सज्जनराज वैद्य
सज्जन राज वैद्य एक नेपाली गायक, गीतकार, गिटार वादक र रेकर्ड निर्माता हुन् । उनले सन् २०१४ मा आफ्नो पहिलो गीत "आज मात्र" निकालेका थिए ।[१] सन् २०१६ मा "हवाईजहाज"[२][३][४] र सन् २०१८ मा "चिठीभित्र"[२][५][६] निकालेपछि उनी प्रख्यात भएका हुन् । "हतारिँदै, बतासिँदै" उनको सबैभन्दा नाम चलेको गीत हो ।[७][८] उनले फेब्रुअरी २०२० मा "बराली लग्यो यो हावाले (BLYHL)" नामक गीत निकाले । उनले मे १६, २०२० मा निकालेको "फुत्की जाने जोवन" मा २०१९-२० कोरोना भाइरस प्रकोपमा विश्वभरिका, विशेष गरी नेपाली नागरिकहरूका भिडियो देख्न सकिन्छ ।[९]
सज्जन राज वैद्य | |
---|---|
व्यक्तिगत विवरण | |
उत्पत्ति | काठमाडौँ, नेपाल |
विधा | पप सङ्गीत, स्वतन्त्र सङ्गीत |
पेशा |
|
वाद्ययन्त्र |
|
सक्रिय वर्ष | सन् २०१४ - अहिलेसम्म |
वेबसाइट | sajjanrajvaidya |
बाल्यकाल
सम्पादन गर्नुहोस्वैद्य काठमाडौँ, नेपालमा जन्मेका र हुर्केका थिए ।[२] उनले आफ्नो सङ्गीतसँगको लगावको श्रेय आफ्नो परिवारलाई दिन्छन् । उनको सङ्गीत र त्यसप्रतिको दृष्टि उनको परिवारबाट प्रभावित भएको उनले बताएका छन् ।[२][१०]
वैद्य दी इगल्ज़, यूबी ४०, लिङ्किन पार्क र कर्णदास जस्ता गीतकारहरूबाट प्रभावित छन् । विद्यालयमा हुँदा प्रत्यक्ष प्रदर्शन गर्न थालेका वैद्यले पछि फेसबुकमा आफ्नो गीतहरू राख्न थाले ।[८][११]
कार्य जीवन
सम्पादन गर्नुहोस्सन् २०१४ को "आज मात्र" वैद्यको प्रथम प्रमुख कार्य थियो ।[८][११][१२] उनको दोस्रो गीत "हवाईजहाज" ले टन्नै सफलता हासिल गर्यो ।[२][३][४] उक्त गीतको भिडियो फज फ्याक्ट्री प्रोडक्शन्सले बनाएको थियो ।[१३][१४] उनले सन् २०१८ मा "मुस्कान" नामक गीतलाई दोस्रो पल्ट निकाले ।[१२] त्यही वर्ष उनले "अनौठो मुटु" निकाले ।[१] जनवरी १, २०१९ मा उनले "हतारिँदै, बतासिँदै" निकाले, जसको भिडियोमा विषमयौनिक जोडीका साथै दुई समयौनिक पुरुष बिचको चुम्बन देखाइन्छ, जुन नेपाली मिडियामा दुर्लभ छ ।[७] यस भिडियोले गर्दा वैद्य एलजिबिटी समुदायको प्रतिनिधित्व गर्ने केही नेपाली कलाकारहरूको सूचीमा पर्न गएका छन् ।
"हतारिँदै, बतासिँदै" लेख्दा भिडियोको कुनै विचार नगरेका वैद्यले पछि मात्रै एलजिबिटी समुदायको कमै हुने प्रतिनिधित्वमा प्रकाश पर्न खोजेको बताए ।[८] यस गीतलाई नेपालको जून २०१९ मा आयोजित पहिलो गौरव यात्रामा बजाइएको थियो ।[१५]
कथा सन् २०१८ मा वैद्यको युट्युब च्यानलमा प्रकाशित भिडियो शृङ्खला हो ।[१६] यस शृङ्खलामा कलाकारहरूले आफ्नो वा अन्य कलाकारको गीतको प्रत्यक्ष प्रदर्शन गरी उक्त गीत मूल भाव र रचना प्रक्रियाबारे छलफल गर्छन् ।
भागहरू
सम्पादन गर्नुहोस्- नथिङ इन माइ हेड बिसाइड्स तिमी
- मेल्लो
- मरिजाउँ (बिक्की गुरुङका साथ)
गायन
सम्पादन गर्नुहोस्- “आज मात्र” (सन् २०१४)
- “हवाईजहाज” (सन् २०१६)
- "मायालु" (सन् २०१७)
- "चिठीभित्र" (सन् २०१८)
- "अनौठो मुटु" (सन् २०१४ मा प्रकाशित, सन् २०१८ मा पुनः प्रकाशित)
- "मुस्कान" (सन् २०१४ मा प्रकाशित, सन् २०१८ मा पुनः प्रकाशित)
- नथिङ इन माइ हेड बिसाइड्स तिमी (सन् २०१८)
- "हतारिँदै, बतासिँदै" (सन् २०१९)
- "पहार" (सन् २०१९)
- "कुराकानी" (सन् २०१९)
- "सम्बडी एल्स" (सन् २०२०)
- "सुकुम्बासी" (सन् २०२०)
- "बराली लग्यो यो हावाले (BLYHL)" (सन् २०२०)
- "फुत्की जाने जोवन" (सन् २०२०)
- "लुकामारी" (सन् २०२१)
- "उल्टा पाइला" (सन् २०२१)
सम्मान
