सुमित्रा देवी (बङ्गाली: সুমিত্রা দেবী २२ जुलाई १९२३ - २८ अगष्ट १९९०) एक भारतीय अभिनेत्री थिइन् जसले सन् १९४० को दशक देखि सन् १९५० को दशकसम्म भारतीय तथा बङ्गाली चलचित्रमा अभिनय गरेकी थिइन्।[][][] उनी सन् १९५२ को भारतीय चलचित्र ममतामा अभिनय गरेदेखि चर्चामा आएकी थिइन् जसलाई दादा गुञ्जनले निर्देशन गरेका थिए। उनले आफ्नो अभिनय कार्यकाल अन्तर्गत उत्कृष्ट अभिनेत्रीको विधामा दुई बिएफजेए पुरस्कार समेत जित्न सफल भएकी थिइन्। उनी तात्कालिक समयकी सर्वाधिक उत्कृष्ट तथा सुन्दर महिला थिइन् जसलाई अनुभवी कलाकारहरू प्रदीप कुमार र उत्तम कुमारले वर्णन गरेका थिए।[][]

सुमित्रा देवी
সুমিত্রা দেবী
जन्मनिलिमा चटोपाद्याय
(१९२३-०७-२२)२२ जुलाई १९२३[]
पश्चिम बङ्गाल, भारत
मृत्यु२८ अगस्ट १९९०(1990-08-28) (उमेर ६७)
राष्ट्रियताभारतीय
मातृ शिक्षाप्रतिष्ठानदेशबन्धु कन्या उच्च विद्यालय, कलकत्ता
पेशाअभिनेत्री
कार्यकालसन् १९४४-१९६४
उल्लेखनीय कार्य
अभिजोग (सन् १९४७), पथर दवी (सन् १९४७), प्रतिवाद (सन् १९४८), जयजात्र (सन् १९४८), स्वामी (सन् १९४९), देवी चौधुरानी (सन् १९४९), समार (सन् १९५०), देस्वी मोहन (सन् १९५५)
सन्तानबुलबुल[]
पुरस्कारबङ्गाल चलचित्र पत्रकारिता सङ्घ – उत्कृष्ट अभिनेत्री

सुमित्रा देवीको जन्म सन् १९२३ जुलाई २२ का दिन भारतको पश्चिम बङ्गालमा एक धनी ब्राह्मण परिवारमा भएको थियो। बाल्यकालमा उनले तात्कालिक समयमा एकदमै सुन्दरी र अनुभवी अभिनेत्री कनान देवीबाट उनी प्रभावित थिइन् जसका कारण उनलाई अभिनेत्री बन्न हौसला मिल्यो। सन् १९४३ मा उनको प्रतिभा र अन्तरबार्ता लिन बोलाइएको थियो भने उनले पहिलोपटक सन् १९४३ मा हेम चन्दरले निर्देशन गरेको चलचित्र मेरी बहेनमा अभिनय गर्ने मौका पाएकी थिइन्। उक्त चलचित्रको निर्माण गर्ने क्रममा उनलाई अपुर्वा मित्रा द्वरा निर्देशित चलचित्र सन्धिमा प्रमुख अभिनेत्रीको रूपमा खेल्न आव्हान गरिएको थियो भने उक्त चलचित्रबाट उनले चलचित्र क्षेत्रमा पर्दापण गरेकी थिइन् जुन चलचित्र सर्वाधिक लोकप्रिय र अधिक आर्थिक आर्जन गर्न सफल भएको थियो।[] यस चलचित्रका उत्कृष्ट प्रदर्शन गरेका कारण उनले उत्कृष्ट अभिनेत्री विधाका सन् १९४५ को बिएफजेए पुरस्कार जित्न सफल भएकी थिइन्। सन् १९४० को दशकमा उनले आफूलाई चलचित्र क्षेत्रको एक अब्बल र उत्कृष्ट अभिनेत्रीको रूपमा स्थापना गर्न सफल भएकी थिइन्। उनले सन् १९४० को दशकमा हिन्दी भाषामा चलचित्रहरू; भियासतनामा (सन् १९४५), भाइ धोज (सन् १९४७), ओञ्च निच (सन् १९३५) र विजय यात्रा (सन् १९४५) जस्ता चलचित्रहरूमा मुख्य अभिनेताको रूपमा काम गरिकी थिइन्। सुमित्राले दिवाना (सन् १९५२), धुङ्गारो (सन् १९५२), मयुरपङ्ख (सन् १९५४), चोर बजार (सन् १९५४) र जित्ते रहो (सन् १९५६) जस्ता चलचित्रहरूमा पनि काम गरेका कारण प्रशंसित भएकी थिइन्।

