सचिरा मुसोभिच (स्वीडेनी: Zećira Mušović) (जन्म: २६ मे १९९६), एक स्विडेनी महिला फुटबल खेलाडी हुन्। दमल्सेभेन्स्कन क्लब एफसी रुसेनगोद र स्विडेन महिला राष्ट्रिय फुटबल टोलीका लागि गोलरक्षकको रूपमा मैदानमा उत्रने गर्दछिन्। उनी स्विडेन महिला राष्ट्रिय फुटबल टोलीकी नियमित तथा महत्त्वपूर्ण सदस्य पनि हुन्। राष्ट्रिय टोलीका लागि गोलरक्षकको उनलाई र जर्मनीको उल्फ्सबर्ग क्लबका लागि खेल्ने हेदभिग लिन्दाललाई छनोट गरिन्छ। उनी आफ्नो खेल्ने शैलीले गर्दा लोकप्रिय छिन्। निकै छोटो समयमा उनले प्राप्त गरेको महत्त्वपूर्ण सफलताका कारण उनलाई विशेष रूपमा हेरिएको छ।[१]

सचिरा मुसोभिच
व्यक्तिगत जानकारी
जन्म मिति (1996-05-26) २६ मे १९९६ (उमेर २७)
जन्म स्थान फालुना, स्विडेन
उचाइ १७८ सेमी
खेल्ने स्थान(हरू) गोलरक्षक
क्लब जानकारी
वर्तमान टोली
एफसी रुसेनगोद
सङ्ख्या
युवा करियर
सन् २००५–२०११ सतिएना आइइफ
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
सन् २०११–२०१२ सतिएना आइइफ २९ (०)
सन् २०१२– रुसेनगोद ७१ (०)
अन्तर्राष्ट्रिय करियर
सन् २०१२ १७ वर्ष मुनिको राष्ट्रिय टोली (०)
सन् २०१३-२०१६ १९ वर्ष मुनिको राष्ट्रिय टोली २६ (०)
सन् २०१५- २३ वर्ष मुनिको राष्ट्रिय टोली (०)
सन् २०१८– राष्ट्रिय टोली (०)
सम्मान
महिला फुटबल
स्विडेनको प्रतिनिधित्व गर्दै
फिफा महिला विश्वकप
कांस्य पदक – तेस्रो स्थान २०१९ फ्रान्स टोली
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: १४:१९, १९ मे २०१९
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: १४:१९, १९ मे २०१९

प्रारम्भिक जीवन सम्पादन गर्नुहोस्

सचिरा मुसोभिचको जन्म २६ मे १९९६ मा स्विडेनको फालुना भन्ने ठाउँमा भएको थियो।मुसोभिचको परिवार प्रियपोल्य, सर्बियाका हुन्। उनका तीन ठूला दाइहरूको जन्म सोही सहरमा भएको थियो भने उनका परिवार बोस्नियाली युद्धका कारणले छिमेकी राष्ट्र स्विडेनमा बसाइसराइ गरेका थिए जहाँ उनको जन्म फालुनामा भएको थियो।[२] उनी स्विडेनको स्कोवन नामक सहरमा हुर्किएकी थिइन्। उनी आफू बाल्कान मूलको भएकोमा गर्व गर्छिन्। उनी बोस्निया र हर्जगोभिनामा वार्षिक बिदा लिई आफन्तहरूलाई भेट्नका लागि जाने गरेकी छिन्। उनको "मनपर्ने सहर" बोस्निया र हर्जगोभिनाको राजधानी सारायभो हो।[३]

क्लब कार्यकाल सम्पादन गर्नुहोस्

मुसोभिचको सानै उमेर देखिनै फुटबलमा रुचि रहेको थियो। मुसोभिच नौ वर्षको उमेरमा सतिएना आइइफका लागि फुटबल खेल्न सुरु गरेकी थिइन् भने उनले १३ वर्षको उमेरमा टोलीमा आधिकारिक रूपमा प्रदापण गरेकी थिइन्। [४] उनले सन् २०११ मा, डिभिजन २ मा १७ खेलहरू खेलेकी थिइन्। उनले सन् २०११ र २०१२ मा डिभिजन २ मा क्लबको वरिष्ठ महिला टोलीसँग दुई संस्करण बिताएकी थिइन् र उनले क्लबलाई उत्तरार्द्ध अभियानमा सुरक्षित पदोन्नतिमा मद्दत गरेकी थिइन्। उनले सन् २०१२ को संस्करणमा १२ खेलहरू खेलेकी थिइन्।[५]

