हतारिँदै, बतासिँदै

सन् २०१९ मा सार्वजनिक गरिएको सज्जन राज वैद्यको गीत

हतारिँदै, बतासिँदै नेपाली गीतकार सज्जन राज वैद्यद्वारा सन् २०१९ जनवरी १ मा जारी गरिएको गीत हो ।[१]

"हतारिँदै, बतासिँदै"
सज्जन राज वैद्यको एकल
सार्वजनिकसन् २०१९ जनवरी १
किसिमस्वतन्त्र
लम्बाई:३०
गीतकार(हरू)सज्जन राज वैद्य
सारङ्गी वादक - श्याम नेपाली

पृष्ठभूमि सम्पादन गर्नुहोस्

यो गीत एक मिल्ने साथीको परिप्रेक्ष्यबाट प्रेरित भएको वैद्यको भनाई छ ।[२] यस गीतले नायकको प्रेमकथाबारे आफ्नो प्रेमीसँग कुरा गरेको आभास हुन्छ । गीतको अवधिभित्र नायकले आफ्नो प्रेमीलाई उनको निरन्तर प्रयासलाई प्रमाणित गर्दै छिट्टै भेट्ने वाचा गर्छन् ।

यस गीतमा नेपाली लोक सङ्गीत र पाश्चात्य सङ्गीतको मिश्रण सुन्न सकिन्छ । गीतको मध्य भागमा श्याम नेपालीले सारङ्गी बजाउँछन् ।

भिडियो सम्पादन गर्नुहोस्

यस गीतको प्रसिद्धिको एक प्रमुख कारण यसको भिडियो हो । नुर्बु लामाद्वारा निर्देशित यस गीतमा एउटा विषमयौनिक र एउटा समयौनिक जोडी देखाइन्छ । उक्त समयौनिक जोडीको पुनर्मिलन भन्दा अघिसम्म दुइटै जोडीको कथालाई समानान्तर रूपमा देखाइन्छ । पछि, भिडियोको अन्त्यमा ती जोडीहरू एउटै शटमा देखिन्छन् ।

भिडियोको सुरुवातमा दुइटा जोडी भएको कुरालाई लुकाउन खोजिएको जस्तो देखिन्छ । अन्त्यमा भिडियोमा समयौनिक जोडीको चुम्बन देखाएपछि कथाले नयाँ मोड लिन्छ । यस भिडियोले विषमयौनिक र समयौनिक जोडी दुबै सामान्य हुन् भन्ने देखाई एलजिबिटी समुदायमाथि प्रकाश पार्छ ।[१]

नेपाली मिडियामा एलजिबिटी समुदायको प्रतिनिधित्व कम नै हुने भएर वैद्यले यो भिडियो बनाएको बताएका छन् । यो भिडियोले नेपालीहरूको एलजिबिटी समुदायप्रतिको दृष्टिकोण परिवर्तन गर्ने उद्देश्य राखेको छ ।[२]

यो भिडियो निस्केपछि एलजिबिटी समुदायका साथै अन्य नेपालीहरूले पनि सामाजिक सञ्जालहरूमा आफ्नो सकारात्मक प्रतिक्रिया राखेका थिए ।[१]

सार्वजनिकीकरण सम्पादन गर्नुहोस्

देश मिति रेकर्ड लेबल
विश्वव्यापी जनवरी १, २०१९ सज्जन राज वैद्य

निर्माण र उत्पादन[३] सम्पादन गर्नुहोस्

  • गीतकार/रचनाकार: सज्जन राज वैद्य
  • सारङ्गी: श्याम नेपाली
  • निर्देशक: नुर्बु लामा
  • छायाङ्कन: नुर्बु लामा, छेवाङ रिन्जिन
  • सम्पादन: नुर्बु लामा, अभिनव भट्ट, सौम्य कार्की
  • अभिनेता: जोन्साइ थापा, अर्हान्त श्रेष्ठ, इला लामा, अभिनव भट्ट
  • प्रबन्धक: आरोग्य खड्का

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. १.० १.१ १.२ "A new music video breaks social taboos and presents a poignant homosexual love story", kathmandupost.ekantipur.com (Englishमा), अन्तिम पहुँच २०१९-०३-२२ 
  2. २.० २.१ "Himalayan Times", epaper.thehimalayantimes.com (en-USमा), अन्तिम पहुँच २०१९-०३-२२ 
  3. "Hataarindai, Bataasindai", Sajjan Raj Vaidya (en-USमा), २०१९-०२-०८, अन्तिम पहुँच २०१९-०३-२२  वेब्याक मेसिन अभिलेखिकरण २०२०-०९-१९ मिति