शारदा (पत्रिका) नेपाली भाषाको पहिलो साहित्यिक पत्रिका मानिन्छ । वि. सं. १९९१ फागुनमा मासिक पत्रिकाका रूपमा यसको पहिलो अंक प्रकाशित भएको थियो ।[१] ऋद्धिबहादुर मल्लको एकल पहलकदमीमा सुरु भएको नेपालको जेठो साहित्यिक पत्रिकाको सुरुवाती चरणमा लक्ष्मीप्रसाद देवकोटा, गुरुप्रसाद मैनाली, विश्वेश्वरप्रसाद कोइराला, गोपालप्रसाद रिमालजस्ता स्रष्टाहरुका रचना प्रकाशित भएका थिए । नेपाली भाषा र साहित्यको विकासमा यसले कोशेढुंगाको काम गरेको मानिन्छ । [२][३] यो पत्रिका २०२० सालमा बन्द भएर नरेन्द्रबहादुर श्रेष्ठको प्रधान सम्पादकत्वमा २०७१ सालदेखि प्रकाशन निरन्तर गरिएको थियो ।

शारदा
प्रथम सम्पादकऋद्धिबहादुर मल्ल
श्रेणीसाहित्यिक पत्रिका
आवृतिमासिक
स्वरूपछापा
संस्थापकऋद्धिबहादुर मल्ल
पहिलो अङ्कवि. सं. १९९१ फागुन
देशनेपाल नेपाल
प्रधान कार्यालयकाठमाडौं
भाषानेपाली

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्