सरस्वती भट्टराई
सरस्वती भट्टराई(जन्म सन् २०९४ मार्च ८) एथलेटिक्स अन्तर्गतको दौड स्पर्धाकि नेपाली महिला खेलाडी हुन् । यिनी मुख्य गरेर लामो दुरीका दौड प्रतियोगिताहरूमा सहभागी जनाउने खेलाडी हुन् । मुख्य गरी घरेलु प्रतियोगिताहरूमा यिनले आफ्नो पहिचान मध्य गतिकी धाविकाबा बनाएकि छिन् ।
व्यक्तिगत जानकारी | |||||||||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
जन्म नाम | सरस्वती | ||||||||||||||||||||||||||||
पुरा नाम | सरस्वती भट्टराई | ||||||||||||||||||||||||||||
Nickname(s) | सरस्वती | ||||||||||||||||||||||||||||
राष्ट्रियता | नेपाली | ||||||||||||||||||||||||||||
जन्म | डडेल्धुरा | ८ मार्च १९९४||||||||||||||||||||||||||||
खेल | |||||||||||||||||||||||||||||
राष्ट्र | नेपाल | ||||||||||||||||||||||||||||
खेल | एथलेटिक्स | ||||||||||||||||||||||||||||
प्रतिस्पर्धा(हरू) | १५०० मिटर दौड | ||||||||||||||||||||||||||||
क्लब | नेपाल आर्मी क्लब | ||||||||||||||||||||||||||||
टोली | नेपाल एथलेटिक्स टिम | ||||||||||||||||||||||||||||
उपलब्धि र उपाधिहरू | |||||||||||||||||||||||||||||
क्षेत्रीय फाइनल | साग गेम २०१६ | ||||||||||||||||||||||||||||
राष्ट्रिय फाइनल | सातौँ खेलकुद, आठौँ खेलकुद | ||||||||||||||||||||||||||||
ओलम्पिक फाइनल | २०१६ | ||||||||||||||||||||||||||||
पदक कीर्तिमान
|
पारिवारिक जीवन
सम्पादन गर्नुहोस्सरस्वती भट्टराईको जन्म डडेल्धुरा जिल्लामा भएको थियो । उनको बाल्यकाल पनि डडेल्धुरामा नै बितेको थियो ।
नेपाल राष्ट्रिय खेलकुद
सम्पादन गर्नुहोस्सातौँ राष्ट्रिय खेलकुद
सम्पादन गर्नुहोस्सरस्वतीले सातौँ राष्ट्रिय खेलकुदमा जम्मा तीन स्वर्ण पदक जित्न सफल भएकि थिइन् । उनले सातौँ राष्ट्रिय खेलकुदमा ८ सय मिटर महिला दौड, १५ सय मिटरको महिला दौड र ४ गुणा चार सय मिटर रिले दौडमा स्वर्ण पदक जितेकी थिइन्[१] ।
भट्टराईले १५ मिटर दौड ४ मिनेट ४३ सेकेन्डमा पूरा गरेर सशस्त्र प्रहरीकी फूलमति रानालाई पछि पार्दै स्वर्ण जितेकी थिइन्। यस्तै ८ सय मिटर दौडमा उनले आर्मीकै सानुमाया कार्कीलाई पछि पार्दै स्वर्ण पदक जितेकी थिइन् । यसअघि उनले सुदूरपश्चिममा भएको छैठौं राष्ट्रिय खेलकुद प्रतियोगिता पनि खेलेकी तर उक्त प्रतियोगितामा उनले कुनै पनि पदक जितेकी थिइनन् ।
आठौँ राष्ट्रिय खेलकुद
