भोलाहाट उपजिल्ला

भोलाहाट (बङ्गाली: ভোলাহাট) बङ्गलादेशको उत्तरी भागमा पर्ने जिल्ला नवावगञ्ज जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला राजशाही विभागमा अन्तर्गत पर्दछ।[२]

भोलाहाट
ভোলাহাট
भोलाहाट is located in बङ्गलादेश
भोलाहाट
भोलाहाट
बङ्गलादेशको नक्शामा भोलाहाट उपजिल्लाको अवस्थिति
निर्देशाङ्क: २४°५६′४५″उ॰ ८८°१३′४०″पू॰ / २४.९४५८३°N ८८.२२७७८°E / 24.94583; 88.22778निर्देशाङ्कहरू: २४°५६′४५″उ॰ ८८°१३′४०″पू॰ / २४.९४५८३°N ८८.२२७७८°E / 24.94583; 88.22778
देशFlag of Bangladesh.svg बङ्गलादेश
विभागराजशाही विभाग
जिल्लाचाँपाइ नबाबगञ्ज जिल्ला
क्षेत्रफल
 • जम्मा१२३.५२ किमी (४७.६९ वर्ग माइल)
जनसङ्ख्या
 (सन् २०११ को राष्ट्रिय जनगणना अनुसार[१])
 • जम्मा१०३,३०१
 • घनत्व८४०/किमी (२,२००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी मानक समय)
वेबसाइटभोलाहाट उपजिल्लाको आधिकारिक नक्शा

भूगोलसम्पादन

भोलाहाट बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २४°४८' देखि २४°५८' उत्तर अक्षांश र ८८°०८' देखि ८८°१६' पूर्वी देशान्तरणमा अवस्थित छ। भोलाहाट उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये १२३.५२ वर्ग किलोमिटर ओगटेको। यस उपजिल्लालाई छिमेकी देश भारतको पश्चिम बङ्गाल राज्यले उत्तर, पूर्व र पश्चिमबाट घेरेको छ भने शिवगञ्जगोमस्तापुर उपजिल्लाले दक्षिणबाट घेरेको छ। महानन्द, भाटिया, कलन, आमगछी, कवारी र चित्रा बिल आदि यस उपजिल्लाको प्रमुख नदिहरू हुन्।[३][४][५]

इतिहाससम्पादन

बङ्गलादेश मुक्ति अभियान सन् १९७१ अप्रिल ४ का दिनबाट देश व्यापी रूपमा शुरू भएको थियो भने १६ अक्टोबर १०७१ का दिन पाकिस्तानी सेना र बङ्गलादेशको स्वतन्त्रताका लागि लडिरहेका लडाकु र पाकिस्तानी सेना बीच प्रत्यक्ष गोली हानाहानमा १ लडाकुको मृत्यु भएको थियो। यस उपजिल्लाको जामबाडीया भन्ने ठाउँमा पाकिस्तानी सेनाले सर्वसाधारणहरूको सामूहिक हत्या र घरहरूमा लुट पाट समेत गरेका थिए।

जनशाङ्खिकिसम्पादन

बङ्गलादेश राष्ट्रिय जनगणना अनुसार यस उपजिल्लाको कुल जनसङ्ख्या ९२१४९ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या १६६०९ छ भने महिलाको जनसङ्ख्या ४५५४० रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या ९१३९४ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या ७४७ रहेको छ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ८ रहेको छ। यस उपजिल्लामा पहाडी, मुण्डा, उराँव आदि जनजातिका मानिस बसोबास गर्छन्। यस उपजिल्लामा १८४ मस्जिद, ७ हिन्दु मन्दिर र १ चिहान रहेका छन्। जादुनगर मस्जिद, गोपिनाथपुर जामे मस्जिद, जामबाडीया जामे मस्जिद, बाराटेक जामे मस्जिद, बाडा खान गाजी चिहान, त्री रत्न हिन्दु मन्दिर आदि यस उपजिल्लाका केही लोकप्रिय धार्मिक स्थलहरू हुन्।

अर्थतन्त्रसम्पादन

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा धान, गहुँ, जुट, उखु, तोरी तथा अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया आँप, कटहर, केरा, लिची, मेवा, भुइँकटर, खरबुजा, नरिवल आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, तेल उद्योग, बिस्कुट कारखाना, इट्टा उद्योग, फलाम उद्योग तथा अन्य उद्योग कलकारखानाहरू पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले मुख्यतया धान, चामल, आँप तथा मौसमी तरकारी तथा अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेका आलसको तेल, जुट र तिल पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा १७ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा ४ माछापालन केन्द्र, ५ दुग्ध सङ्कलन केन्द्र तथा २० कुखुरापालन केन्द्रहरू रहेका छन्।

यस उपजिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ६६.२७% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै ५.२२% मजदुरी, उद्योग ०.५८%, वाणिज्यमा १२.६२%, सञ्चार र यातायातमा १.०५%, निर्माण क्षेत्रमा ०.६९%, सुविधा ३.६३%, धार्मिक सेवा ०.१७%, वैदेशिक रोजगारी ०.१४% र अन्य ९.६३% रहेका छन्।

प्रशासनसम्पादन

प्रशासकीय भोलाहाट थानाको स्थापना सन् १९१८ भएको थियो भने सन् १९८४ का दिन यसलाई उपजिल्लामा परिणत गरिएको थियोे। हाल यस उपजिल्लामा ४ सङ्घ परिषद्, ४५ मौजा/महल्ला र ९१ गाउँहरू रहेका छन्।[६]

शिक्षासम्पादन

यस उपजिल्लाको कुल साक्षरता दर ३९.२% रहेको छ जसमध्ये पुरुषको साक्षरता ३९.७% छ भने महिलाको साक्षरता दर ३८.७% रहेको छ। यस उपजिल्लामा ४ क्याम्पस, १५ माध्यमिक विद्यालय, ५५ प्राथमिक विद्यालय र १५ मदरसाहरू रहेका छन्। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; भोलाहाट मोहिबुलाह डिग्री क्याम्पस (सन् १०८६), भोलाहाट रमेश्वर पाइलट उच्च विद्यालय (सन् १०११), मुसराभुजा उच्च विद्यालय (सन् १९६२), गोहालबाडी फजिल मदरसा (सन् १९६१) आदि।

सन्दर्भ सामग्रीसम्पादन

  1. "এক নজরে ভোলাহাট", বাংলাদেশ জাতীয় তথ্য বাতায়ন, গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার, ১৫ জুলাই ২০১৪। 
  2. সিরাজুল ইসলাম ও আহমেদ এ জামাল, सम्पादक (सन् २०१२), "भोलाहाट उपजिल्ला", বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (दोस्रो संस्करण), বাংলাদেশ এশিয়াটিক সোসাইটি। 
  3. "ভোলাহাট উপজেলা তথ্য বাতায়ন", ১৭ জানুয়ারি ২০১২। 
  4. "ভোলাহাট উপজেলা", বাংলাপিডিয়া, अन्तिम पहुँच १५ नोभेम्बर २०१८ 
  5. "মালদহের তহশীল মানচিত্র", ভারতের মানচিত্র, अन्तिम पहुँच १५ नोभेम्बर २०१८ 
  6. "বাংলাদেশ উপজেলা তালিকা", উইকি শূন্য। 

बाह्य कडीहरूसम्पादन