सन्त सोयराबाई
सन्त सोयराबाई (मराठी: संत सोयराबाई) भारतको महाराष्ट्रमा चौधौँ शताब्दीमा जन्मेकी महार सन्त थिइन् । उनी उनका पति चोखामेलाकी अनुयायी थिइन् ।[१][२]
आफ्नै शैलीमा उस्तै सुनिने शब्दहरूको प्रयोग नगरी टन्नै कविता लेखेपनि सोयराबाईका ६२ कविताहरू मात्र साँचेर राखिएको छ ।[१] उनको अभङ्गमा उनले आफैँलाई चोखामेलाकी महारी भन्दै ईश्वरले दलित जीवन तथा अनुभवलाई जानेर नराम्रो बनाएको दोष लगाएकी छिन् । उनका आधारभूत कृतिमा उनले प्रभुलाई चढाएको भोगको बारेमा लेखिएको छ भने अन्य कृतिहरूमा उनले ईश्वर प्रतिको भक्ति र छुवाछुत प्रतिको रिस पोखेकी छिन् ।[३]
सोयराबाई आत्माको पवित्रतामा विश्वास राख्थिन् । शरीर जन्मजात नै अपवित्र भए तापनि आत्मा कहिल्यै अशुद्ध हुँदैन भन्ने उनको मान्यता थियो ।[१]
सोयराबाई आफ्ना पतिका साथ पण्ढरपुरमा तीर्थयात्र गर्न गएकी थिइन् तर त्यहाँ रहेका रुढिवादी ब्राह्मण पूजारी तथा पण्डित गणले उनीहरूलाई अपहेलित गरे । यद्यपि, उनले कहिल्यै पनि आत्मविश्वास र स्वाभिमान गुमाइनन् ।[१]
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ १.० १.१ १.२ १.३ खेर, बी.जी. (सन् १९७९), "Maharashtra Women Saints", in स्वामी गनानन्द; स्टुवर्ड-वलेस, जोन, Women Saints, East & West, हलिउड, क्यालिफोर्निया: वेदान्त, पृ: 61–62, आइएसबिएन 0874810361।
- ↑ जेलियट, एलेनोर (सन् २०००), "Sant Sahitya and its Effect on Dalit Movements", in कोसम्बी, मीरा, Intersections: Socio-cultural Trends in Maharashtra, नयाँ दिल्ली: ओरिएन्ट लङम्यान, पृ: १९०, आइएसबिएन 8125018786।
- ↑ जेलियट, एलेनर (सन् २००८), "Chokhamela, His Family and the Marathi Tradition", in एक्टर, मिकाएल; डेलिएज, रोबर्ट, From Stigma to Assertion: Untouchability, Identity and Politics in Early and Modern India, कोपनहेगन: म्युजियम टुसुलेनम प्रेस, पृ: ८१–८५, आइएसबिएन 978-8763507752।