उनले आफ्नो आभियन कार्यकाल बङ्गाली भाषाका चलचित्रहरूमा पनि सुरुवात गरेकी थिइन् जहाँ उनले अभिजोग (सन् १९४७), पथर दवी (सन् १९४७), प्रतिवाद (सन् १९४८), जयजात्र (सन् १९४८), स्वामी (सन् १९४९), देवी चौधुरानी (सन् १९४९), समार (सन् १९५०), देस्वी मोहन (सन् १९५५) जस्ता चलचित्रहरूमा काम गरेकी थिइन्। उनले सन् १९५६ को चलचित्र साहेब बिबि गोलममा एक धेरै जग्गा भएको जग्गाधनी जड्याहा श्रीमानको श्रीमतीको भूमिका निर्वाह गरेकी थिइन् जसलाई कार्तिक चटोपाद्यायले निर्देशन गरेका थिए। सन् १९५७ मा निर्माण गरिएको चलचित्र अन्धेरे आलोले राष्ट्रिय पुरस्कार प्राप्त गरेको थियो भने उक्त चलचित्रलाई हरिदास भट्टाचार्यले निर्देशन गरेका थिए। उनले बङ्गाली भाषाका चलचित्रहरू; एकदिन रात्र (सन् १९५६), नालचलिय महाप्रभु (सन् १९५७), जउतकी (सन् १९५८) र किनु गोवार गाली (सन् १९६४) जस्ता चलचित्रहरूमा पनि काम गरेका कारण प्रशंसित भएकी थिइन्।[] सन् १९५० को दशकको सुरुवाती वर्षमा उनी भारतको प्रतिनिधित्व गर्दै चीनमा आयोजना भएको एसियाली चलचित्र पर्वमा पनि सहभागी भएकी थिइन्।

सुमित्रा देवीको जन्म सन् १९२३ जुलाई २२ का दिन भारतको पश्चिम बङ्गालमा एक धनी ब्राह्मण परिवारमा भएको थियो। उनको वास्तविक नाम निलिमा चटोपाद्याय हो। उनका बुवा मुरली चटोपाद्याय एक वकिल थिए।[१०] उनको दाजुको नाम रञ्जित चटोपाद्याय हो। पछि उनलाई विहारको मुजाफ्फरपुरमा ल्याइएको थियोे। भुकम्पमा पनि उनको घरमा क्षति पुगेपछि उनको परिवार पछि मुजाफ्फरपुरबाट कलकत्तामा बसाइँसराइ गरेका थिए।