उनी अक्टोबर २०१२ मा, सतिएना आइइफबाट रुसेनगोद फुटबल क्लबमा स्थानान्तरण भएकी थिइन्।[६] १२ जुन २०१३ मा, मुसोभिचले दमल्सेभेन्स्कनमा ताल्तृसा फुटबल क्लबको विरुद्धमा पहिलो उपस्थिति जनाएकी थिइन् जसमा उक्त खेल २-२ को बराबरीमा टुङ्गिएको थियो।[७] खेलको अन्तिम समय तिर, उनले घाइते भएकी सोरा बियोग हेलगादोतिरको सट्टामा मैदान प्रवेश गरेकी थिइन्। उनले क्लबका लागि पहिलो दुईवटा संस्करणमा, ४ खेलहरू खेल्दै उत्कृष्ट प्रदर्शन समेत गरेकी थिइन्।[६]

सन् २०१३ को संस्करणको दमल्सेभेन्स्कन उपाधि रुसेनगोदले जित्न सफल भएको थियो र उक्त क्लबकी गोलरक्षक सोरा बियोग हेलगादोतिरलाई वर्षको उत्कृष्ट खेलाडीको रूपमा सम्मानित गरिएको थियो जसलाई उनले ध्यान पूर्वक समीक्षा गरेकी थिइन्।[८] सन् २०१४ संस्करणको दमल्सेभेन्स्कनका लागि माल्मो रुसेनगोदमा पुनर्गठित भएको थियो। [९] हेलगादोतिरले उक्त वर्षको संस्करणको मध्यको विश्राम समयमा क्लब छोडेपछि मुसोभिचलाई उक्त टोलीको पहिलो गोलरक्षकको रूपमा उभ्याएको थियो।[१०] जर्मनेली महिला फुटबल खेलाडी क्याथरिन लङ्गर्त त्यसपछि रुसेनगोदका लागि गोलरक्षकको रूपमा क्लबमा प्रवेश गर्दै उनीसँग प्रतिस्पर्धा गर्न थालेकी थिइन्।[११][१२]

मुसोभिचले उक्त क्लबमा बढी भन्दा बढी रहभागिता जनाउँदै उत्कृष्ट प्रदर्शन गरेकी थिइन्। उनको मेहनत र अनुशासनलाई कदर गर्दै दमल्सेभेन्स्कनको उक्त क्लबले उनको प्रदर्शन र विकासबाट खुशी हुँदै मे २०१५ मा उनलाई नयाँ साढे २ वर्षको अनुबन्ध गरेको थियो। महत्त्वाकांक्षी मुसोभिच विश्वको सर्वश्रेष्ठ गोलरक्षक बन्न चाहन्थिन्। सन् २०१५ को संस्करणमा, क्लबका लागि उनले जम्मा १६ खेलमा उपस्थिति जनाएकी थिइन्। [१३]

रुसेनगोदले क्यानाडेली गोलरक्षक एरिन म्याक्लियोडलाई हस्ताक्षर गरेको थियो र त्यसपछि उनी स्विडेनको २३ वर्ष भन्दा मुनिको राष्ट्रिय टोलीका लागि खेल्दा उनको पाखुरामा चोट लागेको थियो जसले गर्दा सन् २०१६ को दमल्सेभेन्स्कनको संस्करण भन्दा अगाडि मुसोभिचलाई थप चुनौतीहरू थपिएको थियो।[१०] क्लबका लागि खेल्ने क्रममा म्याक्लिओडलाई घुँडामा चोट लागेको थियो। त्यसैले क्लबले स्विडेनी दिग्गज खेलाडी सोफिया लुन्डग्रेनलाई उनको स्थानमा उपस्थित गराएको थियो। तथापि, घाइते हुँदा हुँदै पनि उनले उक्त संस्करणका लागि १३ खेलहरू खेलेकी थिइन्।[१४]

