सन् २०२० ट्विटर बिटकोइन घोटाला

सन् २०२० जुलाई १५, युटिसी २०:०० देखि २२:०० का बीच बिटकोइन घोटालालाई प्रवर्द्धन गर्नको लागि लाखौँ अनुयायी भएका १३० ट्विटर खाताहरूलाई ह्याकर्स समूहले साइबर आक्रमण गरी ह्याक गरेका थिए।[१] नियोजित घोटालालाई सफलतापूर्वक सम्पन्न गर्न उच्च श्रेणीका प्रमाणित ट्विटर खाताधारीहरूको खाताबाट पठाइएको पैसा दोब्बर र फिर्ता हुने वाचाका साथ बिटकोइन मुद्रालाई एक विशिष्ट गुप्तिकृत मुद्रा थैली नामक उपकरणमा पठाउन भनि ट्विट गरिएको थियो।[२][३]

सन् २०२० ट्विटर बिटकोइन घोटाला
को भाग
ह्याक भएको एप्पलको खाता मार्फत गरिएको ट्विट
मिति१५ जुलाई २०२०, २०:००–२२:०० युटिसी
कारणसामाजिक इन्जिनियरिङ आक्रमण
परिणामन्यूनतम १३० खाताहरू प्रभावित। सामेल बिटकोइन ठेगानामा करीब US$११०,००० बिटकोइन कारोबार भएको पुष्टि।

समाचार स्रोतहरूका अनुसार, साइबर अपराधीहरूले ट्विटरको प्रशासनिक उपकरणहरूमा पहुँच प्राप्त गरेका थिए जसले गर्दा उनीहरू आफैँले ट्विटर खाताहरू परिवर्तन गर्न वा सो खाताबाट ट्विट सार्वजनिक गर्न सक्दथे। तिनीहरूले ट्विटर कर्मचारीहरूको माध्यमबाट प्रशासनिक उपकरणसम्म पहुँच स्थापित गर्न सामाजिक इन्जिनियरिङको प्रयोग गरेको विश्वास गरिएको छ।[४]

ट्विट सार्वजनिक भएको एक मिनेटभित्र विद्युतीय थैलीका ठेगानाहरूमध्येको एक ठेगानामा ३२० भन्दा बढी लेनदेन भइसकेको थियो। ट्विटरद्वारा घोटाला सन्देश हटाउनुपूर्व, एउटा बिटकोइन ठेगानामा लगभग अमेरिकी डलर $१,१०,००० जम्मा भइसकेको थियो।[५] यस बाहेक अपराधीहरूले आठ गैर-प्रमाणित ट्विटर खाताहरूबाट पूर्ण सन्देश इतिहास तथ्याङ्क समेत प्राप्त गरेका थिए।[६]

साइबरसुरक्षा कम्पनी क्राउडस्ट्राइक कम्पनीका सह-संस्थापक दिमित्री आल्परोभिचले उक्त घटनालाई 'अहिलेसम्मको एक प्रमुख सामाजिक सञ्जाल मञ्चको सबैभन्दा नराम्रो ह्याक' भनि वर्णन गरेका थिए।[७] ह्याक गर्नको लागि कार्यान्वयन गरिएको सामाजिक इन्जिनियरिङ महत्त्वपूर्ण अनलाइन वार्तालापहरूमा सामाजिक सञ्जालको प्रयोग र सन् २०२० को संयुक्त राज्य अमेरिकाको राष्ट्रपति निर्वाचनमा पनि असर गर्ने सक्ने भन्दै सुरक्षा अनुसन्धानकर्ताहरूले चिन्ता व्यक्त गरेका थिए।[८]

घटना सम्पादन गर्नुहोस्

घोटालाको अदालती विश्लेषणले प्रारम्भिक घोटालाका सन्देशहरू खाताहरूद्वारा पहिलो छोटो, एक वा दुई चरित्र भएका विशिष्ट नामहरू, जस्तै "@६" सँग सार्वजनिक गरिएको थियो।[९] त्यसपछि, १५ जुलाई २०२० मा, अन्तर्राष्ट्रिय प्रमाणिक समय अनुसार २०:०० बजे, कोइनबेस, कोइनडेक्स र बिनान्से लगायतका गुप्तिकृत मुद्रा विनिमय कम्पनीमा टुइटर खाताहरूमा अनाधिकृत टिप्पणी लेख्दै उक्त टिप्पणीलाई टुइटको रूपमा सार्वजनिक गरिएको थियो। घोटाला, त्यसपछि २०:१७ अन्तर्राष्ट्रिय प्रमाणिक समयमा, एलन मस्कको टुइटर खाताबाट पठाइएको पहिलो टुइटको साथ अधिक अनुयायी भएका प्रख्यात व्यक्तिहरूको खाताहरूमा लगिएको थियो।[१०]

अन्य स्पष्ट रूपमा प्रमाणित गरिएका खाताहरूमा बराक ओबामा, जो बिडेन, बिल गेट्स, जेफ बेजोस, मिस्टर बिस्ट, माइकल ब्लूमबर्ग, वारेन बफेट, फ्लोयद मेवेदर, किम कार्दसियन, र कान्य वेस्ट जस्ता प्रख्यात व्यक्तिहरू थिए घोटालाको शिकार भएका थिए भने कम्पनीहरूमा एप्पल, उबर, र क्यास एप जस्ता कम्पनीहरू समावेश थिए। टुइटरले यस घोटालाबाट १३० भन्दा बढी खाताहरू प्रभावित विश्वास गरेको थियो। यस घोटालामा पहुँच गरिएका खाताहरूमा प्रायः सबै खाताहरूको कम्तिमा १० लाख अनुयायीहरू छन्।[११]