किशोर अवस्थामा उनले तात्कालिक समयमा एकदमै सुन्दरी र अनुभवी अभिनेत्री कनान देवी र चन्द्राबती देवीबाट अत्याधिक प्रभावित भएकी थिइन् जसका कारण उनलाई अभिनेत्री बन्न हौसला मिल्यो। उनले त्यसपछि एक आवेदन फारम भर्दै र एक तस्वीर खिच्ने व्यक्तिसँग सहकार्य गर्दै चलचित्रको कार्यलयमा आवेदन पेश गरेकी थिइन्।[११] उनले चलचित्रको कार्यलयमा आवेदन पेश गरेको कुरा उनको बुबनले थाहा पाएपछि बुबाले असन्तुष्टि व्यक्त गरेका थिए तर उनले र उनको दाजुले यस कार्यलाई कसैलाई थाहा नदिकन सुटुक्क निरन्तरता दिएका थिए। उक्त पत्रक‍ो उत्तर उनलाई प्राप्त भएपछि उनलाई सन् १९४३ मा उनको प्रतिभा जाँच तथा अन्तरबार्ता लिन बोलाइएको थियो।[१२][१३] उक्त कार्यलयमा उनी उपस्थित भैइसकेपछि उनलाई एक पृष्ठ पढ्न लगाइएको थियो भने उनले आफ्नो स्वर र शैलीले र सुन्दरताले सबैलाई प्रभावित गर्न सफल भएकी थिइन् भने उनले पहिलोपटक सन् १९४३ मा हेम चन्दरले निर्देशन गरेको चलचित्र मेरी बहेनमा (सन् १९४४) सहायक अभिनेत्रीको रूपमा अभिनय गर्ने मौका पाएकी थिइन्।[१४][१५] उक्त चलचित्रको निर्माण गर्ने क्रममा उनलाई अपुर्वा मित्रा द्वरा निर्देशित बङ्गाली भाषाको चलचित्र सन्धिमा प्रमुख अभिनेत्रीको रूपमा खेल्न आव्हान गरिएको थियो भने उक्त चलचित्रबाट उनले चलचित्र क्षेत्रमा पर्दापण गरेकी थिइन् जुन चलचित्र सर्वाधिक लोकप्रिय र अधिक आर्थिक आर्जन गर्न सफल भएको थियो।[१६] सन् १९४४ मा निर्माण भएको चलचित्र सन्धिमा उनले कसरी भूमिका निर्वाह गर्न कुरामा केही अनुमान लगाइएको थियो। आनन्दलोकले लेखेका छन् कि उनले मेरी बहेन नाम चलचित्रबाट आफूलाई चलचित्र क्षेत्रमा स्थापित गर्न सफल भएकी थिइन्। चलचित्रको स्रोत अनुसार सुमित्रा देवीले यस चलचित्रमा देविका बोसलाई उक्त चलचित्रमा अभिनय गर्न आव्हान गरेकी थिइन् भने बोसले उनलाई उनका भतिजा अपुर्वा मित्राको चलचित्रमा अभिनय गर्न निर्णय भएको थियो। उस चलचित्र सार्वजनिक भएपछि उन अत्याधिक चर्चामा आएकी थिइन् भने उनको कला, क्षमता र अभिनय शैलीको सबैले ताली बजाएर प्रशंसा गरेका थिए। बङ्गाली चलचित्र सङ्घले आयोजना गरेको एक पुरस्कार कार्यक्रममा यस चलचित्रमा उत्कृष्ट अभिनय गरेका कारण देवीले उत्कृष्ट अभिनेत्रीको विधामा पुरस्कार जित्न सफल भएकी थिइन्। मेरी बहेन (सन् १९४४) सार्वजनिक भएपछि यसले पनि दर्शकको माया पाएको थियो भने यस चलचित्र तात्कालिक वर्ष सार्वजनिक भएका चलचित्र मध्ये सर्वाधिक आर्जन गर्न चौँथो चलचित्र बन्न सफल भएको थियो। उनले त्यसपछि बङ्गाली भाषाका एक अनुभवी लेखक बामकिम चन्द्र चटोपाद्यायको कृष्णकन्तर विल नामक उपन्यासमा आधारित सुमयन मुखोपाद्याय द्वरा निर्देशित चलचित्र भियसनामा (सन् १९४५) मा अभिनय गरेकी थिइन्। यस चलचित्रमा उनले एक विधवा महिलाको भूमिका निर्वाह गरेकी थिइन् जहाँ उनले पुरुष मुख्य पात्रलाई बहकाएको दृश्य देखाइएको छ भने उनी त्यस पुरुषसँग पोहिला जान्छन् भने उक्त पुरुषले उनको हत्या गर्छ।[१७] यस चलचित्रमा अभिनय गरेपछि उनी झन लोकप्रिय बनेकी थिइन्। यस चलचित्रमा उनले रोहिनिको भूमिका निर्वाह गरेकी थिइन्। सन् १९४७ मा उनले सतिस दासगुप्ता र दिगम्बर चाटोपाद्याय द्वरा निर्देशित चलचित्र पन्थर दवीमा प्रमुख अभिनेत्रीको रूपमा अभिनय गरेकी थिइन्। यस चलचित्र अनुभवी तथा वरिष्ठ बङ्गाली लेखक सरत चन्द्र चाटोपाद्यायको यही नामको उपन्यासमा आधारित छ। यस चलचित्रले पनि अत्याधिक आर्थिक आर्जन गर्न सफल भएको थियो। सन् १९४७ मा उनले पुन मुखर्जीसँग सहकार्य गर्दै सुशील मजुम्दार द्वरा निर्देशित चलचित्र अभिजोगमा (सन् १९४७) अभिनय गरेकी थिइन् भने उक्त चलचित्र पनि सफलता प्राप्त गरेको थियो। उनले सन् १९४८ मा हेमचन्द्र द्वारा निर्देशित चलचित्र ओञ्च नेचमा अभिनय गरेकी थिइन् भने उक्त चलचित्रको बङ्गाली संस्करण प्रतिवाद नाम चलचित्र सार्वजनिक गरिएको थियो। प्रतिवाद नामक चलचित्ले पनि राम्रो आर्जन गरेको थियो। त्यसपछि उनी निरेन लाहिरी द्वारा निर्देशित बहुभाषिक चलचित्र विजय यात्रामा अभिनय गरेकी थिइन् भने त्यस चलचित्रको बङ्गाली संस्करण जययात्रा सार्वजनिक गरिएको थियो। सन् १९४९ मा सतिस दासगुप्ता द्वरा निर्देशन गरिएको चलचित्र चौधुरानी नामक चलचित्र सार्वजनिक गरिएको थियो जुन चलचित्र बङ्गाली भाषामा वरिष्ठ लेखक बनकिम चन्द्र चटोपाद्यायको सोही नामको उपन्यासमा आधारित छ। उनले बङ्गाली भाषा तथा हिन्दी भाषाका चलचित्रहरूमा उत्कृष्ट अभिनय गरेका कारण निकै लोकप्रिय तथा प्रशंशित भएकी थिइन्। [१८]

