सराइनोडु
सराइनोडु (अनुवाद: The right guy) २०१६ भारतीय तेलुगु भाषाको एक्शन चलचित्र हो जुन बोयापती श्रीनुद्वाद्वारा लिखित र निर्देशित छ। गीता आर्ट्स ब्यानर अन्तर्गत अल्लू अरविन्दद्वारा निर्मित। चलचित्रमा अल्लू अर्जुन, श्रीकान्त, आदि पिनिसेट्टी, क्याथरीन टेरेसा, रकुल प्रीत सिंहले अभिनय गरेका छन् जबकि ब्रह्मानन्दम, प्रदीप रावत, साई कुमार, जयप्रकाश, सुमन र आदर्श बालकृष्णले सहयोगी भूमिका खेलेका छन्। एस थमनले चलचित्रको सङ्गीत र पृष्ठभूमि स्कोर बनाएका छन्। सिनेमाटोग्राफी ऋषि पञ्जाबीद्वारा छ। चलचित्रको तेलुगु र मलयालम संस्करण २२ अप्रिल २०१६ मा प्रदर्शित भएको थियो र २०१६ को सबैभन्दा धेरै कमाउने तेलुगु फिल्ममध्ये एक भएको थियो। यो समीक्षकहरूको सकारात्मकसँग मिश्रित समीक्षा प्राप्त भएको थियो र बक्स अफिसमा एक प्रमुख व्यावसायिक सफलता थियो।[३] यो २०१७ डिसेम्बरमा नेपालमा पनि प्रदर्शित भएको थियो र बक्स अफिसमा १.२७ मिलियन कमाएको थियो।[४]
सराइनोडु Sarrainodu | |
---|---|
निर्देशक | बोयापती श्रीनु |
लेखक | एम रत्नम (संवाद) |
पटकथा | बोयापती श्रीनु |
कथा | बोयापती श्रीनु |
निर्माता | अल्लू अरविन्द |
मुख्य कलाकार | |
छायाङ्कन | ऋषि पञ्जाबी |
सम्पादन | कोटागिरी वेङ्कटेश्वर राव |
सङ्गीत | एस थमन |
वितरक कम्पनी | |
प्रदर्शन मिति |
|
अवधि | १६० मिनेट |
देश | भारत |
भाषा | तेलुगु |
बजेट | ₹५० करोड[१] |
बक्स अफिस | अनुमान ₹१२७ करोड[२] |
कलाकार
सम्पादन गर्नुहोस्- अल्लू अर्जुन गनाको रूपमा
- श्रीकान्त श्रीपतिको रूपमा
- आदि पिनिसेट्टी वैराम धनुषको रूपमा
- क्याथरीन टेरेसाविधायक हन्शिता रेड्डीको रूपमा
- रकुल प्रीत सिंह जानू उर्फ महालक्ष्मीको रूपमा
- ब्रह्मानन्दम लिंगा हरिहरनको रूपमा, उमापतिको छिमेकी
- प्रदीप रावत ओबुल रेड्डीको रूपमा
- साई कुमार जया प्रकाश 'जेपी' को रूपमा
- जयप्रकाश उमापति 'यूपी' को रूपमा
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ Hooli, Shekhar H (२२ अप्रिल २०१६), "'Sarainodu' (Sarrainodu) movie review by audience: Live update", IBTIMES।
- ↑ "'Sarainodu' (Sarrainodu) total worldwide box office collection: Allu Arjun's film grosses Rs. 157 crore in its lifetime - International Business Times", International Business Times, अन्तिम पहुँच २०१६-०७-०७।
- ↑ 'Sarainodu' (Sarrainodu) total worldwide box office collection: Allu Arjun's film grosses Rs. 107 crore in its lifetime – International Business Times
- ↑ Allu Arjun's Sarrainodu Hindi version becomes the most watched film on YouTube with 230 million views