बिटकोइन

डिजिटल पैसा सिस्टम
सामान्यतया प्रयोग गरिने बिटकोइनको लोगो
३ मिनेट्समा बिटकोइन बुझाईएको

परिभाषासम्पादन

"बिटकोइन" (अङ्ग्रेजी: Bitcoin) भनेको विकेन्द्रित पियर टु पियर नेटवर्कमा कुनै पनि मध्यस्त निकाय, केन्द्रिय निकाय वा क्लियरिङ्ग हाउस विना सञ्चालित पहिलो साईवर वा इलेक्ट्रॉनिक मुद्रा हो ।[१] बिटकोइन भनेको इलेक्ट्रॉनिक नगद हो जसलाई प्रयोगकर्ताले इन्टरनेटमा वस्तु वा सेवाहरू खरिद विक्रिमा सामान्य मुद्रा जस्तै प्रयोग गर्न सक्दछन् । बिटकोइनको सञ्चालन प्रक्रिया तथा सॉफ्टवेअर ओपर सोरस मा छ जसले यसको सोरस कोड तथा आर्किटेकचर जो कोहीले पनि हेर्न तथा बुझ्न सक्दछ ।

जुन सुकै देशको मुद्रा सुन, चाँदी, बहुमुल्य पथ्थर वा विदेशी मुद्रा वा सेक्युरिटीजहरु सुरक्षण वापत राख्ने गरिन्छ [२] भन्नुको मतलव जति रकम देशमा प्रचलनमा हुन्छ त्यती बराबरको सुरक्षण नेपाल राष्ट्र बँक ले राख्ने गर्दछ तर बिटकोइन यस्तो इलेक्ट्रॉनिक मुद्रा हो जसको कुनै सुरक्षण हुदैन तर यसलाई गणितले यसको आधारको रूपमा कार्य गरी रहेको हुन्छ ।

इतिहाससम्पादन

सन् २००९ मा सातोसि नाकामोटो नाम गरेको व्यक्तिले आविष्कार गरेको थियो । यसको सञ्चालन सन् २००९ मा पहिलो ओपन सोरस वालेट सार्वजनिक गरे पछि भएको पाइन्छ भने यसको प्रयोग २०११ मे देखि अत्यधिक रूपमा बढेको देखिन्छ ।

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. बिटकोइन
  2. नेपाल राष्ट्र बँक ऐन, २०५९ दफा ५२

बाहिरी लिङ्कहरूसम्पादन