सन् १९५० मा सुमित्रा देवी नितिन बोस द्वरा निर्देशित हिन्दी भाषाको चलचित्र मशालमा अभिनय गरेकी थिइन् जुन चलचित्र प्रख्यात तथा अनुभवी बङ्गाली भाषाका लेखक बनकिम चन्द्र चटोपाद्यायको उपन्यास रजनीमा आधारित छ। यस चलचित्रमा उनले तिराङ्गिनीको भूमिका निभाएकी छिन् भने उनले उक्त चलचित्रमा समरसँग (अशोक कुमार) प्रेम गर्छिन् भने उनका बुबाले उनलाई एक धनीसँग विवहा गराइदिन्छन्। यस चलचित्रले राम्रो आर्थिक आर्जन गर्न सफल भएको थियो।[१९] सन् १९५२ मा उनको ४ हिन्दी भाषाका चलचित्रहरू; दिवाना, घुङ्घरो, ममता, राजा हरिश्चन्द्र सार्वजनिक भएका थिए। दिवाना र घुङ्घरो चलचित्रहरूले सफलता प्राप्त गरेका थिए। उनले त्यसपछि मयुरपङ्ख (सन् १९५४), चोर बजार (सन् १९५४), जाग्ते रहो (सन् १९५६) र दिल्ली दरवार (सन् १९५६) जस्ता चलचित्रहरूमा अभिनय गरेकी थिइन्। [२०]

सन् १९५५ मा उनी अरेन्धु मोखोपाद्याय द्वारा निर्देशित बङ्गाली भाषाको चलचित्र दस्यु मोहनमा अभिनय गरेकी थिइन् जुन चलचित्रले त्यस वर्ष सफलता प्राप्त गरेको थियो। सन् १९५६ मा उनले पिनकी मुखोपाद्याय द्वरा निर्देशित बङ्गाली भाषाको चलचित्र असाबर्न (सन् १९५६) र कार्तिक चटोपाद्यायको द्वरा निर्देशित चलचित्र सहेब बिबि गोलम (सन् १९५६) मा अभिनय गरेकी थिइन् जुन चलचित्र बिमल मित्राको उपन्यासमा आधारित छ। सहेब बिबि गोलम नाम चलचित्रका निर्देशक कार्तिक चट‍ोपाद्यायले उनलाई एक चलचित्र खेलनमा लागि आव्हान गरेका थिए भने सुमित्रा उक्त चलचित्र खेल्ने निश्चित भएपछि उनलाई जग्गा मालिकको श्रीमतीको भूमिका दिइएको थियो।[२१] यस चलचित्र ९ मार्च १९५६ मा दिन सार्वजनिक गरिएको थियो। सन् १९५७ मा कार्तिक चटोपाद्याय द्वारा निर्देशित अर्को चलचित्र निलाचले महाप्रभुमा पनि उनले काम गरेकी थिइन्। सन् १९५७ मा बङ्गाली भाषाको चलचित्र अन्धेरे आलो नामक चलचित्रमा उनले काम गरेकी थिइन् जसले राष्ट्रिय चलचित्र पुरस्कार जित्न सफल भएको थियो।[२२][२३] सन् १९५८ मा उाी उत्तम कुमारसँग सहकार्य गर्दै जीवन गङ्गापाद्याय द्वरा निर्देशित चलचित्र जाउतकीमा अभिनय गरेकी थिइन्। सन १९६० को दशक पछि उनले अभिनय गर्न विस्तारै बन्द गरेकी थिइन्।

