शाहजादपुर (बङ्गाली: শাহজাদপুর) बङ्गलादेशको सिराजगञ्ज जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला राजशाही विभाग अन्तर्गत पर्दछ।[१]

शाहजादपुर
শাহজাদপুর
उपजिल्ला
शाहजादपुर is located in बङ्गलादेश
शाहजादपुर
शाहजादपुर
बङ्गलादेशको नक्सामा यस उपजिल्लाको अवस्थिति
निर्देशाङ्क: २४°१०.२′उ॰ ८९°३५.३′पू॰ / २४.१७००°N ८९.५८८३°E / 24.1700; 89.5883निर्देशाङ्कहरू: २४°१०.२′उ॰ ८९°३५.३′पू॰ / २४.१७००°N ८९.५८८३°E / 24.1700; 89.5883
देश बङ्गलादेश बङ्गलादेश
विभागराजशाही विभाग
जिल्लासिराजगञ्ज जिल्ला
क्षेत्रफल
 • जम्मा३२४.४७ किमी (१२५.२८ वर्ग माइल)
जनसङ्ख्या
 (सन् १९९१)
 • जम्मा४२०,४५२
 • घनत्व१३००/किमी (३४००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी मानक समय)
वेबसाइटयस उपजिल्लाको आधिकारिक नक्सा

भूगोल सम्पादन गर्नुहोस्

शाहजादपुर सदर बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २४°०४' देखि २४°२५' उत्तर अक्षांश र ८९°३१' देखि ८९°३१' पूर्वी देशान्तरणमा अवस्थित छ। शाहजादपुर उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ३२४.४७ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई उल्लापाडाबेलकुचि उपजिल्लाले उत्तर, साँथियाबेडा उपजिल्लाले दक्षिण, चौहाली उपजिल्लाले पूर्व, पाबना जिल्लाको फरिदपुरउल्लापाडा उपजिल्लाले पश्चिमबाट घेरेको छ। जमुना, हुडासागर र बडाल नदि यस उपजिल्लाको प्रमुख नदिहरू हुन्।

जनशाङ्खिकि सम्पादन गर्नुहोस्

उपजिल्ला विभाग प्रतिवेदनका अनुसार यस उपजिल्लाको कुल जनसङ्ख्या ४७२५०५ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या २४७०१९ छ भने महिलाको जनसङ्ख्या २२५४८६ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या ४५२९२९ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या १९४७२, बौद्ध धर्मवलम्बीको जनसङ्ख्या २४, इसाई धर्मवलम्बीको जनसङ्ख्या २९ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ५२ रहेको छ। यस उपजिल्लामा ३५८ मस्जिद, ५३ हिन्दु मन्दिर र २३ चिहानहरू रहेका छन्। शाहजदपुर जामे मस्जिद, बदरुद्दीन मस्जिद, पुतजियामा रहेको नवरत्न हिन्दु मन्दिर आदि यस उपजिल्लाको प्रख्यात धार्मिक स्थलहरू हुन्। यस उपजिल्लाका ९४.५५% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने ०.२२% ले पोखरी, ०.५१% ले टुटी र ४.८२% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्।यस उपजिल्लामा १ अस्पताल, १ उपजिल्ला स्वास्थ्य केन्द्र, १ प्रहरी अस्पताल, १ छाती रोग सम्बन्धित अस्पताल, १ ग्रामीण स्वास्थ्य केन्द्र, ९ परिवार नियोजन केन्द्र, १ आमा तथा शिशु अस्पताल, १ आँखा स्वस्थ्य जाँच अस्पताल, १ मधुमेह स्वास्थ्य केन्द्रहरू रहेका छन्। यस उपजिल्लाको कुल घरहरू मध्ये ३.०३% घरहरूमा अझै पनि सौचालय सुविधा रहेको छैन। सन् १७७०, १८९७, १९४३ र १९७४ मा यस क्षेत्रका विभिन्न स्थानहरूमा अनिकाल लागेको थियो हजारौं मानिसहरूको मृत्यु भएको थियो भने सन् १८८५ र सन् १९९७ मा आएको बाढीले यस उपजिल्लामा थुप्रै घर, भवन तथा बालिनालिमा ठूलो मात्रमा क्षति पुर्‍याएको थियो भने हजारौं मानिसहरू विस्थापित भएका थिए। २९ अप्रिल २००२ का दिन आएको विनाशकारी असिना र आँधीमा परि थुप्रै मानिसहरूको ज्यान गएको थियो।[२]

