सिमल मध्य पहाडी भेकमा पाइने चाँडो बढ्ने एक प्रकारको पतझड समुहको रूख हो ।सिमललाई ‘बम्बाक्स सेइबा’ पनि भनिन्छ । यो वैज्ञानिक नाम हो । सन् १७५३ मा प्रकाशित स्पेसिस प्लान्टारम् पुस्तकमा उल्लेख भएअनुसार स्वीडेनका वनस्पतिविद् एवं जीवशास्त्री कार्ल लिन्नियसले यो नाम जुराएका थिए ।

सिमल
चीनको हङकङमा अप्रिलमा फूलेको सिमलको रूख
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
वंश:
प्रजाति:
B. ceiba
वैज्ञानिक नाम
Bombax ceiba
L.
पर्याय

Bombax malabaricum DC.
Salmalia malabarica

सिमलको फूल

   

औषधिजन्य वनस्पतिबारे लेखिएका पुस्तक तथा लेखअनुसार सिमलका विविध भाग विभिन्न शारीरिक समस्यामा लाभदायक हुन्छन् । यसको पात निचोरेर काटेको ठाउँमा दल्दा चाँडै निको हुन्छ । यस्तै टाउको दुख्दा यसको पातको रस एक/दुई चम्चा पिउँदा आराम मिल्छ । सन् २००२ मा प्रकाशित ‘प्लान्ट्स एण्ड पीपल अफ नेपाल’ पुस्तकमा नारायणप्रसाद मानन्धरले सिमलको बोक्रा पिसेर छानिएको झोल खोकी र अपचको समस्यामा उपयोगी हुने उल्लेख गरेका थिए ।    

   

सिमलको जरा गुलियो हुन्छ । कलिलो जरा पिसेर बनाएको रसले बन्द पिसाब खुलाउँछ । ज्वरोमा पनि जराको रस सेवन गराइन्छ । अनुसन्धानात्मक लेखअनुसार सिमलको बोक्रा तथा काण्डको पाउडरलाई दमको उपचारमा पनि प्रयोग गर्ने गरिएको छ ।    

   

आयुर्वेदिक चिकित्सक डा जीवन शर्मा आचार्यका अनुसार महिनावारी गडबडी भएका महिलालाई सिमलको बोक्रा र फूलको मुख्य भाग मिसाएर सेवन गराउँदा फाइदा हुन्छ । धेरैजसो अनुसन्धानात्मक लेखमा सिमललाई यौनसम्पर्कबाट सर्ने केही समस्या नियन्त्रण गर्न प्रयोग गरिने उल्लेख छ । यसलाई विशेषतः योनीबाट बग्ने सेतो चिपचिपे पदार्थ रोक्न प्रयोग गरिएको बताइन्छ ।  

वन तथा वनस्पति विज्ञ नरहरि आचार्य र राजेश तामाङद्वारा लिखित ‘इथ्नोबोटानी अन चेपाङ कम्युनिटी इन नेपाल’ (सन् २०१७) शीर्षकको पुस्तकअनुसार चेपाङ समुदाय पेट दुख्ने र आउँको समस्यामा सिमलको फूल र खोटो प्रयोग गर्छन् ।

   

सिमलको विभिन्न भागलाई यो समुदायले औषधिका रूपमा प्रयोग गर्छ । उल्लेखित अध्ययन र उदाहरणले सिमल औषधिजन्य जडीबुटी रहेको देखाए पनि वनस्पति र जडीबुटी अनुसन्धानकर्ताले अक्सर फलानो समुदायले फलानो वनस्पति फलानो समस्या हटाउन प्रयोग गर्छन् भन्ने मात्र लेख्दै आएका छन् ।    

   

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्