रुसेलगोदका फुटबल निर्देशक थेरेसे जागरानसँगको केहि लामो वार्तालाप पछि, मुसोभिच क्लबमा बस्न सहमत भएकी थिइन् तर म्याक्लियोडको खेल्ने क्रममा घुँडामा लागेको चोटबाट निको भए पछि उनी टोलीमा आउँदा आफुले स्थान गुमाउनु पर्नेमा दुःखी भएकी थिइन्।[१५] स्थान्तरण अनुरोध गर्नुको सट्टा, उनले आफ्नो अनुभवी क्यानडेली प्रतिद्वन्द्वीसँग प्रशिक्षण दिँदै आफ्नै खेलको खराब पक्षलाई सुधार गर्ने संकल्प गरेकी थिइन्।

अक्टोबर २०१७ मा, रुसेनगोदले उनलाई नयाँ थप तीन वर्षको सम्झौता दिएको थियो। सम्झौता दिएको उपलक्ष्यमा उनले "एफसी रुसेनगोद सधैँ रहेने छ र यो सधैँ मेरो हृदयको बस्नेछ" भनेर बताएकी थिइन्। क्लबले म्याक्लिओडको आकर्षक अनुबन्धनलाई तप नबढाउने घोषण गरेको थियो जसले गर्दा उनको टोलीकी साथी र समकक्षी एला मसारले एकतामा क्लब छोड्नु परेको थियो। अक्टोबर २०१७ मा, मुसोभिचले सन् २०२० को संस्करण खेल्नका लागि रुसेनगोदसँग सम्झौतालाई थप लम्ब्याएकी थिइन्।[१६]

रुसेनगोद फुटबल क्लबलाई उनले तीन पटक स्विडेनको विजेता बन्नमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् भने युवा राष्ट्रिय टोलीसँग सन् २०१८ मा युरोपेली विजेता बन्नका लागि उनले निकै उत्कृष्ट प्रदर्शन पनि गरेकी थिइन्। उनी युइएफए महिला च्याम्पियन्स लिगका लागि शीर्ष गोलरक्षक पनि हुन् भने उनलाई सन् १०१५ मा विश्वको शीर्ष १० गोलरक्षकहरूमा नामाङ्कित समेत भएकी थिइन्। आफ्नो परिवारले र उनको दाइले उनलाई फुटबल क्षेत्रमा प्रवेश गर्न र सफलतालाई चुम्नका लागि महत्त्व योगदान गरेको उनले एक अन्तर्वार्तामा जनाएकी थिइन्।[१७]

अन्तर्राष्ट्रिय कार्यकाल सम्पादन गर्नुहोस्

मुसोभिचले स्विडेनको १९ वर्ष भन्दा मुनिको राष्ट्रिय टोलीका लागि इजरायलमा सञ्चालित सन् २०१५ मा, युइएफए महिला १९ वर्ष भन्दा मुनिको च्याम्पियनसिप अन्तिम चरणको कप्तानको भूमिका निर्वाह गरेकी थिइन्।[६] रुसेनगोद फुटबल क्लबले उनलाई प्रतियोगितामा भाग लिनबाट रोकी उनलाई क्लबको आगामी खेलका लागि उनी आवश्यक भएको जनाएको थियो जसले गर्दा उनी स्विडेनको प्रतिनिधित्व गर्नबाट केही समयका लागि बञ्चित भएकी थिइन्।[२] स्विडेनले १९ वर्ष भन्दा मुनिको प्रतियोगिता आफ्नो पक्षमा पारेसँगै उनी हर्षित भएकी थिइन्।[१८]

