सत्यानासी झार पहेँलो फूल फुल्ने एक काँडादार वनस्पति ।

सत्यानासी झार
वैज्ञानिक वर्गीकरण
जगत:
भाग:
वर्ग:
गण:
कुल:
वंश:
प्रजाति:
A. mexicana
वैज्ञानिक नाम
Argemone mexicana
L.
Katkar plant in jharkhand, India
Argemone mexicana

सत्यानासी झारको औषधीय गुणहरू सम्पादन गर्नुहोस्

दीर्घ खालको चर्मरोग, सिफलिस, नाम्ले जुका, कब्जियत, जीउ चिलाउने, गोनोरिया, ग्याष्ट्रिक, पेट दुखेको, औलो ज्वरो, पेटमा पथ्थरी भएमा, बिष लागेमा यसको विरुवा उपयोगी छ । कफ, घाउ, चोटपटक र चर्मरोगमा यसको पात उपयोगी छ । कब्जियत, कफ, पेट दुखेको, जीउ चिलाउने, अनिद्रामा यसको बीउ उपयोगी छ । बीउको मात्रा बढी सेवन गरेमा स्वास्थ्यलाई खतरा हुन सक्छ । छालामा रातो खालको फोडाफुन्सी आएको र जीउ चिलाउनेमा यसको बीउबाट प्राप्त तेललाई महुवाको तेलमा मिसाई दलिन्छ । चर्मरोग, मांशपेसी र जोर्नीको दुखाईमा यसको बीउबाट प्राप्त तेल दलिन्छ । चर्मरोग, क्यान्सर, गाँठागुँठी, सिफलिस, छालाबाट स्राव भएमा यसको चोप उपयोगी छ ।[१]

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. नेपालमा पाइने प्रमुख गैरकाष्ठ वन पैदावार तथा जडीबुटीहरूको औषधीय प्रयोग र महत्त्व, अनिरुद्ध कुमार साह, वनविज्ञान शास्त्री

बाह्य कडीहरू सम्पादन गर्नुहोस्