अर्थतन्त्र सम्पादन गर्नुहोस्

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा धान, गहुँ, जुट, तोरी, प्याज, उखु तथा अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया आँप, केरा, मेवा, खरबुजा, नरिवल आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, बरफ कारखाना, फलाम तथा वेल्डिङ उद्योग, बाँसका सामाग्री उत्पादन केन्द्र, काठका सामग्री उत्पादन केन्द्र तथा अन्य उद्योग कलकारखानाहरू पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले मुख्यतया धान, जुट, पिठो, कपासको सारी, लुङ्गी लगायत मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेका आलसको तेल, तिल, अलहर, सखरखण्ड पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा ७० हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा २३ माछापालन केन्द्र, ४७८८ दुग्ध सङ्कलन केन्द्र तथा, १८५ कुखुरापालन केन्द्रहरू रहेका छन्।

यस उपजिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ४२.७३% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै ५.९०% मजदुरीमा, उद्योग तथा व्यापारमा १७.४९% वाणिज्यमा १६.०३%, सञ्चार र यातायातमा २.४४%, निर्माण क्षेत्रमा ०.९९%, सुविधामा ४.७७%, धार्मिक सेवामा ०.२०%, वैदेशिक रोजगारी तथा भाडामा ०.२९% र अन्यमा ९.१६% रहेका छन्।

प्रशासन सम्पादन गर्नुहोस्

शाहजादपुर थानको स्थापना सन् १८४५ मा भएको थियो भने सन् १९८२ का दिन यसलाई उपजिल्लामा परिणत गरिएको थियो। हाल यस उपजिल्लामा १६ सङ्घ परिषद्/वडा, २२६ मौजा/महल्ला र २७९ गाउँहरू रहेका छन्। यस उपजिल्लाको जनघनत्व ३३७६ मानिस प्रति किलोमिटर रहेको छ।[३][४]

शिक्षा सम्पादन गर्नुहोस्

यस उपजिल्लाको कुल साक्षरता दर ३६.९८% रहेको छ जसमध्ये पुरुषको साक्षरता ४२.४०% छ भने महिलाको साक्षरता दर ३१.०६% रहेको छ। यस उपजिल्लामा १३ क्याम्पस, १ व्यवसायीक शिक्षण संस्था, ४८ माध्यमिक विद्यालय, २१५ प्राथमिक विद्यालय, २ सामुदायिक विद्यालय र ५७ मदरसाहरू रहेका छन्। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; शाहजादपुर सरकारी क्याम्पस, पोरजना मुकुन्दनाथ उच्च विद्यालय (सन् १८८०), शाहजादपुर पाइलट उच्च विद्यालय (सन् १८८२), पुटजियन उच्च विद्यालय (सन् १८९४), सोनातानी उच्च विद्यालय (सन् १९०५), स्थल पाकगाशी शिक्षण संस्था (सन् १८६४), खशातबाडिया उच्च विद्यालय (सन् १९०४), जामिरता उच्च विद्यालय (सन् १९००), दुगाली उच्च विद्यालय, जामरिता डिग्री क्याम्पस, सतबाडिया डिग्री क्याम्पस, सतबाडियम प्राथमिक विद्यालय, सोबाहान कन्या उच्च विद्यालय, दया सरकारी प्राथमिक विद्यालय, दया जुनियर कन्या विद्यालय आदि।

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. सिराजुल इस्लाम र आहमेद ए जमाल, सम्पादक (सन् २०१२), "শাহজাদপুর উপজেলা", बाङ्लापिडिया: बङ्गलादेशको राष्ट्रिय विश्वकोश (दोस्रो संस्करण), बङ्गलादेशको एसियाली समाज। 
  2. "बङ्गलादेशको राष्ट्रिय जनगणना", मूलबाट २००५-०३-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १०, २००६ 
  3. "মায়ের অসহায়ত্ব তুলে ধরেছি কার্টুনে" (बङ्गलादेशको बाङ्लामा), अन्तिम पहुँच २०१९-०८-२४ 
  4. "Tema: Kvinners rettigheter: Moren ble barnebrud som 11-åring - nå tegner Arifur (31) for kvinners rettigheter", अन्तिम पहुँच २०१९-०८-२४ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्