सुदीप
सुदीप संजीव (कन्नड: ಸುದೀಪ್, जन्म २ सेप्टेम्बर १९७३) जसलाई सुदीपको नामले पनि चिनिन्छ, एक भारतीय अभिनेता, चलचित्र निर्देशक, चलचित्र निर्माता, स्क्रिनलेखक र टेलिभिजन प्रस्तोता हुन् जो मुख्य रूपमा कन्नड चलचित्रमा काम गर्ने गर्छन् ।[१]
सुदीप ಸುದೀಪ್ | |
---|---|
जन्म | सुदीप संजीव २ सेप्टेम्बर १९७३ शिमोगा जिल्ला, मैसूर राज्य (हाल कर्नाटक), भारत |
वासस्थान | बेङ्गलोर, भारत |
पेशा | अभिनेता, निर्देशक, टेलिभिजन प्रस्तोता |
कार्यकाल | १९९६–वर्तमान |
जीवनसाथी | प्रिया राधाकृष्ण (२००१-वर्तमान) |
सन्तान | १ |
सुदीप कन्नड चलचित्र स्पर्श (२००२), हुच्च (२००१), नन्धी (२००२), किच्चा (२००३), स्वाथी मुथु (२००३), माइ अटोग्राफ (२००६), मुस्सनजिमाटु (२००८), वीरा मदकरी (२००९), जस्ट माथ माथल्ली (२०१०), केम्पे गोदा (२०११) र तेलुगु-तमिल चलचित्र ईगा (२०१२) मा गरेको आफ्नो अभिनयको कारणले चिनिने गर्छन् । [२] उनले आफ्नो चलचित्र हुच्चा, नन्धी र स्वाथी मुथुको लागि तीन वर्ष लगातार फिल्मफेयर अवार्ड जितेका छन् । सन् २०१३ देखि उनले वास्तविक टेलिभिजन शो बिग बोस कन्नड प्रस्तुत गरिरहेका छन् जुन बिग बोसको कन्नड भर्जन हो ।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "sudeep biography", entertainment.oneindia.in। वेब्याक मेसिन अभिलेखिकरण २०१४-०७-०७ मिति
- ↑ "Fame flies for Sudeep", The Hindu, २ अगस्ट २०१४, अन्तिम पहुँच १२ अप्रिल २०१५।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा सुदीप सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।