सामन्था रुथ प्रभु
सामन्था रुथ प्रभु (पूर्व: सामन्था अक्किनेनी; जन्म: सन् १९८७ अप्रिल २८)[५][६] एक भारतीय अभिनेत्री हुन् जसले तेलुगु र तमिल चलचित्र उद्योगहरूमा करियर स्थापित छिन्, र चार फिल्मफेयर पुरस्कार सहित धेरै पुरस्कार प्राप्तकर्ता हुन्।
सामन्था रुथ प्रभु Samantha Ruth Prabhu | |
---|---|
जन्म | सामन्था रुथ प्रभु २८ अप्रिल १९८७[१][२] मद्रास, तमिलनाडु, भारत[३] (वर्तमान चेन्नई) |
राष्ट्रियता | भारतीय |
मातृ शिक्षाप्रतिष्ठान | स्टेला मेरिस कलेज, चेन्नई |
पेशा | अभिनेत्री |
जीवनसाथी | [४] |
हस्ताक्षर | |
वाणिज्यमा डिग्री हासिल गर्दै, अक्किनेनीले मोडलिङ असाइनमेन्टमा आंशिक समय काम गरेकी थिइन्। उनलाई चाँडै नै चलचित्र भूमिकाका लागि प्रस्तावहरू प्राप्त भएको थियो, र गौतम मेननको आलोचनात्मक प्रशंसित तेलुगु प्रेमलीला चलचित्र , ये माया चेसावे (सन् २०१०) बाट अभिनयको सुरुवात गरेकी थिइन् जसले उनलाई सर्वश्रेष्ठ महिला पदार्पणको लागि फिल्मफेयर पुरस्कार र नन्दी पुरस्कार दिलाएको थियो।[७][८][९] त्यसपछि सामन्था निथाने एन पुनवसन्तम (सन् २०१२) र इगा (सन् २०१२) चलचित्रमा अभिनयका लागि, एकै वर्षमा सर्वश्रेष्ठ तमिल अभिनेत्रीको लागि फिल्मफेयर पुरस्कार र सर्वश्रेष्ठ तेलुगु अभिनेत्रीको लागि फिल्मफेयर पुरस्कार जित्ने दोस्रो अभिनेत्री बनेकी थिइन्। त्यस बेलादेखि, उनी मुख्यतया नायक केन्द्रित तेलुगु र तमिल चलचित्रहरूमा अग्रणी महिला भूमिकामा देखा परेकी थिइन् र चलचित्रहरूमार्फत बक्स अफिसमा सफलता कमाएकी थिइन् जसमा डुकुडु (सन् २०११), परिवार नाटकहरू सीतम्मा वकितलो सिरिमले चेत्तु (सन् २०१२) र अटरिन्टिकी डारेडी (सन् २०१३) र एआर मुरुगादोसको तमिल एक्सन चलचित्र, कठ्ठी (सन् २०१४) समावेश छन्। अ आ (सन् २०१६) चलचित्रमा उनको कामले पनि सकारात्मक समीक्षा प्राप्त गरेको थियो र सामन्थाले उनको चौथो फिल्मफेयर पुरस्कार जितेकी थिइन्, जबकि उनको अर्को चलचित्रहरू थेरी (सन् २०१६), २४ (सन् २०१६), मेर्सल (सन् २०१७), रङ्गस्थलम (सन् २०१८), र महानति (सन् २०१८) पनि व्यावसायिक रूपमा सफल थिए।
उनको अभिनय करियरको साथ, अक्किनेनी ब्रान्ड र उत्पादनहरूका लागि एक प्रसिद्ध सेलिब्रिटी समर्थनकर्ता हुन्, जबकि उनले सन् २०१२ मा महिला र बच्चाहरूको लागि चिकित्सा सहायता प्रदान गर्न आफ्नै एनजीओ, प्रत्युषा सपोर्ट, पनि सुरु गरेकी छिन्। उनले फाउन्डेसनलाई समर्थन गर्नको लागि इन्डोर्समेन्ट, उत्पादन प्रक्षेपण र उद्घाटन कार्यक्रमहरूबाट उनको आय दान गर्छिन्।[१०]
प्रारम्भिक जीवन र परिवार
सम्पादन गर्नुहोस्सामन्थाको जन्म २८ अप्रिल १९८७ मा तेलगु बुबा, प्रभु र मलयाली आमा, निनेटका लागि अलाप्पुझा, केरलमा भएको थियो।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ Chowdhary, Y. Sunita (१२ मे २०१२), "Away from the rat race", The Hindu, अन्तिम पहुँच ११ नोभेम्बर २०१२।
- ↑ Shekhar H Hooli (२८ अप्रिल २०१५), "Samantha Celebrates Birthday; Tollywood Celebs Wish Her", International Business Times, अन्तिम पहुँच १४ नोभेम्बर २०१५।
- ↑ "Samantha raised in Pallavaram", Firstpost, अन्तिम पहुँच १४ अगस्ट २०१४।
- ↑ "Samantha Ruth Prabhu And Naga Chaitanya Announce Separation", NDTV, अन्तिम पहुँच २ अक्टोबर २०२१।
- ↑ "'Samantha Ruth Prabhu changes name to Samantha Akkineni. Here's how Twitter reacted'", Hindustahan Times, १२ अक्टोबर २०१७, अन्तिम पहुँच १२ अक्टोबर २०१७।
- ↑ "'I'm Akkineni Samantha from now and I have to live up to the family's legacy, says the newly wed Samantha'", Pinkvilla, १४ अक्टोबर २०१७, अन्तिम पहुँच १४ अक्टोबर २०१७।
- ↑ Y. Sunita Chowdhary (१० मे २०१२), "Away from the rat race", The Hindu, अन्तिम पहुँच १२ जुलाई २०१४।
- ↑ "Samantha feels 'One' film changes all", The Times of India, १० नोभेम्बर २०१३, अन्तिम पहुँच १२ जुलाई २०१४।
- ↑ "Samantha is in her own league", Deccan Chronicle, २७ मार्च २०१४, अन्तिम पहुँच १२ जुलाई २०१४।
- ↑ "'Ye Maaya Chesave' girl reaches out to children", The Hindu, १७ जनवरी २०१५, अन्तिम पहुँच १५ नोभेम्बर २०१५।