यस घोटाला/ह्याकमा संलग्न टुइटहरूमा, प्रेषकले परोपकारी कार्यमा कुनै पनि प्रयोगकर्तालाई उनीहरूले दिएको भण्डारणमा पठाएको बिटकोइनको मूल्य दोब्बर गरी फिर्ता गर्ने दावी गरिएको थियो जुन कोरना विषाणु महामारीको राहत प्रयासको एक भागको रूपमा भएको दावी गरिएको छ।[१२] यस टुइटहरूले गुप्तिकृत मुद्रा कम्पनीहरूको खाताहरूबाट धेरै दुर्भावनापूर्ण सूत्रहरूको साझेदारी गरिएको थियो। बिटकोइन दोब्बर गरिदिने दावी गरिएको घोटालाहरू टुइटरमा पहिला पनि भएको थियो। अति प्रचलित वा सर्वाधिक अनुयायी भएका खाताहरूमा यस्तो घोटाला गरिएको यो उनीहरूको पहिलो प्रमुख उदाहरण हो। सुरक्षा विज्ञहरू अपराधीहरूले यो घोटालालाई "प्रहार र कब्जा" अभियानको रूपमा चलाएको विश्वास गरेका छन्।[१३] खाताहरूमा पहुँच गर्ने कार्य छिट्टै बन्द हुने जानकारी थाह पाएर अपराधीहरूले योजनाबद्ध रूपमा काम गरेका थिए। यी वेबसाइटहरूमा बहु बिटकोइन भण्डारहरू सूचीबद्ध गरिएको थियो। पहिलोले ११८,००० अमेरिकी डलर भन्दा बढी रकम प्राप्त गरिसकेको थियो र यसबाट लगभग $६१,००० अमेरिकी डलर हटाइएको थियो जबकि, लगत्तै ट्विटरले ह्याक रोक्नका लागि कदम चालेको हुनाले, दोस्रोले मात्र हजार डलर प्राप्त गरेका थिए।[१४]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "ट्विटर ह्याक: प्राइभेट म्यासेजदेखि सबै जानकारी समेत चोरी", हाम्रा कुरा, अन्तिम पहुँच २३ जुलाई २०२० 
  2. Iyengar, Rishi (जुलाई १५, २०२०), "Twitter accounts of Joe Biden, Barack Obama, Elon Musk, Bill Gates, and others apparently hacked", CNN Business, मूलबाट जुलाई १६, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई १५, २०२० 
  3. "Musk and Gates 'hacked' in apparent Bitcoin scam", BBC News (en-gbमा), जुलाई १५, २०२०, मूलबाट जुलाई १५, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई १५, २०२० 
  4. Sheth, Sonam (जुलाई १५, २०२०), "Former President Barack Obama's Twitter account appears to have been hacked as part of a cryptocurrency scam", Business Insider, मूलबाट जुलाई १६, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई १५, २०२० 
  5. Leswing, Kif (जुलाई १५, २०२०), "Hackers appear to target Twitter accounts of Elon Musk, Bill Gates, others in digital currency scam", CNBC, मूलबाट जुलाई १५, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई १५, २०२० 
  6. "'एउटा बिटक्वाइन काण्ड'मा थुप्रै अर्बपति, नेता र कम्पनीका ट्विटर खाता ह्याक", बिबिसी नेपाली, अन्तिम पहुँच २३ जुलाई २०२० 
  7. "Twitter accounts of Elon Musk, Barack Obama, Bill Gates and more hacked in bitcoin scam", SBS News (en-auमा), जुलाई १५, २०२०, मूलबाट जुलाई १६, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई १६, २०२० 
  8. Guynn, Jessica (जुलाई १६, २०२०), "'Tweet-tastrophe'? It could have been. Twitter hack reveals national security threat ahead of election", USA Today, मूलबाट जुलाई १६, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई १६, २०२० 
  9. Isaac, Mike; Frenkel, Sheera; Conger, Kate (जुलाई १६, २०२०), "Twitter Struggles to Unpack a Hack Within Its Walls", The New York Times, मूलबाट जुलाई १६, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई १६, २०२० 
  10. Whittaker, Zack; Hatmaker, Taylor; Perez, Sarah (जुलाई १५, २०२०), "High-profile Twitter accounts simultaneously hacked to spread crypto scam", TechCrunch, अन्तिम पहुँच जुलाई १९, २०२० 
  11. Statt, Nick (जुलाई १५, २०२०), "Barack Obama, Joe Biden, Elon Musk, Apple, and others hacked in unprecedented Twitter attack", The Verge, मूलबाट जुलाई १६, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई १५, २०२० 
  12. Holmes, Aaron; Leskin, Paige (जुलाई १५, २०२०), "Hackers took over dozens of high-profile Twitter accounts including those of Barack Obama, Joe Biden, Elon Musk, Kim Kardashian, and Apple and used them to post bitcoin scam links", Business Insider, मूलबाट जुलाई १५, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई १५, २०२० 
  13. Woodward, Alex (जुलाई १५, २०२०), "Elon Musk, Apple, Bill Gates, Kanye West and more hacked by cryptocurrency scam", The Independent (en-gbमा), मूलबाट जुलाई १६, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई १५, २०२० 
  14. Lawler, Richard (जुलाई १६, २०२०), "Twitter says attackers targeted 130 accounts in Wednesday's breach", Engadget, अन्तिम पहुँच जुलाई १६, २०२० 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्