जिलिङ तथा भुटान मा पनि सेल रोटी प्रचलित रहेको छ।
प्रकार | रोटी |
---|---|
उत्पत्ति स्थान | नेपाल |
सम्बन्धित राष्ट्रिय व्यञ्जन | नेपाल, भारत |
मुख्य सामग्रीहरू | चामलको पिठो, पानी, चिनी, मैदा, दुध, नौनी, आदि |
बनाउने तरिका
सम्पादन गर्नुहोस्यस सेल रोटी छोटकरी भन्नू पर्दा चामलको पिठोबाट बनाउने गरिन्छ। यस सेल रोटि बनाउदा चामलको पिठोमा आवश्यक अनुसार दूध, घ्यूँ, तेल, चिनी, नौनी, सुजी, मैदा तथा अन्य आवश्यक सामाग्रीहरूको मीश्रण गरी आवश्यक पानीमा मुस्ने गरिन्छ। [१]त्यसपछि मुसेर राखिएको गिलो तरल मिश्रति पिठोलाई तातिएको तेल तथा घ्यूमा हालेर पकाइन्छ।
सेल रोटीलाई सामान्य कोठा तापक्रममा २० दिनससम्म भण्डारण गर्न सकिन्छ। सेल्टो रोटी प्रायः घरबाट टाढा रहेका पारिवारिक सदस्यहरूलाई विशेष उपहारको रूपमा वा पूजामा प्रसादको रूपमा प्रयोग हुँदै आइरहेको छ।
-
कराइमा सेल हाल्दै
-
सेल रोटी पोल्दै एक महिला
अवसर
सम्पादन गर्नुहोस्सेल रोटी मुख्य गरी नेपाली समुदायमा दशैं, तिहार जस्ता ठूला चाड पर्वहरूमा प्रयोग गरिन्छ।
सेल रोटी नेपाली समुदायहरूको विशेष खालको एक परिकार हो। यो नेपाली समुदायमा दशै तिहारमा मात्र नभई माघे संक्रान्ति लगायत अन्य साना ठूला सम्पुर्ण खाले पर्वहरूमा प्रयोग हुँदै आइरहेको छ।
सेल रोटी नेपाल लगाएत भारतका दार्जिलिङ, सिक्किम तथा सिलिगुडी जस्ता ठाउँहरूमा पनि प्रसिद्ध रहेको छ ।[२]
दृश्य कुञ्ज
सम्पादन गर्नुहोस्-
नेपाली सेल रोटी
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामाग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "प्रतिलिपी", मूलबाट २०२१-०७-१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१०-२२-०६।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २०११-०७-१४ मिति - ↑ सेल रोटी वेब्याक मेसिन अभिलेखिकरण २०१२-०६-०६ मिति वि अल नेपाली
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्- सेल रोटीसँग सम्बन्धित चित्र तथा श्रव्यदृश्यहरू विकिमिडिया कमन्समा रहेको छ।