सन्दर्भ सामग्री

सम्पादन गर्नुहोस्
  1. "Sumitra Devi", Friday Moviez, अन्तिम पहुँच २०१८-०८-२४  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०८-२४ मिति
  2. Gooptu, Sharmistha (२०१०-११-०१), Bengali Cinema: 'An Other Nation' (अङ्ग्रेजीमा), Routledge, आइएसबिएन 9781136912160 
  3. "Sumitra Devi movies, filmography, biography and songs - Cinestaan.com", Cinestaan, अन्तिम पहुँच २०१८-०२-१४  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०२-१५ मिति
  4. "Sumitra Devi", www.gomolo.com, अन्तिम पहुँच २०१९-०३-१०  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०३-३१ मिति
  5. lyricstashan.com, "Best Sumitra Devi song lyrics collection - LyricsTashan", lyricstashan.com, अन्तिम पहुँच २०१८-०१-१५ 
  6. "Ten Most Beautiful Actresses of Bengali Cinema", filmsack.jimdo.com (en-USमा), अन्तिम पहुँच २०१७-०३-१८  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०४-०६ मिति
  7. "Sumitra Devi – The sedative and gorgeous Indian actress of 1940s to 1960s", My Words & Thoughts (en-USमा), २०१९-०६-१८, अन्तिम पहुँच २०१९-०७-२३ 
  8. "Best Bengali Actresses Of All Times, Who Have Created Ripples!", What's Up Kolkata (en-usमा), अन्तिम पहुँच २०१८-०८-१९  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०८-२० मिति
  9. "Directorate of Film Festival", iffi.nic.in, अन्तिम पहुँच २०१७-०५-०१ 
  10. "Sumitra Devi – Interview (1952)", cineplot.com (en-USमा), अन्तिम पहुँच २०१८-०२-०२ 
  11. "সকলকে আপন করে নেওয়ার ক্ষমতা ছিল সুমিত্রা দেবীর", BAARTA TODAY (en-USमा), २०१९-०८-२८, अन्तिम पहुँच २४ अक्टोबर २०१९ 
  12. Rajadhyaksha, Ashish; Willemen, Paul (२०१४-०७-१०), Encyclopedia of Indian Cinema (अङ्ग्रेजीमा), Routledge, आइएसबिएन 9781135943257 
  13. Nevile, Pran (२०११-०५-११), K. L. Saigal: The Definitive Biography (अङ्ग्रेजीमा), Penguin UK, आइएसबिएन 9789352141609 
  14. "Indiancine.ma", Indiancine.ma, अन्तिम पहुँच २०१७-०७-०९ 
  15. Viplav, Vinod, Hindi Cinema Ke 150 Sitare (हिन्दीमा), आइएसबिएन 9789350482957 
  16. "BFJA Awards (1945)", gomolo.com, अन्तिम पहुँच २०१७-०७-१५  वेब्याक मेसिन अभिलेखिकरण २०१७-१०-०४ मिति
  17. "Boxofficeindia.com", २०१३-१०-१६, मूलबाट १६ अक्टोबर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१८-०५-१५  वेब्याक मेसिन अभिलेखिकरण २०१३-१०-१६ मिति
  18. "JAGTE RAHO1956", The Hindu (en-INमा), २००८-०८-३०, आइएसएसएन 0971-751X, अन्तिम पहुँच २०१८-०२-१५ 
  19. "Indiancine.ma", Indiancine.ma, अन्तिम पहुँच २०१७-०७-१९ 
  20. "10 Greatest Bengali Actresses of All Time", The Cinemaholic (en-USमा), २०१७-१२-०३, अन्तिम पहुँच २०१७-१२-११ 
  21. "Saheb Bibi Golam (1956)", gomolo.com, अन्तिम पहुँच २०१७-०७-१६  वेब्याक मेसिन अभिलेखिकरण २०१७-१०-२० मिति
  22. "Sumitra Devi : An Unsurpassable beauty of Bengali cinema", filmsack.jimdo.com (en-USमा), अन्तिम पहुँच २०१७-०७-१६  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०१-०७ मिति
  23. Indian cinema (अङ्ग्रेजीमा), Publication Division, Ministry of Information and Broadcasting, Government of India, १९९८-०१-०१, आइएसबिएन 9788123006468 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्