संयुक्त राष्ट्र सङ्घ दिवस सन् १९४५ अक्टोबर २४ मा संयुक्त राष्ट्रसङ्घको अधिकारिक स्थापनाको वार्षिक स्मृति दिवस हो। संयुक्त राष्ट्र सङ्घ सन् १९४७ मा, संयुक्त राष्ट्र महासभाले अक्टोबर २४ लाई, संयुक्त राष्ट्रसङ्घको बडापत्रको वार्षिकोत्सव घोषणा गरेको थियो, जस अनुसार 'विश्वका जनतालाई संयुक्त राष्ट्र सङ्घको लक्ष्य र उपलब्धिको बारे जानकारी दिन र उनीहरूको समर्थन प्राप्त गर्न समर्पित हुनेछ' भन्ने घोषणा भएको थियो।

संयुक्त राष्ट्र दिवस परम्परागत रूपमा सङ्गठनको उपलब्धिहरू र लक्ष्यहरूको बारेमा बैठकहरू, छलफल र प्रदर्शन गरि विश्वभरमा मनाइने गरिएको छ। सन् १९७१ मा, संयुक्त राष्ट्र महासभाले सदस्य राष्ट्रहरूले संयुक्त राष्ट्र दिवसलाई सार्वजनिक बिदाको दिन आह्वान गरेको थियो। संयुक्त राज्य अमेरिकामा, सन् १९४८ देखि यता राष्ट्रपतिले संयुक्त राष्ट्र दिवसको लागि प्रत्येक वर्ष सम्बोधन गर्ने गर्छन्।[१]

सन् १९५१ मा संयुक्त राष्ट्र दिवसमा, संयुक्त राष्ट्र सङ्घ हुलाक प्रशासनले पहिलो संयुक्त राष्ट्र टिकट जारी गरेको थियो जुन अमेरिकी डलरमा न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घ मुख्यालयमा जारी गरिएको थियो।[२]

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Harry S. Truman: Proclamation 2811—United Nations Day, 1948", www.presidency.ucsb.edu, अन्तिम पहुँच २०१७-१०-२९  वेब्याक मेसिन अभिलेखिकरण २०१७-१०-२९ मिति
  2. "History - UN Stamps", unstamps.org, अन्तिम पहुँच २०२०-०१-२६ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्