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ १.० १.१ "Sajjan Raj Vaidya Releases New Version of 'Mooskaan'", NeoStuffs, २३ अप्रिल २०१८, अन्तिम पहुँच १७ जनवरी २०१९।
- ↑ २.० २.१ २.२ २.३ २.४ Poudel, Ashish, "Sajjan Raj Vaidya [PARTYNEPAL Exclusive Interview] – Party Nepal", partynepal.com, अन्तिम पहुँच ८ जनवरी २०१९। वेब्याक मेसिन अभिलेखिकरण १९ जनवरी २०१९ मिति
- ↑ ३.० ३.१ Productions, Fuzz Factory, "Sajjan Raj Vaidya: Hawaijahaj", Fuzz Factory Productions, अन्तिम पहुँच ८ जनवरी २०१९। वेब्याक मेसिन अभिलेखिकरण १९ जनवरी २०१९ मिति
- ↑ ४.० ४.१ "Hawaijahaj by Sajjan Raj Vaidya with lyrics", etcNepal.com, १४ फेब्रुअरी २०१८, अन्तिम पहुँच ८ जनवरी २०१९।
- ↑ Kathmandu Tribune (२६ जनवरी २०१८), "Current top 10 musicians in Nepal", News, sport and opinion from the Kathmandu Tribune's global edition, अन्तिम पहुँच १७ जनवरी २०१९।
- ↑ "Chitthi Bhitra by Sajjan Raj Vaidya with lyrics", etcNepal.com, १४ फेब्रुअरी २०१८, अन्तिम पहुँच ८ जनवरी २०१९।
- ↑ ७.० ७.१ "A new music video breaks social taboos and presents a poignant homosexual love story", kathmandupost.ekantipur.com, अन्तिम पहुँच ८ जनवरी २०१९।
- ↑ ८.० ८.१ ८.२ ८.३ ८.४ "Himalayan Times", epaper.thehimalayantimes.com (en-USमा), अन्तिम पहुँच २०१९-०३-२२।
- ↑ https://myrepublica.nagariknetwork.com/mycity/news/sajjan-raj-vaidya-releases-phutki-jaaney-jovan वेब्याक मेसिन अभिलेखिकरण २०२०-०८-०४ मिति
- ↑ "SONGS THAT SOOTHE with SAJJAN RAJ BAIDYA", TNM (en-USमा), अन्तिम पहुँच २०१९-०७-०१। वेब्याक मेसिन अभिलेखिकरण २०१९-०५-२४ मिति
- ↑ ११.० ११.१ Nepal, WOW Magazine (२०१९-०६-३०), "Everything that happens is from now on… Sajjan Raj Vaidya", WOW Magazine Nepal (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०७-०१। वेब्याक मेसिन अभिलेखिकरण २०२०-०९-२३ मिति
- ↑ १२.० १२.१ "The New York based singer Sajjan Raj Vaidya releases a song "Mooskaan"", musicwire, २३ अप्रिल २०१८, अन्तिम पहुँच ८ जनवरी २०१९। वेब्याक मेसिन अभिलेखिकरण १९ जनवरी २०१९ मिति
- ↑ "Nepali music videos are striving to break new ground and reaching for new heights, but there is a long way to go", kathmandupost.ekantipur.com, अन्तिम पहुँच ११ जनवरी २०१९।
- ↑ "Rohit Shakya: Fostering Creativity With Fuzz Factory Productions", TNM, अन्तिम पहुँच ८ जनवरी २०१९। वेब्याक मेसिन अभिलेखिकरण २५ डिसेम्बर २०१८ मिति
- ↑ "Kathmandu’s LGBTIQ community celebrates their queerness", kathmandupost.ekantipur.com (Englishमा), अन्तिम पहुँच २०१९-०७-०१।
- ↑ "Katha: Episode II", Sajjan Raj Vaidya (en-USमा), २०१९-०२-१४, अन्तिम पहुँच २०१९-०७-०१। वेब्याक मेसिन अभिलेखिकरण २०२०-०८-०७ मिति
- ↑ "Radio Kantipur honours year's outstanding musical talents", kathmandupost.ekantipur.com, अन्तिम पहुँच १० जनवरी २०१९।
- ↑ "Here Are All The Winners From The Radio Kantipur National Music Awards 2074", Nepally, १० फेब्रुअरी २०१८, अन्तिम पहुँच १० जनवरी २०१९। वेब्याक मेसिन अभिलेखिकरण ८ अप्रिल २०१८ मिति
- ↑ "Radio Kantipur's National Music Awards 2074: Complete List of Nominees", NeoStuffs, २६ जनवरी २०१८, अन्तिम पहुँच ८ जनवरी २०१९।