क्लब स्तरको पहिलो छनोटमा आफ्नो स्थान गुमाए पनि, मुसोभिचलाई नयाँ स्विडेन राष्ट्रिय टोलीका प्रशिक्षक पिटर जर्हादसनद्वारा उनलाई सन् २०१९ को सुरुवातको फिफा महिला विश्वकप छनोटका लागि बोलाइएको थियो। उनले एक खेल पनि नखेली विकल्पका रूपमा धेरै खेलहरूमा सहभागिता जनाएकी थिइन्। त्यसपछि गर्वका साथ मार्च २०१८ मा उनले पहिलो वरिष्ठ सहभागीमा पर्ने मौका प्राप्त गरेकी थिइन्। सन् २०१८ को अल्गार्भे कपमा टोलीले रूसलाई ३-० गोल अन्तरले पराजित गरेको थियो जसमा उनले आफ्नो पहिलो क्लिन सिट (खेलमा कुनैपनि गोल नखाई खेल जित्ने) हात परेकी थिइन्।[१९]

अक्टोबर २०१८ मा इटाली बिरूद्धको मैत्रीपूर्ण खेलमा हेदभिग लिन्दाललाई उछिन्दा मुसोभिचले स्विडेनको लागि दोस्रो चुनौतीको सामना गर्नु परेको थियो। उनको बचावट त्रुटिले गर्दा डानिएला सबातिनोलाई खेलको एक मात्र गोल गर्न अनुमति दिएको थियो। [२०] मे २०१९ मा लिन्दाल र स्विडेनका लागि कुनैपनि उपस्थिति नजनाएकी जेनिफर फाल्कको साथ, २०१९ फिफा महिला विश्वकपको लागि स्विडेनले चयन गरेको तीन गोलरक्षकको भित्रमा उनी पनि सम्मिलित थिइन् भने उक्त प्रतियोगितामा टोलीले तेस्रो स्थान प्राप्त गर्न सफल भएको थियो।[२१]

व्यक्तिगत जीवन सम्पादन गर्नुहोस्

सन् २०१८ मा मुसोभिच, व्यवसायीक आइस हकी खेलाडी एलेन बिबिचसँग सम्बन्धमा रहेकी थिइन्। सन् २०१८ मा मुसोधिचले लुन्ड विश्वविद्यालयबाट अर्थशास्त्रको स्नातकोत्तर हासिल गरेकी थिइन्। उनका जेठा दाइ हुसो मुसोभिच तल्लो स्तरका फुटबल खेलाडी थिए। उनकी बहिनी एल्भिरा एक बास्केटबल खेलाडी हुन्। [१८]

मुसोभिचले उनको आफ्नै वेबसाइटमा एक निजी ब्लग कायम गरेकी छिन्।[२२] उनीसँग दृढ राजनीतिक दृष्टिकोण रहेको छ। उनले स्विडेन प्रजातान्त्रिक दललाई सन् २०१८ को स्विडेनको आम निर्वाचनमा जातीयतावादलाई समर्थन गरेकोमा चुनौती दिएकी थिइन्।[२३]