सम्पादन गर्नुहोस्आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत महिला ८ सय मिटर दौड अन्तर्गत सरस्वती भट्टराईले स्वर्ण जितेकी थिइन् । उनले निर्धारित दुरी २ मिनेट १६.०० सेकेण्डमा पुरा गरेकि थिइन् । उनले आर्मीकै सानुमाया कार्की तथा एपीएफकी फुलमती रानालाई पराजित गरी स्वर्ण जितेकि थिइन्[२] । उनले महिला १५०० मिटर दौडमा सरस्वतीले ४ मिनेट ३६ सेकेन्ड पूरा गर्दै स्वर्ण जितेकि थिइन् । सरस्वतीले उक्त स्पर्धामा प्रदेश ३ की सन्तोषी श्रेष्ठ तथा फूलमती रानालाई पराजित गरेकि थिइन्[३] । सरस्वतीले कृष्णा चौधरी, संगीता मेचे र तुलसा खत्रीसँग रहेर ४ गुणा ४ सय मिटर दौडको स्वर्ण ४ मिनेट २ सेकेण्ड पुरागी जितेकी थिइन् । सरस्वतीको जोडिले एपीएफ र प्रदेश नम्बर ५ को टिमलाई पराजित गरी स्वर्ण जितेकी थिइन्[४] ।
अन्तर्राष्ट्रिय खेल जीवन
सम्पादन गर्नुहोस्ओलम्पिक २०१६
सम्पादन गर्नुहोस्सरस्वती भट्टराईले नेपालको तर्फबाट २०१६ ग्रीष्मकालिन ओलम्पिकको १५०० मीटर महिला दौडमा सहभागी जनाएकि थिइन्[५] । साथै भट्टराई ओलम्पिकमा नेपालको झण्डा बोक्ने फूपू लामु खत्री सगै उद्घाटन समारोहमा सहभागीले थिइन्[६] । उनले १५०० मीटर दौडको स्पर्धामा निर्धारण १५०० मीटरको दौड जम्मा कुल ४ मीनेट ३३.९४ सेकेन्डमा पूरा गरी आफ्नै राष्ट्रिय रेकर्ड भङ्ग गरेकी थिइन् । तर आफ्नो समुहको कुल १५ महिलामा १३ औँ स्थानकी भट्टराई पहिलो चरणबाटनै बाहिरिएकी थिइन्[७] ।
राष्ट्रिय किर्तिमानहरू
सम्पादन गर्नुहोस्- सरस्वती भट्टराईले बनाएका महत्त्वपूर्ण राष्ट्रिय किर्तिमानहरू[८]
स्पर्धा | प्रतियोगिता | पहिलो किर्तिमानि खेलाडी | पहिलेको समय | नयाँ समय |
---|---|---|---|---|
१५०० मीटर दौड | २०१६ ग्रीष्मकालीन ओलम्पिक | राजकुमारी पाण्डे | ४ मिनेट ३४ दशमलब ४५ | ४ मिनेट ३३ दशमलब ९४ सेकेण्ड |
सन्दर्भ सामाग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "एथ्लेटिक्समा सरस्वती भट्टराईलाई ३ स्वर्ण", thahakhabar.com, अन्तिम पहुँच पुस १०, २०७३।
- ↑ "आर्मीका सरस्वती र उमेशलाई स्वर्ण", khelpati.com, अन्तिम पहुँच सोमवार, बैशाख ९, २०७६।
- ↑ "आठौँ राष्ट्रिय खेलकुद, आर्मी अघि, पुलिस र एपीएफ पछिपछि", rajdhanidaily.com, अन्तिम पहुँच २०/०४/२०१९। वेब्याक मेसिन अभिलेखिकरण २०१९-०४-२० मिति
- ↑ "आठौँ राष्ट्रिय खेलकुद : महिला ५ सय मिटर दौडको उपाधि प्रदेश नं ३ लाई", setopati.com, अन्तिम पहुँच २०७६ वैशाख ९। वेब्याक मेसिन अभिलेखिकरण २०१९-०५-१३ मिति
- ↑ "Saraswati Bhattarai", rio2016.com, अन्तिम पहुँच २४ अगस्ट २०१६। वेब्याक मेसिन अभिलेखिकरण ६ अगस्ट २०१६ मिति
- ↑ "Rio 2016 Closing Ceremony - Flag Bearers", अन्तिम पहुँच २४ अगस्ट २०१६।
- ↑ "धाविका सरस्वती भट्टराई २६ वर्ष अघिको राष्ट्रिय कीर्तिमान तोड्न सफल", ekantipur.com, अन्तिम पहुँच श्रावण २९, २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१९-०५-१३ मिति
- ↑ "रियो ओलम्पिक: राष्ट्रिय किर्तिमान बनाउँदै सरस्वती भट्टराई ओलम्पिकबाट बाहिरिईन्", janaboli.com, अन्तिम पहुँच श्रावण २९, २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१९-०५-१३ मिति