शिवगञ्ज उपजिल्ला
शिवगञ्ज (बङ्गाली: শিবগঞ্জ) बङ्गलादेशको उत्तरी भागमा पर्ने जिल्ला नबाबगञ्ज जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला राजशाही विभागमा अन्तर्गत पर्दछ।[२]
शिवगञ्ज उपजिल्ला
শিবগঞ্জ | |
---|---|
निर्देशाङ्क: २४°४१′उ॰ ८८°१०′पू॰ / २४.६८३°N ८८.१६७°Eनिर्देशाङ्कहरू: २४°४१′उ॰ ८८°१०′पू॰ / २४.६८३°N ८८.१६७°E | |
देश | बङ्गलादेश |
विभाग | राजशाही विभाग |
जिल्ला | चाँपाइ नबाबगञ्ज जिल्ला |
क्षेत्रफल | |
• जम्मा | ५२५.४३ किमी२ (२०२.८७ वर्ग माइल) |
जनसङ्ख्या (सन् २०११ को राष्ट्रिय जनगणना अनुसार[१]) | |
• जम्मा | ५९१,१७८ |
• घनत्व | ११००/किमी२ (२९००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+६ (बङ्गलादेशी मानक समय) |
वेबसाइट | शिवगञ्ज जिल्लाको आधिकारिक नक्शा |
भूगोल
सम्पादन गर्नुहोस्शिवगञ्ज बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २४°३४' देखि २४°५४' उत्तर अक्षांश र ८८°१०' देखि ८८°१८' पूर्वी देशान्तरणमा अवस्थित छ। शिवगञ्ज उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ५२५.४३ वर्ग किलोमिटर ओगटेको। यस उपजिल्लालाई भोलाहाट उपजिल्ला र भारतको पश्चिम बङ्गाल राज्यले उत्तर, नवावगञ्ज सदर र भारतको पश्चिम बङ्गाल राज्यले दक्षिण, भोलाहाट, गोमस्तापुर , नाचोल र नवावगञ्ज सदर उपजिल्लाले पूर्व र भारतको पश्चिम बङ्गाल राज्यले पश्चिमबाट घेरेको छ। पद्मा, महानन्द, पगल र मारा गङ्गा नदि उपजिल्लाको प्रमुख नदिहरू हुन्।[३][४][५][६]
इतिहास
सम्पादन गर्नुहोस्बङ्गलादेश मुक्ति अभियान सन् १९७१ अप्रिल ४ का दिनबाट देश व्यापी रूपमा शुरू भएको थियो भने १० अक्टोबर १९७१ का दिन पाकिस्तानी सेनाले राधाकान्ता स्थित दोरसिया भन्ने ठाउँमा ४७ जना स्थानीय मानिसहरूको सामूहिक हत्या गरेका थिए। ६ अक्टोबर १९७१ का दिन पाकिस्तानी सेना र बङ्गलादेशको मुक्तिका लागि लडिरहेका लडाकु बीच प्रत्यक्ष गोली हानाहानमा लगभग २०० जना लडाकुहरूको ज्यान गएको थियो।
जनशाङ्खिकि
सम्पादन गर्नुहोस्बङ्गलादेश राष्ट्रिय जनगणना अनुसार यस उपजिल्लाको कुल जनसङ्ख्या ५०८०९२ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या २६१७१३ छ भने महिलाको जनसङ्ख्या २४६३७९ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या ४९२९६३ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या १४७६५ रहेको छ। त्यस्तै गरी बौद्ध धर्मवलम्बीको जनसङ्ख्या ११९ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या २४५ रहेको छ। यस उपजिल्लामा १२० मस्जिद, ६ हिन्दु मन्दिर र १ चिहान रहेका छन्।
अर्थतन्त्र
सम्पादन गर्नुहोस्यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा धान, उखु, गहुँ, मकै आलु तथा अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया आँप, कटहर, केरा, लिची, मेवा आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, तेल उद्योग, बिस्कुट कारखाना, इट्टा उद्योग, बिँडी कारखाना, फलाम उद्योग तथा अन्य उद्योग कलकारखानाहरू पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले आँप, सारी, रेशम तथा मौसमी तरकारी तथा अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेका खैनी र जुट पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा ५० हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्दै आएका छन्। यस उपजिल्लामा ३ दुग्ध सङ्कलन केन्द्र र ३७ कुखुरापालन केन्द्रहरू रहेका छन्।