सम्मानहरू सम्पादन गर्नुहोस्

क्लब सम्पादन गर्नुहोस्

एफसी रुसेनगोद

विजेता

राष्ट्रिय टोली सम्पादन गर्नुहोस्

स्विडेन

विजेता

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. svenskfotboll.se - Zecira Musovic
  2. २.० २.१ Fredriksson, Emelie (१६ सेप्टेम्बर २०१७), "Musovic: "Karriären var ett skämt"" (स्विडेनीमा), Aftonbladet, अन्तिम पहुँच १९ मे २०१९ 
  3. Alibegović, Jasmin (१४ जनवरी २०१९), "Zećira Mušović: Želim biti najbolja na svijetu" (बोस्नियालीमा), Dnevni avaz, अन्तिम पहुँच १९ मे २०१९ 
  4. Ahlin, Linus (१२ अक्टोबर २०१२), "Zecira lämnar för mästarlaget" (स्विडेनीमा), Helsingborgs Dagblad, अन्तिम पहुँच १९ मे २०१९ 
  5. Cederlund, Christer (१९ मे २०१५), "Nytt kontrakt för Musovic" (स्विडेनीमा), Skånska Dagbladet, अन्तिम पहुँच १९ मे २०१९ 
  6. ६.० ६.१ ६.२ Friberg, Anna (१६ अप्रिल २०१६), "Zecira Musovic: "Jag ska bli bäst i världen"" (स्विडेनीमा), Expressen, अन्तिम पहुँच १९ मे २०१९ 
  7. Brattgård, Louv (१२ अप्रिल २०१६), "FC Rosengård förlänger med Lundgren" (स्विडेनीमा), Sveriges Television, अन्तिम पहुँच १९ मे २०१९ 
  8. "Zećira Mušović har förlängt sitt kontrakt med FC Rosengård." (स्विडेनीमा), FC Rosengård, ३० अक्टोबर २०१७, अन्तिम पहुँच १९ मे २०१९ 
  9. Forsberg, Aron (१ नोभेम्बर २०१७), "Rosengårds bästa målskytt lämnar: "Mitt stoltaste ögonblick är att nobba erbjudandet"" (स्विडेनीमा), Fotboll Skanalen, अन्तिम पहुँच १९ मे २०१९ 
  10. १०.० १०.१ "Zecira Musovic: "Jag ska bli bäst i världen"", expressen.se, १६ अप्रिल २०१६, अन्तिम पहुँच ९ mars २०१७ 
  11. "Zecira lämnar för mästarlaget", hd.se, १२ oktober २०१२, अन्तिम पहुँच ९ mars २०१७ 
  12. "Zecira Musovic", magasinetmatch.se, २१ maj २०१५, अन्तिम पहुँच ९ mars २०१७ [dead link]
  13. "Nytt kontrakt för Musovic", skd.se, १९ maj २०१५, अन्तिम पहुँच ९ mars २०१७  वेब्याक मेसिन अभिलेखिकरण २०२०-०३-२१ मिति
  14. "Ny kalldusch för Rosengård - har inga målvakter", sydsvenskan.se, ४ mars २०१६, अन्तिम पहुँच ९ mars २०१७ 
  15. "Zecira Musovic", svenskfotboll.se, अन्तिम पहुँच ९ mars २०१७ 
  16. "Zećira Mušović har förlängt sitt kontrakt med FC Rosengård", fcrosengard.se, ३० oktober २०१७, अन्तिम पहुँच ५ mars २०१९ 
  17. "Lepotica iz Prijepolja među 10 NAJBOLJIH GOLMANA SVETA", ब्लिक, अन्तिम पहुँच २६ फागुन २०७६ 
  18. १८.० १८.१ Andersson, Jan Peter (१० मार्च २०१८), "Mušović om kärleken: "Alen är väldigt stolt"" (स्विडेनीमा), Expressen, अन्तिम पहुँच १९ मे २०१९ 
  19. Tengblad, Mattias (९ अक्टोबर २०१८), "Sverige föll tungt efter missen: "Är olyckligt"" (स्विडेनीमा), Expressen, अन्तिम पहुँच १९ मे २०१९ 
  20. "Gerhardssons VM-trupp presenterad", svenskfotboll.se, १६ maj २०१९, अन्तिम पहुँच १९ maj २०१९ 
  21. "Gerhardssons VM-trupp presenterad" [Gerhardsson's World Cup squad presented] (स्विडेनीमा), स्विडेनी फुटबल सङ्घ, १६ मे २०१९, अन्तिम पहुँच १९ मे २०१९ 
  22. Dencker, Torbjörn (८ डिसेम्बर २०१५), "Huso Musovic: "Jag brinner lite extra för Stattena"" (स्विडेनीमा), Alltid Fullsatt, अन्तिम पहुँच १९ मे २०१९  वेब्याक मेसिन अभिलेखिकरण ६ अगस्ट २०१६ मिति
  23. Mušović, Zećira (२९ अगस्ट २०१८), "Landslagsläger i Göteborg och SD-sympatisörer i vänlistan" (स्विडेनीमा), Zeciramusovic.com, अन्तिम पहुँच १९ मे २०१९  वेब्याक मेसिन अभिलेखिकरण २१ मार्च २०२० मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्