शिवपुरी धाम
शिवपुरी धाम वा उत्तररामेश्वरम शिवपुरी धाम कैलाली जिल्लाको धनगढी उत्तरबेहडीमा रहेको एक हिन्दु धार्मिक स्थल हो।[१] यहाँ नेपालकै सबैभन्दा ठूलो शिवलिङ्ग स्थापना गरिएको छ।[२] शिवपुरी धाममा १०८ फिटको शिवलिङ्ग हुनुका साथै यस धाममा १०८ वटा तुलसी मठ, १०८ किलोको घण्ट, १०८ घण्ट र धारा रहेको सुन्दर देवस्थल हो। यस धाममा विभिन्न अवसरहरूमा कुम्भ मेला लाग्ने गर्दछ र नेपाल र भारतबाट हजारौ हिन्दु श्रद्धालु भक्तजनहरू यहाँ दर्शन गर्न आउने गर्दछन्।[३]
उत्तररामेश्वर शिवपुरी धाम मन्दिर | |
---|---|
प्राथमिक विवरण | |
स्थान: | धनगढी |
सम्बन्धन | हिन्दुत्व |
देवता | शिव |
महाशिवरात्रि | |
जिल्ला | कैलाली |
प्रदेश | सुदूरपश्चिम प्रदेश |
देश | नेपाल |
साइट क्षेत्र | आठ बिघा |
स्थान
सम्पादन गर्नुहोस्शिवपुरी धाम क्षेत्र धनगढी ३ उत्तरबेहडीमा अवस्थित छ भने यो क्षेत्र धार्मिक तथा भौतिक दृष्टिले महत्वपूर्ण, सुन्दर र रमणीय छ।[४]
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ जोशी, पुष्पराज, "साउने सोमबार : घुम्न जाम, शिवपुरी धाम", नागरिक समाचार (नेपालीमा), अन्तिम पहुँच २०२३-०५-०२।
- ↑ "शिवपुरी धाममा ज्योतिर्लिङ्ग प्राण प्रतिष्ठाको तयारी पूरा", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२३-०५-०२।
- ↑ "धार्मिक पर्यटनको केन्द्र बन्दै शिवपुरी धाम", पश्चिम टुडे (नेपालीमा), अन्तिम पहुँच २०२३-०५-०२।
- ↑ थली, बोलन्या (२०२०-१०-१०), "शिवपुरी धाम धार्मिक पर्यटकिय स्थल बन्दै (फोटो फिचर)", बोलन्या थली (नेपालीमा), अन्तिम पहुँच २०२३-०५-०२।