यस उपजिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ५९.२५% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै ५.६३% मजदुरी, उद्योग १.५९%, वाणिज्यमा १८.८९%, सञ्चार र यातायातमा १.१९%, निर्माण क्षेत्रमा १.७३%, सुविधा ३.५०%, धार्मिक सेवा ०.१२%, वैदेशिक रोजगारी ०.१७% र अन्य ७.९३% रहेका छन्।
प्रशासन
सम्पादन गर्नुहोस्प्रशासकीय शिवगञ्ज उपजिल्लाको स्थापना सन् १९१३ मा गरिएको थियो। शिवगञ्ज उपजिल्ला शिवगञ्ज नगरपालिका सहित १५ सङ्घ परिषदमा विभाजन गरिएको छ जुन यस प्रकार छन्; विनोदपुर सङ्घ परिषद्, चकार्ती सङ्घ परिषद्, छत्रजितपुर सङ्घ परिषद्, दाइपुकारिया सङ्घ परिषद्, धाइननगर सङ्घ परिषद्, दुर्लभपुर सङ्घ परिषद्, घोरापाखिया सङ्घ परिषद्, कानसत सङ्घ परिषद्, मुबारकपुर सङ्घ परिषद्, मोनाकाशा सङ्घ परिषद्, नयालाभाङ्गा सङ्घ परिषद्, पनका सङ्घ परिषद्, शाहबजपुर सङ्घ परिषद्, श्यामपुर सङ्घ परिषद् र उजिरपुर सङ्घ परिषद्। शिवगञ्ज सङ्घ परिषद् १९९ मौजा र ४०७ गाउँहरूमा विभाजित छन्।[७]
शिक्षा
सम्पादन गर्नुहोस्यस उपजिल्लाको कुल साक्षरता दर ३२.५% रहेको छ जसमध्ये पुरुषको साक्षरता ३३.७% छ भने महिलाको साक्षरता दर ३१.२% रहेको छ। यस उपजिल्लामा १७ क्याम्पस, २ प्राविधिक शिक्षण संस्था, ७१ माध्यमिक विद्यालय, २३१ प्राथमिक विद्यालय, २९ बाल उद्धान केन्द्र र ६४ मदरसाहरू रहेका छन्। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; अदिना फजलुल हक सरकारी क्याम्पस (सन् १९३८), कनसत उच्च विद्यालय (सन् १९१७), दादनचका एचएम उच्च विद्यालय (सन् १९१९), हरिनगर उच्च विद्यालय (सन् १९५९), नयाँ नओभाङ्गा सरकारी प्राथमिक विद्यालय (सन् १८७०), सत्रुजितपुर मदरसा (सन् १९४४), राधाकान्तापुर मदरसा (सन् १९५०) आदि।
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ বাংলাদেশ জাতীয় তথ্য বাতায়ন (২০ জুন ২০১৪), "এক নজরে শিবগঞ্জ", গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার।
- ↑ সিরাজুল ইসলাম ও আহমেদ এ জামাল, सम्पादक (सन् २०१२), "शिवगञ्ज उपजिल्ला (चाँपाइ नबाबगञ्ज जिल्ला)", বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (Second संस्करण), বাংলাদেশ এশিয়াটিক সোসাইটি।
- ↑ "Shibganj Upazila (Nawabganj District)", Banglapedia, अन्तिम पहुँच १५ नोभेम्बर २०१८।
- ↑ "Tehsil Map of Murshidabad", CD Block/ Tehsil, Maps of India, अन्तिम पहुँच १५ नोभेम्बर २०१८।
- ↑ "Tehsil Map of Maldah", CD Block/ Tehsil, Maps of India, अन्तिम पहुँच १५ नोभेम्बर २०१८।
- ↑ "Land ports in brief", Bangladesh government, अन्तिम पहुँच १५ नोभेम्बर २०१८।
- ↑ "বাংলাদেশ উপজেলা তালিকা", উইকি শূন্য।